लमजुङका छ वटा सञ्चारमाध्यम मात्र गण्डकी प्रेस रजिष्टार कार्यालयमा सूचिकृत

लमजुङका छ वटा सञ्चारमाध्यम मात्र गण्डकी प्रेस रजिष्टार कार्यालयमा सूचिकृत

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख २६ गते आईतबार ०८:०१

यसरी सूचिकृत हुनका लागि अनलाइन र रेडियोको हकमा नियमित नवीकरण गरेको, कर चुक्ता लगायतका प्रमाणपत्र पेश गरेको हुनुपर्छ भने पत्रिकाहरूले नियमित प्रकाशन गरेको कर चुक्ता लगायतका प्रमाणपत्र पेश गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

गण्डकी प्रेस रजिष्टार कार्यालयमा लमजुङबाट सूचिकृत भएकामध्ये दुई अनलाइन, एक रेडियो र तीनवटा साप्ताहिक पत्रिका छन् । सूचिकृत भएका सञ्चारमाध्यममात्र विज्ञापन पाउनका लागि योग्य मानिन्छन् ।

बेसीशहर– लमजुङका छ मात्र सञ्चारमाध्यम सूचिकृत भएका छन् । गण्डकी प्रेस रजिष्टार कार्यालयमा सूचिकृत हुने लमजुङका सञ्चारमाध्यम छ मात्र भएको सो कार्यालयले बैशाख २५ गते जारी सूचनामा उल्लेख भएबाट त्यस्तो पुष्टि भएको हो ।
गण्डकी प्रेस रजिष्टार कार्यालयले लोककल्याणकारी विज्ञापनका लागि प्रदेशभरका सञ्चारमाध्यमलाई सूचिकृत हुन आह्वान गरेको थियो । यतिबेला सूचिकृत भएका सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनका लागि सम्झौताका लागि आउन निर्देशन जारी गरेको छ ।
गण्डकी प्रेस रजिष्टार कार्यालयले जारी गरेको सूचना अनुसार प्रदेशभर कुल दुई सय सञ्चारमाध्यम सूचिकृत भएको जारी सूचनामा उल्लेख छ । सो सूचना अनुसार लमजुङका मात्र छ वटा सञ्चारमाध्यममात्र सूचिकृत भएको देखिन्छ ।
लमजुङबाट सूचिकृत भएकामध्ये दुई अनलाइन, एक रेडियो र तीनवटा साप्ताहिक पत्रिका छन् । लमजुङका सूचिकृत हुने सञ्चारमाध्यममा ३७ नं.मा नयाँदीप डटकम, ७० नं.मा अन्तरङ्ग न्यूज डटकम रहेका छन् । रेडियो मर्याङदी १२७ नंबरमा सूचिकृत भएको छ । साप्ताहिक पत्रिकाहरूमा लमजुङ रत्न साप्ताहिक १८० नं.मा, स्वतन्त्र शक्ति साप्ताकि १८१ नं.मा र १९२ नं.मा अन्तरङ्ग राष्ट्रिय साप्ताहिक सूचिकृत भएको उल्लेख छ ।
यसरी सूचिकृत हुनका लागि अनलाइन र रेडियोको हकमा नियमित नवीकरण गरेको, कर चुक्ता लगायतका प्रमाणपत्र पेश गरेको हुनुपर्छ भने पत्रिकाहरूले नियमित प्रकाशन गरेको कर चुक्ता लगायतका प्रमाणपत्र पेश गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
ती सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनको सुविधा प्राप्त गर्नका लागि बैशाख २८ गतेदेखि ३१ गतेसम्म सम्झौता गर्न आउन सूचनामा भनिएको छ ।

सूचिकृत भएका सञ्चारमाध्यममात्र विज्ञापन पाउनका लागि योग्य मानिन्छन् ।

प्रकाशित मिति २०८३ बैशाख २७, आईतवार ०८:०१ गते
हजुरको प्रतिक्रिया