नइ एकेडेमीको १९३ ओैँ ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृति विमोचन

नइ एकेडेमीको १९३ ओैँ ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृति विमोचन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख ३१ गते शुक्रबार ०६:५५

सो अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा. नुरापति पोखरेललाई सम्मान गर्नुभएको वानीरा फाउन्डेसन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सो समारोह भएको थियो ।

नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ उक्त कृति ४२ वर्षअघि पूर्णप्रसाद ब्राह्मणसित प्रसाईले लिनु भएको अन्तर्वार्तामा आधारित रहेको छ ।

काठमाडौं– शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय सातौँ जयन्ती मनाइएको छ । वानीरा फाउन्डेसनद्वारा आयोजित एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृतिको बैशाख ३१ गते लोकार्पण गर्नुभएको हो । विमोचित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ नइ एकेडेमीको १९३ ओैँ कृति हो ।
नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ उक्त कृति ४२ वर्षअघि पूर्णप्रसाद ब्राह्मणसित प्रसाईले लिनु भएको अन्तर्वार्तामा आधारित रहेको छ ।
विमोचित कृतिको ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’नामक कृति माथि डा. त्रिपाठी र प्रा. केशव सुवेदीले बृहत् समीक्षा गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि डा. त्रिपाठीले पूर्णप्रसाद ब्राह्मण विषयक विद्याविरिधि गर्ने प्रा.डा. नुरापति पोखरेललाई सम्मान गर्नुभएको वानीरा फाउन्डेसन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सो समारोह भएको थियो ।
उक्त कार्यक्रममा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा.सत्यमोहन जोशीको महिमा र नव कृतिबारे मन्तव्य व्यक्त गर्नुभयो ।

प्रकाशित मिति २०८३ जेष्ठ १, शुक्रबार ०६:५५ गते
हजुरको प्रतिक्रिया