तेल बचाउन आवश्यक तर कसरी ?

तेल बचाउन आवश्यक तर कसरी ?

दामोदर पौडेल

@antaranganews

२०८३ बैशाख २१ गते मङ्गलबार ०३:५३

टाढाको यात्रामा सस्तो भाडामा सार्बजनिक गाडी पाउने र सस्तोमा नै भाडामा अन्यत्र विद्युतीय साइकल पाइने परिपाटीको विकास हुने हो भने बाइकलाई धेरै नै हतोत्साहित गर्न सकिन्छ । विद्युत स्टोभको प्रयोगलाई पनि सबैको पहुंचमा ल्याउने र राज्यले केही भने पनि रकम दिने हो भने ग्यासको प्रयोग समेत कम हुन्छ ।

यी समेत केही विकल्पहरूको प्रयोगले यही अवस्थामा पनि भाडा बढाउने होइन बरु घटाउन सकिन्छ । वाइकहरू कम चल्ने वातावरण भएमा र यात्रूहरूको पहिलो छनौट सार्वजनिक यातायात भएमा यात्रुहरू बढ्छन् ।

पेटेलियम पदार्थबाट चल्ने मोटरसाइकल र गाडीहरूलाई विद्युतीयमा गाडीमा परिणत गर्न सकिने र गर्न थालिएकोसमेत जानकारी पाइयो । तर परिवर्तन गर्दा त नयाँं किन्दा लाग्ने जस्तै खर्च देखियो । यो योजना त्यति उपयोगी नहुन सक्छ । पेट्रोलियम पदार्थ किन्दा विदेशमा नै पैसा जान्छ । त्यसैले त्यो पैसा रोक्नका लागि घाटामा यी वस्तु उपलब्ध गराउनु वा कर कम गर्नु सधैं उपयुक्त नहुन सक्छ । यो कार्यले करबाट गर्न सकिने आवश्यक कार्यहरूमा असर पर्न सक्छ । अर्कोतर्फ जति सस्तो भयो त्यति नै ग्राहकले ज्यादा किन्नु स्वभाविक हो । त्यसैले बिशेषत पेटेलिम पदार्थको मुल्य घाटा खाएर घटाउने र बेच्ने कार्य अनुचित पनि हुन सक्छ । बरु महंगो हुंदा कम प्रयोग गर्ने बाध्याताले गर्दा विदेशी मुद्रा भने केही हदसम्म पनि पनि बचत हुन्छ । यद्यपि यो कार्य गर्दा नागरिकको सहमति परोक्ष रुपमा भने पनि लिनु राम्रो हो । त्यसको राम्रो माध्यम संचार नै हुन सक्छ ।
अहिलेको अवस्था मात्र होइन, पछि पनि आफ्नो देशमा नपाइने हुंदा पेट्रोलियम पदार्थको कम प्रयोग र बिकल्पका बारे ध्यान दिन आवश्यक छ ।
प्रथमत मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न आवश्यक छ र त्यो रोकेर होइन । अहिले सय सिसिको मोटरसाइकलले नयाँं हुंदा राम्रो सडक भएमा प्रति लिटर ७० किलोमिटरसम्म माइलेज दिने गर्छ । अहिलेको हिसावमा ७० किलोमिटरको पेट्रोलको मुल्य करिव २२० हुन्छ । यो रकमवाट दुइ जना मानिस जान सक्छन् । अर्थात ७० किलोमिटरको यात्रामा एक व्यक्तिको लागि ११० खर्च हुन्छ । सत्तरी किलोमिटरको लागि सार्बजनिक सवारी साधनले करिव २५० रुपैयासम्म लिन्छन् । यसरी सामान्य बाइकमा जांदा हुने खर्च भन्दा डिजेलबाट चल्ने सार्वजनिक सवारी साधनको लागि भाडा ज्यादा पर्ने देखिन्छ । गाडीमा यात्रु पुरा हुंदा कमसेकम मोटरसाइकलको यात्रा भन्दा सार्वजनिक गाडीको यात्र सस्तो हुन पर्छ किनकि सानो सवारी साधनको खर्च ज्यादा हुने गर्छ र पेटेलको खर्च डिजेलको भन्दा ज्यादा हुने गर्छ । यसरी मोटरसाइकलमा भन्दा ठूला सवारी साधनमा ज्यादा भाडा लाग्नु एकहदसम्म अनुचित हो ।
