भगवती शाही स्मृति स्तम्भ उद्घाटन कार्यक्रमको फोटो फिचर

भगवती शाही स्मृति स्तम्भ उद्घाटन कार्यक्रमको फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १२ गते बुधबार ०६:२०

तुर्माखाँद– ४ नागपर्वत अछाममा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बताउनु भयो । उहाँकै अध्यक्षतामा भएको कार्यक्रमको समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गर्नु भएको थियो ।

प्रमुख अतिथि बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुभयो ।

अछाम– बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृति स्तम्भ उद्घाटन भएको छ ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको जेठ १२ गते उद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथि बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।
तुर्माखाँद– ४ नागपर्वत अछाममा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहले बताउनु भयो ।
उहाँकै अध्यक्षतामा भएको कार्यक्रमको समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, समितिका पदाधिकारी, सदस्यहरूको सहभागिता रहेको थियो । प्रस्तुत छ, उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८३ जेष्ठ १३, बुधबार ०६:२० गते
हजुरको प्रतिक्रिया