८० वर्षीया आङ सान सुकीको सजाय कटौती, हिरासतबाट नजरबन्दमा राखिने

८० वर्षीया आङ सान सुकीको सजाय कटौती, हिरासतबाट नजरबन्दमा राखिने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख १७ गते शुक्रबार ०३:०७

देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिनुभएको छ । परिवारले उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ ।
मिन आङ ह्लाइङले सैन्य प्रमुखको रूपमा सुकीविरुद्ध ‘सैन्य विद्रोह’को नेतृत्व गरेका थिए, जसले देशमा पाँच वर्षदेखि गृहयुद्ध भएको छ । अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित बताएका छन् । त्यसयता देश गृहयुद्धमा फसेको छ, जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।

सुकीका छोरा किम एरिसले यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताउनुभयो । उहाँले सुकीलाई परिवार र कानूनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिनुभयो ।

म्यानमार– म्यानमारकी अपदस्थ ८० वर्षीया प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सैन्य ‘कु’पछि हिरासतमा राखिएकोमा अब नजरबन्दमा राखिने भएको छ । पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय बैशाख १७ गते गरेको सुनाएको छ ।
जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले सुकीको बाँकी सजाय ‘तोकिएको निवास’मा पूरा गर्न दिने आदेश दिएका हुन । यसलाई धेरैले अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयासका रूपमा हेरेका छन् ।
म्यान्मारमा सैन्य ‘कु’पछि जुन्ता प्रमुखबाट राष्ट्रपति बनेका मिन आङ ह्लाइङले नेतृ सुकीको सजाय कटौती गर्दै सुकीलाई तोकिएको घरमा नजरबन्दमा राख्न आदेश दिएका हुन् ।
मिन आङ ह्लाइङको कार्यालयले जारी गरेको वक्तव्यमा सुकीको बाँकी सजाय कटौती गरिएको उल्लेख छ । सार्वजनिक गरिएको एउटा तस्वीरमा उहाँ दुई जना सुरक्षाकर्मीसँग बसेको देखिन्छ । सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का एक वरिष्ठ स्रोतका अनुसार उहाँलाई राजधानी नेपिडोको कुनै सुरक्षित स्थानमा राखिएको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि ठेगाना गोप्य राखिएको छ । नेपिडोस्थित एक प्रहरी स्रोतले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिइएको जानकारी दिएका छन् । उनका अनुसार ‘तोकिएको निवास’ पूर्ण रूपमा सुरक्षा निकायको नियन्त्रणमै रहनेछ । सुकीको सजाय कति बाँकी छ भन्नेबारे पनि सरकारी पक्षले खुलाएको छैन ।
उहाँलाई कहाँ सारिनेछ भन्ने तत्काल स्पष्ट भएको छैन । उहाँको विघटन गरिएको नेसनल लिग फर डेमोक्रेसी पार्टीका एक वरिष्ठ नेताले एएफपीलाई दिएको जानकारीमा नेतृ सुकीलाई राजधानी नेपिडोमा कुनै स्थानमा राखिनेछ । नाम नबताउने सर्तमा ती नेताले भनेका छन्, ‘नेतृ सुकीलाई राख्ने स्थान ठ्याक्कै कहाँ हुनेछ भन्ने हामीलाई थाहा छैन ।’
सुकीका छोरा किम एरिसले यसलाई ‘पुरानै शैलीको खेल’ भन्दै अन्तर्राष्ट्रिय छवि सुधार्ने प्रयास भएको बताउनुभयो । उहाँले सुकीलाई परिवार र कानूनी टोलीसँग सम्पर्क गर्न दिइनुपर्नेमा जोड दिनुभयो ।
देशभित्र अझै लोकप्रिय रहेकी सुकी लामो समयदेखि बाह्य सम्पर्कबाट टाढा राखिनुभएको छ । परिवारले उहाँको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आएको छ ।
मिन आङ ह्लाइङले सैन्य प्रमुखको रूपमा सुकीविरुद्ध ‘सैन्य विद्रोह’को नेतृत्व गरेका थिए, जसले देशमा पाँच वर्षदेखि गृहयुद्ध भएको छ । अधिकारवादी समूहहरूले ती आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित बताएका छन् । त्यसयता देश गृहयुद्धमा फसेको छ, जसले हजारौँको ज्यान लिएको छ भने लाखौँ मानिस विस्थापित भएका छन् ।
यस निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सावधानीपूर्वक स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले यसलाई ‘विश्वसनीय राजनीतिक प्रक्रियातर्फको सम्भावित सङ्केत’ भन्नुभयो । यद्यपि सुकीका वकिलहरूले भने उहाँ अझै पनि अन्यायपूर्ण रूपमा स्वतन्त्रताबाट वञ्चित रहेको बताएका छन् ।
सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टी पार्टीसहितका विपक्षी दलले बहिष्कार गरेको कडा नियन्त्रित निर्वाचनपछि यसै महिनादेखि ह्लाइङले म्यानमारको निर्वाचित राष्ट्रपतिका रूपमा शपथ खाएका थिए ।
हालै सम्पन्न विवादास्पद चुनावपछि नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले एनएलडीलाई प्रक्रिया बाहिर राख्नुभएको थियो । चुनावमा आलोचना वा विरोध गर्नेलाई कडा सजायको व्यवस्था गरिएको थियो भने द्वन्द्वग्रस्त क्षेत्रमा मतदान नै हुन सकेन । लोकतन्त्रका पक्षधरहरूले यसलाई सैनिक शासनलाई वैधानिक देखाउने प्रयासका रूपमा व्याख्या गरेका छन् ।
सन् २०२१ मा सैनिक कू मार्फत सत्ता कब्जा गरेपछि मिन आङ ह्लाइङ नेतृत्वको सेनाले सुकीको निर्वाचित सरकार अपदस्थ गर्दै उहाँलाई विभिन्न आरोपमा हिरासतमा राखेको थियो ।

प्रकाशित मिति २०८३ बैशाख १८, शुक्रबार १५:०७ गते
हजुरको प्रतिक्रिया