यसको मुख्य कारणमा यात्रु कम भए पनि चलाउने र गलत प्रतिस्पर्धा हुन् । भाडा ज्यादा लाग्नुको कारण गाडीका एभरेज प्यासेन्जरको अनुपातको हिसाव नै हो । यसलाई व्यवस्थित गर्न सकिन्छ । सडकमा बिशेषत ज्यादा गाडी चल्ने स्थानमा पहिला छुटेको गाडी अर्को गाडी नआएसम्म रोक्ने र अर्को गाडी आएपछि दोश्रो गाडीमा रहेका यात्रुहरू अगाडिको गाडीमा जान चाहेमा गाडीहरू बिच व्यवस्थित समझदारी हुने गरेर जान दिने प्रष्ट व्यवस्था हुन सक्छ । यसले गर्दा गाडीहरू पूर्ण भारमा चल्न सक्छन् । यसले गर्दा यात्रा छिटो हुन्छ र कम यात्रु लिएर जाने अवस्था नियन्त्रित हुन्छ । जस्तै दोश्रो गाडीले आफू पुगेको ठाउँबाट सवै यात्रु पहिलो गाडीलाई दिंदा त्यो गाडी पनि अर्को गाडी नआउंदासम्म बस्न सक्छ । अर्को गाडी आएमा त्यसका यात्रु लिएर जान सक्छ । यदाकदा सञ्चारको माध्यमबाट विविध सहयोग हुन सक्छ ।
विशेष अवस्थामा यात्रुवाहक बाहेकका अन्य गाडीहरूबाट पनि सुरक्षित रुपमा यात्रुलाई लग्न सकिने भएमा लग्न दिनु उपयुक्त हुन्छ । त्यो कार्य ट्यांकर, ट्रक आदिवाट हुन सक्छ । बिचौलियाहरूले ज्यादा रकम लिएर त्यसको असर यात्रुहरू र गाडीवालालाई परेको छ भने त्यो पनि निराकरण गर्न तयार हुनै पर्छ । यी कार्यहरू गरेमा गाडी भाडा कम गर्न समेत सकिन्छ । गाडी भाडा कम गरेमा पेट्रोलको मूल्य ज्यादा हुंदा मानिसहरू सार्वजनिक यातायातमा नै चढ्ने सम्भावना हुन्छ । यो समयमा सरकारी तलब खाने कर्मचारीहरूलाई यातायातका साधनहरू र यातायातको लागि इन्धन नदिने बरु दिन पर्ने स्थानमा न्यूनतम भाडा दिन सकिन्छ । यी समेत केही विकल्पहरूको प्रयोगले यही अवस्थामा पनि भाडा बढाउने होइन बरु घटाउन सकिन्छ । वाइकहरू कम चल्ने वातावरण भएमा र यात्रुहरूको पहिलो छनौट सार्वजनिक यातायात भएमा यात्रुहरू बढ्छन् । अन्यथा बाइकको यात्रा भन्दा सार्वजनिक गाडीको यात्रा महंगो भएपछि वाइक चढ्नु स्वभाविक देखिन्छ । त्यसैले यात्रु बढाउने र त्यसको लागि कठोर नै बनेर भाडा घटाउन सक्नु पर्छ । यो बिशेष अवस्थामा निजी गाडीहरूलाई हतोत्साहित गर्न पनि सक्छि । पेट्रोल डिजेलबाट चल्ने निजी गाडीहरू चलाउंदा अतिरिक्त कर लिने व्यवस्था पनि विकल्प हुन सक्छ ।
