प्रमुख आमन्त्रित व्यक्तित्व उषा शेरचनले चेतन कार्कीद्वारा लिखित नाटक ‘आत्मा बेचेको छैन’को रिहलसल सानैमा लुकीलुकी हेरेको सम्झना गर्नु भयो । आफूले उहाँलाई दाइ भन्ने गरेकोमा ‘काका’ भन्नु पर्ने भनेर चेतन कार्कीले जिकिर गर्नु भएको स्मरण गर्नु भएको थियो ।
गीतकार एवम् समाजको कार्यसमिति सदस्य सुबासचन्द्र ढुंगेलले पिताजी नामले सम्बोधन गरिने चेतन कार्कीसँग पोखरा, हेटौंडा र देहरादून गएका दिनहरूको संस्मरण गर्दै उहाँका प्रमुख विशेषता बुँदामा प्रस्तुत गर्नु भएको थियो ।
जावलाखेल(ललितपुर)– वरिष्ठ सर्जक एवम् चलचित्र निर्देशक चेतन कार्कीको पाँचौं स्मृति विविध कार्यक्रमका साथ मनाइएको छ । यहाँ स्थित चेतन कार्की स्मृति समाजले संस्थाको सचिवालय तथा कार्कीको निजी निवासमा जेठ २ गते स्मृति दिवस मनाएको हो ।
प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार एवम् मुक्तककार उषा शेरचनको समुपस्थितिमा भएको कार्यक्रम संस्थाका अध्यक्ष मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख आमन्त्रित व्यक्तित्व उषा शेरचनले चेतन कार्कीद्वारा लिखित नाटक ‘आत्मा बेचेको छैन’को रिहलसल सानैमा लुकीलुकी हेरेको सम्झना गर्नु भयो । आफूले उहाँलाई दाइ भन्ने गरेकोमा ‘काका’ भन्नु पर्ने भनेर चेतन कार्कीले जिकिर गर्नु भएको स्मरण गर्नु भएको थियो ।
संस्थाका संरक्षक चेतन कार्कीको धर्मपत्नी श्रीमती गंगा कार्कीले चेतन कार्कीलाई विवाहपूर्व नै चिनेको र उहाँले आफूलाई देहरादूनमा विज्ञान पढाएको र पछि गुह्येश्वरीमा विवाह भएको संस्मरण गर्नु भएको थियो ।
यसैगरी, गायक डा किरण प्रधानले चेतन कार्कीसँग फिल्मी गीत र प्रहरीको लागि गीत गाउँदा सहकार्यको संस्मरण गर्नु भयो । फिल्म मायाप्रीतिको चोखो कथाको गीत मान्छे चढ्यो जूनमा कहिल्यै मदिरा नपिउने किरणले मदिरा पिएको कलाकारले लागि गीत गाउँनु चुनौती थियो । पहिला दाइले विश्वास गर्नु भएन । मैले गीत गाए राम्रो भयो अनि भाइ ‘भूइं नछोड्नु’ भनेको संस्मरण गर्नु भयो ।
पूर्व प्रशासक एवम् साहित्यकार खगराज बरालले आफू सानै हुँदा चेतन कार्कीले आफूलाई पढ्न लेख्न प्रेरित गरेको र प्रशासन सम्हाल्दा साहित्यमा रुचि भएको बेला मामा चेतन कार्कीसँग सल्लाह गरि पुस्तक प्रकाश गरेको र केही पुस्तकमा आशिर्वचन लिएको संस्मरण गर्नु भयो ।
चेतन कार्कीका भान्जा इन्जिनियर रामबहादुर कार्कीले मामाले पढ्न प्रेरित गरेको र पोखरामा भेट भएका दिनहरू संस्मरण गर्दै असाधारण व्यक्ति भएको र उहाँको जन्म गाउँ स्याङ्जा फेदीखोलामा उहाँको जीवनी पाठ्यसामग्रीमा समावेश गरिएको जानकारी दिनु भयो ।
गीतकार एवम् समाजको कार्यसमिति सदस्य सुबासचन्द्र ढुंगेलले पिताजी नामले सम्बोधन गरिने चेतन कार्कीसँग पोखरा, हेटौंडा र देहरादून गएका दिनहरूको संस्मरण गर्दै उहाँका प्रमुख विशेषता बुँदामा प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी, गायक दिवाकर खड्काले उतिबेलाको जावलाखेल र चेतन कार्कीको प्रसंगको संस्मरण गर्नु भयो । साहित्यकार भक्तबहादुर पण्डितले उहाँको छिमेकी भएकोमा गर्व गर्दै उहाँले धेरै मायासहित गाली नोकझोक भएकोसमेत संस्मरण गर्नु भयो ।
चेतन कार्कीको कनिष्ठपुत्र पंकज कार्की आफ्ना बुबा चेतन कार्कीलाई बुबा कै रूपमा देखेको भनाइ राखेर बुबालाई सम्झिएर लेखिएको कविता वाचन गर्नु भएको थियो ।
समाजका कार्यसमिति सदस्य, साहित्यकार एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले आफूले चेतन कार्कीलाई ‘चेतन चाचा’ भन्ने गरेको मुक्तकका मानक तयार गर्न सल्लाह लिएको र दिल्ली हुँदै देहरादून पुगेको साहित्यिक टोलीलाई गोर्खाली सुधार सभामा सभा सहित चेतन चाचाले सम्मान गर्नु भएको भुल्न नसकिने बताउनु भयो । उहाँले चेतन कार्कीको प्रसिद्ध मुक्तक ‘रुप होस् अभिमान नहोस् सम्भव नै छैन ……… , वाचन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष कलाकार मिथिला शर्माले सानैदेखि कला कर्ममा डोर्याउने चेतन कार्की आफ्नो गुरु भएको बताउनु भयो । गुरुको सम्मानमा पुरस्कार स्थापना गरेको र चेतन कार्कीलाई चेतन कार्की बनाउन प्रमुख भूमिका निर्वाह गर्नु हुने छाँया शक्ति भाउजू गंगा कार्कीको सम्मान गरिएको बताउनु भयो ।
साहित्यकार दिव्य गिरीले १५ वर्ष अगाडि मुक्तकको भूमिका लेख्न आउँदा परिचय भएको र त्यतिबेला देखि अत्यन्तै नजिक रहेर काम गर्दै आएको संस्मरण गर्नु भयो ।
गायिका गीता पाण्डे र गायिका रितु कँडेलले चेतन कार्कीद्वारा रचित कालजयी गीत बिनाबाजा गाउनु भएको थियो ।
समाजका महासचिव मुरारि सिग्देलले चेतन कार्कीकोसँग बिताएका दिनहरू सम्झदै उहाँको समयप्रति सचेत, अनुशासन, आत्मा नबेच्ने निष्ठा भएको सर्जकको निधन असामयिक भएको बताउँदै कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..