मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका लागि रक गार्डेन पुगेको ठाडोभाका टिमलाई स्वागत सत्कारको दृश्यको फोटोफिचर

मितेरी भेटघाट एवम् विविध सांस्कृतिक प्रस्तुतिका लागि रक गार्डेन पुगेको ठाडोभाका टिमलाई स्वागत सत्कारको दृश्यको फोटोफिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख ३१ गते शुक्रबार ०८:०८

त्यस लगत्तै प्रतिष्ठानको पाहुना टोलीलाई स्थानीय क्षेत्रमा पाइने मौलिक र अर्गानिक उत्पादनको खाजा खुवाउने काम भयो । खाजामा गिठा, काफल, टिमुरको छोप(अचार), आलु, मकै र भट्ट, मोही आदि रहेका थिए ।

नेपाली समाजमा हराउदै गएको मितेरी संस्कारलाई पुर्नजागृत गर्नु कार्यक्रमको उद्देश्य हो ।

रकगार्डेन, खानीगाउँ(लमजुङ)– लमजुङमा मितेरी भेटघाट तथा विविध सांस्कृतिक प्रस्तुतिका लागि यहाँ आई पुगेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको टोलीलाई आयोजक स्थानिय रकगार्डेन होमस्टे र दिपज्योति आमा समूहले संयुक्तरूपमा हार्दिकताका साथ भव्य स्वागत गरेको छ । उक्त कार्यक्रमका लागि प्रतिष्ठानको समिति परिवार र प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक वुद्धिमान दुरा धम्पुको निजी पारिवारिक टोली जेठ १ गते यहाँ आएको हो ।
आयोजक टोलीद्वारा संयोजन गर्ने टोलीलाई हार्दिकतापूर्ण रुपमा भव्य स्वागत सत्कार गरेको थियो गुरुङ संस्कृति अनुसार होमस्टेका अध्यक्ष चन्द्रमाया गुरुङ, वडासदस्य, होमस्टेका संस्थापक अध्यक्ष तथा संयोजनकर्ता प्रतिष्ठानका आजीवन सदस्य सीता गुरुङ, रकगार्डेन सामसदायिक होमसटेका अध्यक्ष युकुमारी गुरुङ, रकगार्डेनका परिकल्पनाकार, सामाजिक अभियन्ता एवम् प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य कामसार्कीका साथै होमस्टेका सञ्चालकहरु मैतखुशी गुरुङ, देवकुमारी गुरुङ, बैसकली गुरुङ, कान्छी गुरुङलगायतले टिका, दिप, फुलको वुकेद्वारा स्वागत गर्नु भएको थियोे ।
स्वागत पश्चात प्रतिष्ठानका संरक्षक धम्पु आफूले मितेरी गाउँका लागि ल्याउनु भएको कोशेली स्वरुप ऐतिहासिक एवम् धार्मिक महत्त्वका पाँच थरी फूलका विरुवा हस्तान्तरण गर्नु भएको थियोे ।
ती फूलका विरुवामा पारिजात, जो बैकुण्ठ र नेपालमा मात्र पाइने विश्वास गरिन्छ, गाउँको शिरमा रोप्न उहाँले आग्रह गर्नु भयो । त्यस्तै स्वास्थ र सुरक्षाको प्रतिक निमको विरुवा हस्तान्तरण गर्नुभयो ।
यसैगरी, पुरुष तथा महिलाको सौतेनी ग्रह काट्न उपयोगी मानिने आँक जसलाई पार्वती स्वरुपा समेत मानिन्छको विरूवाका साथमा वर्षमा एक पटकमात्र लिइने स्वस्थानी व्रतका बेला शिवजीलाई चढाइने स्वस्थानीफूलको विरुवा प्रदान गर्नुभएको थियो ।
त्यस लगत्तै प्रतिष्ठानको पाहुना टोलीलाई स्थानीय क्षेत्रमा पाइने मौलिक र अर्गानिक उत्पादनको खाजा खुवाउने काम भयो । खाजामा गिठा, काफल, टिमुरको छोप(अचार), आलु, मकै र भट्ट, मोही आदि रहेका थिए ।
अहिले साँझको खाना पछि विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुती चलिरहेको छ । भोली विहान प्रतिष्ठानका संरक्षक धम्पुको मितेरी निवासमा स्वति शान्ति सहित पूजाआजा गरी ४५ फिटको त्रिशुल समर्पण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो उहाँका अनुसार उक्त कार्यक्रमका लागि १४ सदस्य टोली रक गार्डेन पुगेको छ । प्रस्तुत छ, सो समयको फोटो फिचर :

प्रकाशित मिति २०८३ जेष्ठ १, शुक्रबार २०:०८ गते
हजुरको प्रतिक्रिया