सांसद धर्मराज केसीद्वारा सर्बोदय सेवाश्रम धर्मनाथ धाम अबलोकनका साथ आश्रमका बाबा आमाहरूलाई फलफूल वितरण

सांसद धर्मराज केसीद्वारा सर्बोदय सेवाश्रम धर्मनाथ धाम अबलोकनका साथ आश्रमका बाबा आमाहरूलाई फलफूल वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ११ गते मङ्गलबार ०८:२५

उक्त अवलोकन भ्रमणपछि सांसद केसीले सर्वोदय सेवाश्रमले मानवीय सेवा, प्रकृति, संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सो अवसरमा अध्यक्ष कृष्णराज ओलियाले संस्थाको योजना सहितको माग पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो ।

पाउँदी(लमजुङ)– सांसद धर्मराज केसीद्वारा सर्बोदय सेवाश्रम धर्मनाथ धाम अबलोकनका साथ आश्रमका बाबा आमाहरूलाई फलफूल बितरण गर्नु भएको छ । लमजुङ जिल्लाका प्रतिनिधि सभा सदस्य एवम् सांसद धर्मराज केसीले गृह जिल्लामा आएर काठमाडौं फर्कने बेलामा जेठ ११ गते आश्रमको अवलोकन गर्नु भएको हो ।
उहाँले सर्बोदय सेवाश्रम, यहाँ स्थित धर्मनाथ धाम, गौलाशा आदिको अबलोकन गर्नुका साथै आश्रममा रहनु भएका बाबा आमाहरूलाई फलफूल बितरण गर्नु भयो । सो अवसरमा उहाँले आश्रममा रहेका सबै संरचनाहरू (निर्माण सम्पन्न भएका र निर्माणाधिन) जेष्ठनागरिक ग्राम, आरोग्य ग्राम, आध्यात्मिक बगैंचा, योग ध्यान हल, करेसाबारी, गौशाला अबलोकन गरि आश्रम कै उत्पादन मोही पिएर सर्वोदय सेवाश्रममा आश्रम हातामा सञ्चालकहरूले गरेका उपलब्धि र भावि योजनाका बारेमा जानकारी लिनु भएको थियो ।
सो अवसरमा अध्यक्ष कृष्णराज ओलियाले संस्थाको योजना सहितको माग पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो ।
उक्त अवलोकन भ्रमणपछि सांसद केसीले सर्वोदय सेवाश्रमले मानवीय सेवा, प्रकृति, संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद केसीका साथमा रास्वपाको श्रम तथा उपभोक्ता विभागका केन्द्रीय सदस्य कृष्णहरि अधिकारी, सांसद केसीका निजी सचिव निर्मल केसी, पत्रकार एवम् रास्वपा सुन्दरबजारका केन्द्रीय प्रतिनिधि प्रदीप पोखरेल, समाजसेवी श्रीराम पोखरेललगायत सहभागी हुनुहु्न्थ्यो ।
सांसद केसीले आश्रमको अवलोकन गर्नु हुँदा आश्रमका उपाध्यक्ष सुकदेव रिसाल, कोषाध्यक्ष भुमिनन्दन तिमिल्सिना, संचार संयोजक लक्ष्मीप्रसाद मिश्र, योग तथा प्राकृतिक चिकित्सा संयोजक ऋषिराम ज्ञवाली लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ १२, मंगलवार ०८:२५ गते
हजुरको प्रतिक्रिया