रोल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाएका बीसै जनाको भयो सनाखत, नामवली समेत

रोल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाएका बीसै जनाको भयो सनाखत, नामवली समेत

एजेन्सी

@antaranganews

२०८३ बैशाख १७ गते शुक्रबार ०४:२६

मृतकहरूमा दाङको घोराही– १५, रतनपुर घर भएका ९ जना, रुकुम पूर्व सिस्ने– ५, टाकुरा घर भएकाहरू १० जना र रुकुम पूर्व भुमे– ५, घर भएका एक जना टेकप्रसाद बुढामगर रहेका छन् ।

मृतकमा लु १ज ४१६७ नम्बरको बोलेरो जिपका चालक समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खोचमा खसेको थियो ।

रोल्पा– रोल्पामा हिजो भएको जिप दुर्घटनाको पछिल्लो अपडेट प्राप्त भएको छ । सो घट्नामा ज्यान गुमाएका बीसै जनाको पहिचान गरी सम्बन्धित परिवारलाई शव बुझाउने काम भइरहेको रोल्पा प्रहरीले बैशाख १८ गते जनाएको छ ।
रोल्पाको जलजलामा वैशाख पूर्णिमाका मेलामा सहभागी हुन गएका तीर्थालु बोकेको बोलेरो जिप हिजो दिउँसो करिब ३ बजेको समयमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको रोल्पा प्रहरीले हिजै जानकारी दिएको हो । ज्यान गुमाएका २० जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरन्द्रकुमार विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार मृतकहरू सिस्ने गाउँपालिका– ५, टाकुरा, रुकुम पूर्व, भुमे ५, रुकुम पूर्व र दाङका विभिन्न स्थानका छन् । उहाँले भन्नुभयो, ‘रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ ।’
सो घट्नामा घाइते समीर कामी उपचारपछि घर फर्किसकेका छन् डीएसपी वीरन्द्रकुमार विश्वकर्माले भन्न्नुभयो । उहाँका अनुसार घाइते समीर कामी सिस्ने– ५ का हुन् उनी उपचारपछि घर फर्किसकेका छन् । उहाँले भन्नुभयो, ‘अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको छ ।’
मृतकमा लु १ज ४१६७ नम्बरको बोलेरो जिपका चालक समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब आठ सय मिटर तल खोचमा खसेको थियो ।
उनीहरू सबै रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू हुन् । उनीहरू चढेको दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका– ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका– १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।
सो दुर्घटनामा ज्यान गुमाएकाहरूको नामावली ः
दाङको घोराही– १५, रतनपुर घर भएकाहरू ः
१. बेदु कामी (४२ वर्ष) – सवारी चालक
२. दोरपती जिसी (५४ वर्ष)
३. तिला जिसी (३२ वर्ष)
४. जेनिस जिसी (७ वर्ष)
५. जेनिसा जिसी (१२ वर्ष)
६. एलिना जिसी (२५ वर्ष)
७. संयोग जिसी (७ वर्ष)
८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
९. धनमाया विष्ट शान्तिनगर, दाङ (हालः सिस्ने– ५, रुकुम पूर्व)
रुकुम पूर्व भुमे– ५, घर भएका ः
१. टेकप्रसाद बुढामगर
सिस्ने– ५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष) र
१०. रुक्मिणा बस्नेत रहेका छन् ।

प्रकाशित मिति २०८३ बैशाख १८, शुक्रबार १६:२६ गते
हजुरको प्रतिक्रिया