राष्ट्रिय उपभोक्ता मञ्चले गर्यो उदाहरणीय कार्य

राष्ट्रिय उपभोक्ता मञ्चले गर्यो उदाहरणीय कार्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख २७ गते सोमबार ११:०४

हामी जत्तीको मनिसले नेतृत्व गरेको संस्थाबाट बाँकी ७६ जिल्लाको ध्यानाकर्षण हुने गरी काम गर्नु पर्ने आफ्नो धारणा रहेको बताउँदै ७६ जिल्लाले पनि लमजुङबाट सिक्न सक्छन् भन्ने धेयका साथ काम गर्नपर्छ भन्ने यो कार्यक्रम एक उदाहरण हो, यस्तो प्रशिक्षक प्रशिक्षण आजका दिन सम्म अन्य कुनै पनि जिल्ला शाखाले सञ्चालन गरेका छैनन् त्यसैले हामीले उदाहरणीय कार्य गरेकोमा गर्व छ ः मञ्चका शाखा अध्यक्ष पहाडी  ।

बजार सुशासनको पक्षमा काम गर्नका लागि यो कार्यक्रम कोशेढुंगा हुनेछ ः बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी

लमजुङ । यहाँको जिल्ला सदरमुकाम बेसीशहमा उपभोक्ता हक हित र अधिकारका क्षेत्रमा उदाहरणीय कार्य भएको छ । जिल्लाका स्थानिय तहमा जनशक्ति उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएबाट यस्तो पुष्ठि भएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, बेसीशहर नगरपालिकाको सहयोग र राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम बैशाख २७ गते भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बजार अनुगमन समितिका संयोजक थम्मनसिं गौतमले उक्त प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु भएको हो । प्रशिक्षण कार्यक्रमको प्रशिक्षक समेत रहनु भएका उहाँले बजार अनुगमनको स्थिति, कानुनी व्यवस्था र उपभोक्ताको अधिकारका बारे एक कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । उहाँले उपभोक्ताको अधिकार हनन् भएमा विक्रेता तथा उत्पादकहरूलाई तत्कालै ५० हजारदेखि एक लाखसम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्नु भयो । त्यस्तै, मूल्य नभएका चामल लगायतका खाद्य वस्तुको सबैले देख्ने गरी मूल्य सूचि टाँस गर्नु पर्ने नगरेको खण्डमा पनि ५० हजारदेखि एक लाखसम्म जरीवाना हुने हुन्छ भन्नुभयो ।
उहाँले कुनै पनि व्यापार व्यवसाय दर्ता नगरी सञ्चालन गर्न नहुने निर्धारित समयमा नवीकरण हुनुपर्ने जानकारी दिनुभयो । त्यस्तै, अनुचित व्यापार, विज्ञापन आदि गर्न नहुने बताउँदै उत्पादकको समेत दायित्व रहेको र त्यो पनि कानुनले निर्दिष्ट गरेको छ भन्नुभयो ।
यसैगरी, ढुवानीकर्ताका समेत दायित्व रहेको जानकारी दिदै ढुवानी गर्दा पनि गुणस्तरको ख्याल राख्नु पर्ने हुन्छ भन्नुभयो । विक्रेताको दायित्व झनै गहन हुन्छ भन्दै सहायक प्रजिअ गौतमले उपभोक्ताहरु सार्वभौम हुन् भन्ने बिर्सन नुहुने उल्लेख गर्नुभयो । यसैगरी सेवा प्रदायकको समेत दायित्व हुने बारेमा उहाँले प्रष्ट्याउनु भएको थियो । उहाँले अनुगमनका बारेमा तीनै तहको सरकारको दायित्व भएको हुँदा तीनै तहको समन्वय, स्थानीय प्रहरी, उपभोक्ता अधिकारकर्मीहरु पत्रकार आदिको टोलीले बजार अनुगमन कार्य गर्ने गरेको बताउनु भयो । ऐलेसम्मको बजार अनुगनको कार्य सांकेतिक मात्र हुने गरेको छ भन्नुभयो ।
उहाँले अनुगमनको चुहावट गर्नेलाई समेत सजाय हुने व्यवस्था रहेको बताउँदै सकेसम्म अनुगमनमा जानेलाई समेत थाहा नदिई जाने गरेको अनुभव सुनाउनु भयो ।
सो अवसरमा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले बजार सुशासनको पक्षमा काम गर्नका लागि यो कार्यक्रम कोशेढुंगा हुने आफूले विश्वास गरेको उल्लेख गर्नुभयो । उहाँले २०७३ सालमा निर्वाचन भएको १० वर्ष वित्न लाग्दा पनि पालिकाहरुले के गरेका छन् ? प्रश्न उठिरहेकोतर्फ आफ्नो ध्यान गएको छ र समाधानका लागि पहल गरिरहेको छौं र गर्नु पर्छ भन्ने सकारात्मका सोचका साथ अधि बढेका छौं उहाँले भन्नुभयो ।
यो कार्यक्रम उपलब्धिमूलक हुनेतर्फ उहाँले आफू धेरै आशावादी रहेको भन्दै उहाँले बजार अनुगमनका लागि नगरपालिकामा छुट्टै दक्ष जनशक्तिको दरबन्दी हुन आवश्यक रहेको अनुभव भएको छ र गुणस्तरको किट प्रवन्धका लागि पनि काम गर्ने सोच आएको छ भन्नुभयो ।
