
बेसीशहर(लमजुङ)– मोटरसाइकलको निर्माता बजाज कम्पनीले पनि इलेक्ट्रिकल मोटरसाइकल (स्कुटर) निर्माण गरेको छ । उक्त कम्पनीको नयाँ उत्पादनको बजाज मोटरसाइकलको लमजुङको सदरमुकाम रहेको यहाँस्थित ‘आधिकारिक बिक्रेता ‘स्मार्ट अटो ट्रेड बजाज शो–रुम’ले अत्याधुनिक विद्युतीय (ईभी) स्कुटर ‘चेतक ३५०१’ जेठ ३ गतेदेखि सार्वजनिक गरेको छ ।
बेसीशहरमा उक्त स्कुटीको बुकिङ खुला गरिएको जानकारी दिइएको छ । सो स्कुटरको बजार मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको स्मार्ट अटो ट्रेड बजाज शो– रुमका सञ्चालक विनोद श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यसले सिंगल चार्जमा १५३ किलोमिटरको रेञ्ज प्रदान गर्ने छ । उहाँले भन्नुभयो, ‘यो स्कुटरमा फास्ट चार्जिङ प्रविधि रहेको छ, जसले मात्र ३ घण्टामा ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्छ ।’
उक्त स्कुटरको नयाँ फ्लोरबोर्ड ब्याट्री डिजाइन थप अर्को विशेषता श्रेष्ठले जानकारी दिनु भयो । जसका कारण इभी सेग्मेन्टमै सबैभन्दा ठूलो ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ, जसले प्रयोगकर्तालाई पर्याप्त स्पेस र आरामदायी यात्राको अनुभव दिन्छ ।
यो स्कुटरमा ३.५ किलोवाट आवर क्षमताको ब्याट्री जडान छ भन्ने जानकारी दिदै श्रेष्ठले भन्नुभयो, ‘नेपालको शहरी तथा पहाडी भौगोलिक बनोटलाई सुहाउँदो डिजाइनमा तयार गरिएको छ ।’
स्कुटरमा रिमोट इम्मोबिलाइजेशन, गाइड–मी–होम लाइट, जियो–फेन्सिङ, एन्टि–थेफ्ट (चोरी नियन्त्रण) र एक्सिडेन्ट डिटेक्सन (दुर्घटना पहिचान) जस्ता एड्भान्स्ड प्रविधिहरू समावेश छन् । आधुनिक प्रविधि, उत्कृष्ट रेञ्ज र किफायती मूल्यका कारण बजारमा यो नयाँ उत्पादनले ईभीप्रेमी ग्राहकको सहजै मन जित्ने विश्वास गरिएको स्मार्ट अटो ट्रेड बजाज शो– रुमका सञ्चालक विनोद श्रेष्ठले बताउनु भयो ।
‘पूर्ण मेटल बडी र आईपी ६७ वाटर–रेसिस्टेन्स प्रमाणित भएको समेत उहाँले उल्लेख गर्नुभयो । यो स्कुटरले नेपालको विविध र कठिन मौसममा पनि भरपर्दो प्रदर्शन गर्छ, यो स्कुटर फिचर्सका हिसाबले निकै प्रविधिमैत्री रहेको उत्पादक कम्पनीको दाबी छ ।
यसमा डिजिटल म्याप, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज र कल ह्यान्डलिङ सुविधासहितको स्मार्ट टीएफटी टचस्क्रिन कन्सोल राखिएको श्रेष्ठले बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘सुरक्षाका दृष्टिकोणले समेत यसमा उच्च सतर्कता अपनाइएको हुँदा रिक्स बढी छैन ।’ डाइमेन्सन तथा क्षमता अन्डर–सीट स्टोरेजः ३५ Litres, कर्ब वजनः १३४ पन, ग्राउन्ड क्लियरेन्सः १६८, सिट हाइटः ७७५ mm रहेको छ ।
त्यस्तै, स्मार्ट फिचरहरूमा डिस्प्लेः ५–इन्च स्मार्ट TFT टचस्क्रिन ब्लुटुथ कनेक्टिभिटी सहित छ भने एप इन्टिग्रेशनः Chetak App मार्फत डकुमेन्ट स्टोरेज, रिमोट इमोबिलाइजेसन तथा एन्टी–थेफ्ट अलर्ट गर्छ श्रेष्ठले उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नेभिगेसनः बिल्ट–इन म्याप इन्टिग्रेशन छ तथा अन्य फिचरहरूमा Keyless Entry, Find My Scooter तथा विभिन्न Riding Modes -TecPac एक्टिभेसन अनुसार हुनेछ ।
प्रकाशित मिति २०८३ जेष्ठ ५, मंगलवार ०८:३१ गते