काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक आज बैशाख २० गतेका लागि बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक विहान ११ बजे बस्ने भएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ११ बजे बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिनु भयो । उहाँका अनुसार बैठकको चारवटा कार्यसूची तय गरिएको छ ।
बैठकमा स्थानीय तह उम्मेदवार छनौट रूपरेखा २०८३ बारे छलफल हुनेछ । रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको छ ।
बैठकको अर्को विषयमा महाधिवेशन कार्यविधि २०८३ बारे पनि छलफल हुनेछ । रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरिसकेको प्रवक्ता झाले बताउनु भयो । उहाँका अनुसार रास्वपाले संसदीय दलको विधानसमेत संशोधन सम्बन्ध गर्ने भएको छ । आजको बैठकमा त्यसबारे छलफल हुने भएको छ ।
प्रकाशित मिति २०८३ बैशाख २०, आईतवार ०७:२८ गते