यहाँहरुको जस्तै मेरो पनि प्रश्न छ भन्दै उहाँले विक्रेताहरुको पहुँच र कानुनका बीचमा सामान्जस्यता ल्याउनु पर्ने जरुरी रहेको र यो चेतना गाउँ गाउँसम्म पुग्नु पर्दछ उहाँले औंल्याउनु भएको थियो ।
सोही कार्यक्रममा राष्ट्यि उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले नेपालका उपभोक्ता सम्बन्धि कानुनी व्यवस्था विषयमा एक कार्यपत्रमार्फत प्रकाश पार्नु भएको थियो ।
उहाँले उपभोक्ता अधिकारको पृष्ठभूमि, इतिहासको स्मरण गर्दै श्री ३ महाराज देव शम्शेरको पालाबाट यो सुरु भएको जानकारी दिनुभयो ।
त्यस्तै, संवैधानिक कानुनी व्यवस्थाका बारेमा चर्चा गर्र्दै उहाँले उपभोक्ता संरक्षण ऐन २०७५ का बारेमा प्रकाश पार्नु भयो ।
उहाँले उपभोक्तको उपभोग शैलीमा परिवर्तन आएको बताउनु भयो ।
उहाँले अनलाइनबाट खाना, खाजा अडर गर्ने पद्दतिका कारणले पनि थप ठगिने स्थिति उत्पन्न भएको भन्दै मःमलाई दुई सय रुपैयाँमा अनलाईनमा अर्डर गर्ने तर त्यस्को क्रस चेक नगर्ने गरेको समेत बताउनु भयो । त्यस्तै, क्यू आर कोडको प्रयोगमा समेत विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
अखाद्य बस्तुको उदाहरणः
यसैगरी, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योती आचार्यले विभिन्न उदाहरण सहित उपभोक्ता के कसरी ठगिने र मारमा पर्ने गरेका छन् भन्ने बताउनु भयो । उहाँले मिसावट युक्त खाद्यान्नका नमुनाहरूको प्रस्तुती गर्दै रङ लगाएको झिलिङ्गा खान नहुने बताउनु भयो ।
त्यस्तै घिउका नाउमा र चुकका नाउँमा चटपटेमा मिसाई बिक्रि गरिने कालो तरल पदार्थ पनि खान नहुने उल्लेख गर्दै त्यसलाई आफूले चुक नभई भुलचुक भन्ने गरेको बताउनु भयो । यसैगरी, घिउका नाँउमा विक्रि गरिने  पदार्थ, केरा पकाउनका लागि प्रयोग गरिने विषदी बेसारमा हुने गरेको मिसावटका बारेमा जानकारी दिनु भएको थियो । उहाँले यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको हुनाले सहाभागीहरू र बेसीशहर नगरपालिकाबाट निकट भविष्यमा ठोस कामहुने आशा जागृत भएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्च, लमजुङ शाखाका अध्यक्ष एवं वरिष्ठ पत्रकार नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले पालिकास्तरमा काम गर्न सकियोस् र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको हो भन्नुभयो । उहाँले यो प्रशिक्षणमा सकेसम्म सबै पालिकाको प्रतिनिधित्व होस् भन्ने आफ्नो धेय रहेको उल्लेख गर्दै क्ब्होलासोथरबाट सहभागिता हुन सकेन, सबैभन्दा राम्रो सहभागिता बेसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाबाट भएको भन्ने जानकारी दिनुभयो ।
उहाँले जिल्ला सदरमुकामबाट टाढा गएर कार्यक्रम पालिकाको बजेट उपभोक्ताको हितमा परिचालन गर्न सहज वातावरण तयार गर्नु यो प्रशिक्षणको उद्देश्य हो भन्नुभयो । सहभागीहरूलाई प्राप्त प्रमाणपत्रको उचित कदर गर्न र पालिकाहरूको वडास्तरमा कार्यक्रम सञ्चालन गर्न जगरूक हुन आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हामी जत्तीको मनिसले नेतृत्व गरेको संस्थाबाट बाँकी ७६ जिल्लाको ध्यानाकर्षण हुने गरी काम गर्नु पर्ने आफ्नो धारणा रहेको बताउँदै ७६ जिल्लाले पनि लमजुङबाट सिक्न सक्छन् भन्ने यो कार्यक्रम उदाहरण हो यस्तो प्रशिक्षक प्रशिक्षण आजका दिन सम्म अन्य कुनै पनि जिल्लाले सञ्चालन गरेका छैनन् त्यसैले हामीले उदाहरणीय कार्य गरेकोमा गर्व छ भन्नुभयो ।
मञ्चका सल्लाहकार रमाराज खनियाले स्वागत गर्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन मञ्चका उपाध्यष सन्तोषी गौलीले गर्नु भएको थियो भने सञ्चालन शाखाका सहसचिव विजयरञ्जन पौडेलले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ११ जना महिला सहित २९ जनाले भाग लिएका थिए । सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बजार अनुगमन समितिका संयोजक थम्मनसिं गौतम, बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, संयोजनकर्ता शाखाका अध्यक्ष नवराज पहाडीले संयुक्तरूपमा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
प्रकाशित मिति २०८३ बैशाख २८, सोमबार २३:०४ गते
हजुरको प्रतिक्रिया