नइद्वारा विजय मल्ल शताब्दी महोत्सवको महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा समापन

नइद्वारा विजय मल्ल शताब्दी महोत्सवको महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख १९ गते आईतबार ०७:३७

समारोहमा ग्रन्थकार डा. साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नु भएको थियो । सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई र २०५६ सालमा निधन भएको थियो ।

नइ एकेडेमीबाट प्रकाशित आज विमोचित ती कृतिबारे प्रा. केशव सुवेदीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौं– नइ एकेडेमीद्वारा आयोजित विजय मल्ल शताब्दी महोत्सवको समापन गरिएको छ । महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा बैशाख २० गते सो महोत्सव समापन गरिएको हो ।
सो अवसरमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले डा. साधना पन्त ‘प्रतीक्षा’ कृत ‘नारीवादी नाटककार विजय मल्ल’नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’नामक जीवनीकृतिको आज वानीरा सङ्ग्रहालयमा लोकार्पण गर्नुभयो ।
यसैगरी, उक्त कार्यक्रममा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई २०८२ सालमा ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो ।
नइ एकेडेमीबाट प्रकाशित आज विमोचित ती कृतिबारे प्रा. केशव सुवेदीले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै नइबाट मल्लको व्यक्तित्व र कृतित्वमाथि चर्चापरिचर्चा पनि गरिएको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई र २०५६ सालमा निधन भएको थियो ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित विजय मल्ल शताब्दी महोत्सव विसर्जन समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले मल्लबारे लामो प्रवचन दिनु भएको थियो ।
समारोहमा ग्रन्थकार डा. साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति २०८३ बैशाख २०, आईतवार १९:३७ गते
हजुरको प्रतिक्रिया