लिटिल बुद्ध अर्थात तपस्वी बमजनलाई सम्पत्ति शुद्धीकरण कसुर मुद्दामा अदालतले दियो सफाइ

लिटिल बुद्ध अर्थात तपस्वी बमजनलाई सम्पत्ति शुद्धीकरण कसुर मुद्दामा अदालतले दियो सफाइ

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख १९ गते आईतबार ०५:४५

लिटिल बुद्ध अर्थात तपस्वी बमजनलाई सीआईबीले २०८० पुस २४ गते पक्राउ गरेको थियो । पक्राउ पर्दा प्रहरीले उहाँको निवासबाट १७ वटा देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको दावी गरेको थियो ।

लिटिल बुद्धको नामले चर्चित तपस्वी बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दामा अदालतले अभियोग नपुग्ने फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो ।

काठमाडौँ– लिटिल बुद्ध अर्थात तपस्वी रामबहादुर बम्जनले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाउनु भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई बैशाख २० गते सफाइ दिएको हो ।
लिटिल बुद्धको नामले चर्चित तपस्वी बमजनविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता गरेको थियो ।
अदालतले उक्त मुद्दामा अभियोग नपुग्ने फैसला गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ दिएको हो ।
तपस्वी बमजनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ दिएपछि जिल्ला कारागार कार्यालय, सर्लाहीबाट तपस्वी बमजन छुटिसकेको प्रहरीले जनाएको छ ।
तपस्वी बमजनलाई सीआईबीले २०८० पुस २४ गते पक्राउ गरेको थियो । पक्राउ पर्दा प्रहरीले उहाँको निवासबाट १७ वटा देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको दावी गरेको थियो । चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर गरेको थियो ।
उहाँविरूद्ध बाल यौन दुरूपयोगको कसुर सर्वोच्च अदालतमा विचाराधीन छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले २०८१ असार १७ गते १० वर्ष कैद र बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति फैसला सुनाएको थियो ।
उक्त फैसलालाई उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले २०८१ चैत ६ गते लिटिल बुद्ध बमजनलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति २०८३ बैशाख २०, आईतवार १७:४५ गते
हजुरको प्रतिक्रिया