लमजुङको परेवाडाँडास्थित मणिडाँडामा निर्मित जोडी परेवा तोडफोड गर्नेलाई सख्त कारबाहीको माग

लमजुङको परेवाडाँडास्थित मणिडाँडामा निर्मित जोडी परेवा तोडफोड गर्नेलाई सख्त कारबाहीको माग

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १ गते शनिवार ०६:५१

उक्त पार्क परिसरबाट लमजुङको सुन्दरबजार, तनहुँको भानु नगरपालिका– ११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोलगायतका ऐतिहासिक स्थलकोसमेत दृश्यावलोकन गर्न सकिन्छ ।

दुई वर्ष अघिमात्र करिब लाख रुपैयाँको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले त्यसै समयमा जानकारी दिनु भएको थियो ।

परेवाडाँडा(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– २ को यहाँ स्थित मणिडाँडामा निर्माण गरिएको परेवाको प्रतीक तोडफोड गरिएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जोडी परेवाको प्रतीक निर्माण गरिएपछि त्यो स्थलो आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकास भइरहेको थियो तर त्यो ती जोडी परेवामध्ये एक तोडफोड गरेर लडाउने काम बैशाख ३१ गते राती भएको हो ।
यसरी निर्माण गरिएको संरचनाको विनास गर्नेलाई सख्त कारवाही गर्नु पर्ने माग उठिरहेको छ भने प्रहरीले तोडफोड गर्नेहरूउपर कडा निगरानी गरेको र केहीलाई आशंकाको घेरामा राखेको बुझिन आएको छ । तोडफोड गरेको आशंकामा प्रहरीले केही व्यक्तिलाई सोधपुछ समेत गरिरहेको जानकारीमा आएको छ ।
दुई वर्ष अघिमात्र करिब लाख रुपैयाँको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले त्यसै समयमा जानकारी दिनु भएको थियो । उहाँले तोडफोड गर्नेलाई प्रहरीले उच्च निगरानीमा राखेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको यस डाँडामा शहीदको सालिक निर्माण लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ ।’
ती जोडी परेवाले परेवाडाँडाको ऐतिहासिकतासमेत झल्काउने काम गरेका थिए । जोडी परेवाको प्रतीक बनाइएपछि सो हेर्न आउनेहरूको संख्या प्रतिदिन बढ्दै गएको थियो । तीमध्ये सबैजसोे परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका गरिआएका थिए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सुन्दरबजारको खत्रीठाँटीदेखि खत्रीठाँटी– कुन्छा सडकको परेवाडाँडा– हरिया खण्डबाट एक सय मिटरको दूरीमा रहेको मणिडाँडामा जोडी परेवाको प्रतीकसहित पार्क निर्माण गरिएको र पार्कलाई स्तरीकरण गर्ने कार्य जारी रहेको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उपयोग नभएको मणिडाँडामा रहेको १४ रोपनी सार्वजनिक जमिनमा करिब दुईसय वर्ष पुरानो आँपको बगैँचा रहेको छ । सो बगैँचाको समेत संरक्षण गर्ने गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको छ ।
मणिडाँडा परापूर्वकालमा कुन्छामा पुरानो जिल्ला सदरमुकाम हुँदा सिपाहीहरूले परेड खेल्ने ऐतिहासिक ठाउँ समेत भएको र परेड खेल्ने डाँडा शब्द अपभ्रंश भई परेवाडाँडा नाम राखिएको भन्ने बुढापाकाको भनाइ रहेको छ ।
उक्त पार्क परिसरबाट लमजुङको सुन्दरबजार, तनहुँको भानु नगरपालिका– ११ को मानेचौका बजार, टुहुरेपसल, राइपाली भञ्ज्याङ, राइनास नगरपालिकाको धमिलि कुवा, राइनासकोट तथा गोरखाको पालुङटार र लिगलिगकोटकोलगायतका ऐतिहासिक स्थलकोसमेत दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति २०८३ जेष्ठ २, शनिबार १८:५१ गते
हजुरको प्रतिक्रिया