अर्को विकल्प त इलेक्ट्कि सवारी साधन नै हो । मोटरसाइकलाई अस्थायी रुपमा नै भने पनि बिश्थापित गर्ने उपाय महंगो इलोक्ट्कि गाडी भने हुन सक्दैन । करिव ३५ किलोमिटरसम्मको यात्रा गर्नेहरूको संख्या हरेक दिन आधा जस्तो रहने गर्दछ । यो संख्यालाई मोटरसाइकल र अन्य साना सवारी साधनहरुवाट अलग गर्नको लागि महंगा इवाइक र इगाडीहरू विकल्प होइनन् । सामान्य मध्यमवर्गको लागि भारतीय सामान्य जोगाडमा आधारित रहेर गरिएका कार्यको अनुभवलाई ध्यान दिन सक्नु पर्छ । करिव १२ हजार नेपाली रुपैया पर्ने भारतीय साइकलहरूमा इलेक्ट्कि मोटर राख्नाले त्यो साइकलको मुल्य करिव २५ हजार रुपैयासम्म हुन सक्छ । खर्च कम लाग्छ । यसमा राम्रोसंग मर्मतको व्यवस्था हुने र बेट्ीको उचित प्रवन्ध हुने हो भने विद्यतीय साइकल राम्रो इन्धन बचतको विकल्प बन्न सक्छ । यो माध्यमबाट देशमा करिव ५० प्रतिसत बाहिरबाट आउने इन्धनलाई रोक्न सकिन्छ । यसको लागि राज्यले भारतमा भए पनि ती साइकलहरु बनाउने र बेट्ी प्रयोग गर्ने बारे तालिमको लागि उचित प्रवन्ध गर्न सक्छ । भारत र चीनबाट सस्ता तर बलिया सामान्य अर्थात रफ टप साइकलहरू खरिद गर्ने ब्यवस्था गर्न सक्छ । राज्यवाट काम ढिलो र भ्रष्टाचार हुने नै गरेकोले यसमा नागरिकहरूलाई र विदेशी कम्पनीहरूलाई नै प्रयोग गर्न सक्छ । संचारको बर्तमान अबस्थाामा त्यसको लागि कतै जानै पदैैन । सञ्चार माध्यमहरूबाटै यही बसेर सवै कार्यहरू गर्न सकिन्छ ।
सरकारले ज्यादा समय खर्च नगरी र कर्म खर्च वा यथार्थमा नगन्य खर्चमा नै यो कार्य गर्न सक्छ । यी सामान्य व्यवस्थापनले मात्र पनि देशले विदेशवाट ल्याउने इन्धनलाई आधामा झार्न सकिन्छ । कतिपय कृषि कार्यमा परंपरागत गोरु तथा रांगा समेतको प्रयोगलाई आधुनिक प्रविधिसंग जोडेर गर्न सकिन्छ । जोत्ने तथा सामान ढुवानी समेतमा फरक शैली आउन सक्छन् । संभवत कृषि सामग्रीहरू नजिक लग्ने समेतका कार्यमा गोरु घोडा तथा रांगाहरूलाई प्रयोग गर्न सकिन्छ । सम्भवत उकालो र हिलोमा यन्त्र चलाउने र समथर, ओरालो बाटोमा जनावरको शक्ति नै प्रयोग गर्ने प्रविधिकाबारेमा समेत सोच्न पर्ने बेला आएको छ । पेट्रोलियम पदार्थको प्रयोग प्रदुषण, गर्मी समेत धेरै विकृतीहरूको कारण बनेकोमा कुनै दुविधा पनि छैन ।
