रास्वपाको वडा अधिवेशन : सुन्दरबजार नगरपालिकाका चार वडामा एकै दिन सकियो

रास्वपाको वडा अधिवेशन : सुन्दरबजार नगरपालिकाका चार वडामा एकै दिन सकियो

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ २ गते आईतबार १०:१५

सो अवसरमा विगतमा वडानं– २ को कार्यकारी वडाध्यक्षका रुपमा समेत ४० महिना काम गरी अनुभव संगाल्नु भएका सो वडाका समावसेवी व्यक्तित्व जगतबहादुर खड्का, रामप्रसाद सेढाई, सीता खड्का लगायत दर्जन बढी व्यक्तित्वहरू विभिन्न पार्टी त्याग गरी रास्वपामा प्रवेश गर्नु भएको थियो ।

वडानं– १० मा सुजन कोइराला, वडानं ३ मा देवीजङ दुरा, ४ मा महेश अधिकारी र वडानं २ मा हेमन्त भड्खले सभापति चयन हुनु भएको छ ।

सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिकामा चार वडामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आज एकै दिन अधिवेशन सकिएको छ । ती वडा क्रमशः १०, ३, ४ र २ वडामा अधिवेशन सम्पन्न भएको नगर समितिले जेठ ३ गते जनाएको हो ।
वडानं– १० मा सुजन कोइराला वडा सभापति :
रास्वपाको केन्द्रले निदेशन गरे अनुसार आज बिहान सुन्दरबजार नगरपालिका– १० को वडा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनका लागि आयोजित भेलाले सुजन कोइरालाको नेतृत्वमा सर्वसम्मत रूपमा उहाँलाई वडा सभापति चयन गरेको हो । वडा समिति ११ सदस्यीय रहेको छ ।
जसमा सभापति सुजन कोइराला, उपसभापति टुक बहादुर भण्डारी, सचीव श्याम अधिकारी हुनुहुन्छ । यसैगरी, सदस्यहरूमा रमा भण्डारी, तिर्थराज कोइराला, तेज बहादुर अधिकारी, राजु भण्डारी, आशिष दुरा, मैया अधिकारी, राममाया अछामी र ममता पाण्डे हुनुहुन्छ ।
सुन्दरबजार नगरका सभापति विमल अधिकारीको अध्यक्षतामा बसेको अधिवेशनले सो निर्णय गरेको हो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपाको गण्डकी प्रदेश संगठन विभागका सचिव सन्तोषी गौलीले शपथ खुवाउनु भएको थियो भने कार्यक्रमको सञ्चालन सोही विभागका सदस्य ज्ञानेन्द्र शर्माले गर्नु भएको थियो ।
नवगठित समितिले आजै रास्वपा सुन्दरबजार नगरपालिको संगठन विभाग, समितिमा जिवन अधिकारी, नगर समितिमा टेकबहादुर दुरा, रामवावु अधिकारी र नगर Rapid Action Team मा श्री शिवराम कोइरालाको संयोजकतामा शंकार भण्डारी, टिकाराम दुरा, सुरेन्द्र भण्डारी, सन्दीप भण्डारी, राम दुरा, रामबाबु अधिकारी, अमृत अधिकारी, शम्भु वि.क., रोशन भण्डारी, इन्द्र दुरा, चित्र वि.क., काले दुरा, अर्जुन कुवर, रामलाल मजाकोटी, रबिन्द्र भुजेल सहित २५ जना सक्रिय युवाहरूलाई सिफारिस गरिएको अध्यक्ष कोइरालाले जानकारी दिनु भएको छ ।
वडानं– ३ मा दुरा, ४ मा अधिकारी सभापति चयन :
सुन्दरबजार नगरपालिका– ३ र ४ को वडा अधिवेशन संयुक्त रुपमा स्थानीय लामीखेतको खुला मैदानमा सम्पन्न भएको छ । अधिवेशनका लागि आयोजित दुवै वडाको संयुक्त भेलाले ३ मा देवीजङ दुरा र ४ मा महेश अधिकारीको नेतृत्वमा सर्वसम्मत रूपमा सभापति चयन गरिएको हो । उहाँहरू यसअघि गठित दुवै वडाको तदर्थ समितिको सभापति हुनुहुन्थ्यो । दुवै वडा समिति ११/११ सदस्यीय रहेको छ ।
सुन्दरबजार नगरपालिका– ३ को समितिमा सभापति देवीजङ दुरा, उपसभापति विष्णुभक्त न्यौपाने, सचिव विष्णुराज न्यौपाने तथा सदस्यमा रुपेश दुरा, दीपा क्षेत्री, महेश अधिकारी, अञ्जु सुनार, रामबहादुर सुनार, कुश्मा न्यौपाने, चन्द्रोदय अधिकारी र कमला विक चयन हुनुभएको छ ।
यसैगरी, वडानं– ४ मा सभापति महेश अधिकारी चयन हुनु भएको छ ।

