रास्वपाको काठमाडौं महानगर अधिवेशन जेठ १८ गते : जिल्ला सभापतिको उम्मेदवार बन्न ५ हजार शुल्क

रास्वपाको काठमाडौं महानगर अधिवेशन जेठ १८ गते : जिल्ला सभापतिको उम्मेदवार बन्न ५ हजार शुल्क

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ६ गते बिहिबार ०९:०४

कार्यविधि अनुसार जिल्ला अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिहरूमा जिल्ला समितिका पदाधिकारीहरू सबै, जिल्लाको संरचना अन्तर्गत रहेका सल्लाहकार परिषद्, अनुशासन आयोग, विभाग, र्याट, सम्पर्क विभाग, निर्वाचन क्षेत्रको समिति जिल्ला अधिवेशनका प्रतिनिधि हुने भएका छन् ।

कार्यविधि अनुसार उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षलाई पनि समान ५ हजार र सदस्यलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन क्षेत्र उपसंयोजक र सचिवको उम्मेदवारले एक हजार शुल्क बुझाउनु पर्दछ भने सदस्यका लािग पाँच सय रुपैयाँ तोकिएको छ ।

काठमाडौं– रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशनको निर्णय गरेको हो । रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुचारु गरिसकेको छ ।
पार्टी केन्द्रले वडा र पालिकाको ३० प्रतिशत अधिवेशन गरेर उपल्लो तहको अधिवेशन गर्न सकिने निर्णय गरेसँग पालिकाको अधिवेशन सहज भएको बताइएको छ । तर काठमाडौं महानगरका शतप्रतिशत वडाको अधिवेशन हुने भएको छ ।
काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको महानगरका रास्वपा संयोजक शशि पन्तले बताउनु भयो । उहाँका अनुसार, २६ नम्बर वडाको अधिवेशन बाँकी रहेको छ । उहाँले भन्नुभयो, ‘महानगरका सबै वडाको अधिवेशन सकेर जेठ १८ गते महानगरको समितिका लागि अधिवशेन हुने तयारी छ । महानगरको अधिवेशनको मिति निश्चित गरिसकेका छौं ।’
जिल्ला सभापतिको उम्मेदवार बन्न ५ हजार शुल्क :
यसैबीच, रास्वपाले जिल्ला समितिका उम्मेदवारका लागि सभापतिलाई ५ हजार रुपैयाँ शुल्क तोकेको छ । जिल्ला अधिवेशन कार्यविधि अनुसार जिल्ला सभापतिको उम्मेदवारको शुल्क ५ हजार तोकिएको हो । जिल्ला अधिवेशन यही जेठको २३ र २४ गते गर्ने निर्णय गरेको छ ।
कार्यविधि अनुसार उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षलाई पनि समान ५ हजार र सदस्यलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन क्षेत्र उपसंयोजक र सचिवको उम्मेदवारले एक हजार शुल्क बुझाउनु पर्दछ भने सदस्यका लािग पाँच सय रुपैयाँ तोकिएको छ ।
रास्वपाको विधानमा जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव १÷१ जना हुने व्यवस्था छ । सम्बन्धित जिल्लामा बाहुल्य भएको जातीय क्लष्टर, दलित सदस्य र प्रतिनिधि सभा क्षेत्रबाट १÷१ सदस्य निर्वाचित हुनेछन् । जिल्ला समितिका लागि थप तीन जना सदस्य हुनेछन् ।
जिल्ला समिति विजोर अंक हुने गरी कार्यसमितिमा सभापतिले २ वा ३ जना मनोनित गर्ने अधिकार दिइएको छ । जिल्ला समितिमा पालिका सभापतिहरू पदेन सदस्य हुने व्यवस्था राखिएको छ । जिल्ला अधिवेशनका लागि तोकिएका थप प्रतिनिधिहरूमा पालिका समिति, जनप्रतिनिधि, प्रदेश सभा समिति अन्तर्गत रहेका सबै संरचनाका सदस्य लगायत जिल्ला अधिवेशनका प्रतिनिधि हुनेछन् ।
कार्यविधि अनुसार जिल्ला अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको सुनिश्चित गरिएको छ । जिल्ला समितिका सबै पदाधिकारी जिल्ला अधिवेशनका प्रतिनिधि हुनेछन् । जिल्लाको संरचना अन्तर्गत रहेका सल्लाहकार परिषद्, अनुशासन आयोग, विभाग, र्याट, सम्पर्क विभाग, निर्वाचन क्षेत्रको समिति जिल्ला अधिवेशनका प्रतिनिधि हुने भएका छन् ।
आउँदो असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशनको मिति तय गरेको रास्वपाले जेठ २३ र २४ गतेका लागि जिल्ला अधिवेशन तोकेको हो ।

प्रकाशित मिति २०८३ जेष्ठ ७, बिहीबार २१:०४ गते
हजुरको प्रतिक्रिया