त्यस्तै नागरिकलाई बाल्न मिल्ने दाउरा आदि बाल्न प्रोत्साहित गर्ने, धुवा कम हुने, बिजुलीबाट सानो पंखा लगाएर बाल्नको लागि प्रयत्न गरिरहन नपर्ने चुलाहरूको प्रचार गर्ने जस्ता कार्य हुन आवश्यक छ । त्यस्तै जंगलमा पातहरू झर्छन् । ती झरेका पातहरूलाई मेसिनवाट दाउरा जस्तो बनाउन सकिने रहेछ । त्यस्ता मेसिनहरू प्रचारमा आएका छन् र ती सस्ता र सामान्य छन् । तिनको प्रयोग गरेर दाउरा बनाउनाले जंगलको सुरक्षा र आगोवाट हुने क्षति कम हुन्छन् । होटल, होस्टल, क्यान्टिन, सेना, प्रहरी तथा धेरै मानिसहरूले नियमित खाना खाने स्थानमा ती प्रयोग हुन सक्छन् । सोलार र बेट्ीको प्रयोग सस्तो बनाएमा मोटरबाट पानी निकाल्ने र साना कृषि कार्य पनि गर्न सकिन्छ । यसवाट विदेशमा पैसा जानवाट रोक्न सकिन्छ । पर्यावरण राम्रो हुन्छ । स्वदेशी वस्तुको सदुपयोग हुन्छ । बन जोगिन्छ ।
कठोर भएर भन्नै पर्छ कि बाइकलाई हतोत्साहित गर्नै पर्ने देखिएको छ । सवारी साधनहरुमा युवाहरूको मृत्युको मुख्य कारण वाइक नै देखिन्छ । बिद्युत साइकल ज्यादा प्राप्त हुने हो र स्पिड ३० किलोमिटर प्रतिधन्टा भन्दा ज्यादा नराख्ने हो तथा मुल्य सस्तो गरेर आवश्यकता अनुसार राज्यले नै केही अनुदान दिने हो भने तराईदेखि पहाड र हिमालसम्म सडक भएको स्थानमा विद्युत साइकलमात्र चलाउने व्यवस्था गर्न सकिन्छ । टाढाको यात्रामा सस्तो भाडामा सार्बजनिक गाडी पाउने र सस्तोमा नै भाडामा अन्यत्र विद्युतीय साइकल पाइने परिपाटीको विकास हुने हो भने बाइकलाई धेरै नै हतोत्साहित गर्न सकिन्छ । विद्युत स्टोभको प्रयोगलाई पनि सबैको पहुंचमा ल्याउने र राज्यले केही भने पनि रकम दिने हो भने ग्यासको प्रयोग समेत कम हुन्छ । राज्यले सबै नागरिकलाई विद्युत चुलो केही सहुलियतमा दिन सक्ने हो र ग्यास सिलिन्डरमा कुनै प्रकारले छुट दिने अर्थात लागत मुल्य भन्दा कममा नबेच्ने हो भने पनि राज्यले आफ्नो कार्यको जस्टिफिकेसन स्वदेशी विद्युत प्रयोगलाई प्रोत्साहित गर्न भनेर दिन सक्छ र नागरिकहरू पनि त्यसमा सहयोगी हुन आवश्यक छ । अहिले साना आकारमा समेत गोवर ग्यास बनाउने प्लास्टिकका ट्यांकीहरू बनेका भारतमा पनि देखिएका छन् । ती ट्यांकीहरूको प्रयोग साह्रै सस्तो हुने र ती गोवर ग्यास प्लान्टहरू शहरी क्षेत्रमा पनि बनाउन सकिने देखिएको छ । यो विद्युतीय चुलो र ग्यासबाट खाना बनाउने बानी पार्ने अवसर पनि हो । ती नेपालमा पनि बन्न सक्छन् । यी सबै कार्य साथमा हुने हो भने देशमा बाहिरी इन्धनको खर्च आधा भन्दा कम हुन सक्छ । साथै यो राज्यलाई सकारात्मक कार्य गर्ने सुअवसर पनि हुन सक्छ ।

प्रकाशित मिति २०८३ बैशाख २२, मंगलवार १५:५३ गते
हजुरको प्रतिक्रिया