उहाँ यसअघि तदर्थ समितिको पनि सभापति हुनुहुन्थ्यो । उपसभापतिमा छविलाल खनिया, सचिवमा मिना अधिकारी चयन हुनु भएको छ । त्यस्तै, सो समितिको सदस्यहरूमा सुशीला खनिया, अम्बिका खनिया, मदन खनिया, बरुणचन्द्र घिमिरे, रिता नेपाली, चन्द्रबहादुर बराल, लवहरी न्यौपाने र संशेर बहादुर नेपाली हुनुहुन्छ ।


उक्त वडाको अधिवशेन पनि रास्वपाको सुन्दरबजार नगरका सभापति विमल अधिकारीको अध्यक्षतामा भएको थियो । उहाँले सुन्दरबजार नगरपालिकामा वडानं ११ बाहेकका वडामा जसरी संघीय सांसद निर्वाचनमा मत आयो, त्यो मतभन्दा अझ बढी प्रगति गर्नका लागि नयाँ समितिलाई जिम्मेवारी आएको उल्लेख गर्नु भयो । उहाँले त्यो चुनौतिलाई अवसरमा बदल्नका लागि नवनिर्वाचित साथीहरूलाई सीप र दक्षता प्राप्त होस भन्ने कामना गर्नुभयो ।
दुवै वडाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपाको गण्डकी प्रदेश संगठन विभागका सचिव सन्तोषी गौलीले शपथ खुवाउनु भएको थियो भने कार्यक्रमको सञ्चालन सोही विभागका सदस्य ज्ञानेन्द्र शर्माले गर्नु भएको थियो ।
वडानं– २ को वडा सभापतिमा पुनः भड्खले चयन :
सुन्दरबजार नगरपालिकामा ऐतिहासिक वडामध्येमा परिचित वडानं.– २ को अधिवेशनले हेमन्त भड्खलेलाई सभापति चयन गरेको छ । तदर्थ समितिको समेत सभापति रहनु भएको उहाँलाई सर्वसम्मत रुपमा सभापति चयन गरिएको हो ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूमा हेमन्त भड्खले सभापति, सुन्दर श्रेष्ठ उपसभापति, मिना श्रेष्ठ सचिव चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरूमा राजेश सेढाई, विनोदराज गौली, सीता पन्थ सेढाई, सुरेन्द्र श्रेष्ठ, धनबहादुर खड्का, संगीता मझाकोटी र चित्रबहादुर केसी हुनुहुन्छ ।
सो अवसरमा विगतमा वडानं– २ को कार्यकारी वडाध्यक्षका रुपमा समेत ४० महिना काम गरी अनुभव संगाल्नु भएका सो वडाका समावसेवी व्यक्तित्व जगतबहादुर खड्का, रामप्रसाद सेढाई, सीता खड्का लगायत दर्जन बढी व्यक्तित्वहरू विभिन्न पार्टी त्याग गरी रास्वपामा प्रवेश गर्नु भएको थियो । उहाँहरूलाई रास्वपाका प्रदेश संगठन विभाग सचिव सन्तोषी गौलीले टिका तथा रास्वपाका जिल्ला सभापति अशोक सापकोटाले पार्टीको लोगो पहिराउँदै उहाँहरूलाई स्वागत गर्नु भएको थियो ।
सोही कार्यक्रममा सूर्यबहादुर श्रेष्ठको संयोजकत्वमा वडास्तरीय र्याट विभागको समेत गठन गरिएको थियो । जसको सदस्यहरूमा गौतम विक, सूर्यबहादुर खड्का, बुद्धिबहादुर प्रधान र गोपिराम श्रेष्ठ रहनु भएको घोषणा गरिएको थियो ।
उक्त वडाको अधिवेशन पनि सुन्दरबजार नगरका सभापति विमल अधिकारीको अध्यक्षतामा बसेको हो । उहाँले आफ्नो समापन मन्तव्यमा सुन्दरबजार नगरपालिकामा जसरी संघीय सांसद निर्वाचनमा वडानं ११ बाहेकका वडामा हाम्रो पार्टीले अत्यधिक मत पायो, त्यो मतभन्दा अझ बढी प्रगति गर्नका लागि नयाँ समितिलाई जिम्मेवारी आएको छ भन्नुभयो । उहाँले यस वडाको हालै सम्पन्न निर्वाचन अघिको पहिचान नै बदल्ने गरी जसरी ८९५ मत आयो, त्योभन्दा पनि बढी मत आउँदा निर्वाचनमा आउने गरी काम गर्नु पर्ने बेला आएको र त्यो जिम्मेवारी आज नवनिर्वाचित साथीहरूमा छ, त्यसमा नगर समिति यहाँहरूलाई सहयोग गर्न हर क्षण तयार छ भन्नुभयो ।
सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपाका गण्डकी प्रदेश संगठन विभागका सचिव सन्तोषी गौलीले शपथ खुवाउनु भएको थियो भने कार्यक्रमको सञ्चालन सोही विभागका सदस्य ज्ञानेन्द्र शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ३, आईतवार २२:१५ गते
हजुरको प्रतिक्रिया