रास्वपा बेसीशहर नगरको आठ नं वडासमितिद्वारा समवेदना व्यक्त

रास्वपा बेसीशहर नगरको आठ नं वडासमितिद्वारा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १३ गते बिहिबार ०७:३१

मानव सिंह ठकुरीकी ममतामयी आमा सीतासिंह ठकुरीको ७९ वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारणले निधन भएको थियो । उहाँमा क्यान्सर रोगको पहिचान पछिल्ला सात महिनाअघि भएको थियो । क्यान्सरजस्तो जघन्य रोगसँग पैठेजोरी खेल्दै आउनुभएकी उहाँको यही जेठ ३ गते निधन भएको हो ।

रास्वपा टोलीले उक्त समवेदना पत्र स्वर्गीय सीतासिंह ठकुरीका छोरा मानवसिंह ठकुरी र छोरी सविनालाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।

बेसीशहर(लमजुङ)– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को वडानं– ८ को वडासमितिद्वारा समवेदना व्यक्त गरिएको छ । सो वडाको सेरा बजार निवासी आफ्नो पार्टीका शुभचिन्तक मानव सिंह ठकुरीको निवासमा पुगेर उहाँकी ममतामयी आमा सीतासिंह ठकुरीको निधनमा दुःख व्यक्त गर्दै जेठ १४ गते समवेदना व्यक्त गरेको हो ।
मानव सिंह ठकुरीकी ममतामयी आमा सीतासिंह ठकुरीको ७९ वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारणले निधन भएको थियो । उहाँमा क्यान्सर रोगको पहिचान पछिल्ला सात महिनाअघि भएको थियो । क्यान्सरजस्तो जघन्य रोगसँग पैठेजोरी खेल्दै आउनुभएकी उहाँको यही जेठ ३ गते निधन भएको हो ।
रास्वपाको सोही वडाका सचिव रामहरी श्रेष्ठको नेतृत्वमा एक टोली समवेदना र श्रद्धाञ्जली व्यक्त गर्न मानवसिंहको निवासमा पुगेको थियो । सो टोलीमा रास्वपाको गण्डकी प्रदेशको उद्योग वाणिज्य विभागका सदस्य ध्रुव ढकाल, रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, रास्वपाका जिल्ला सदस्य मीना खड्का, सोही वडाका सदस्य राजीराम रावललगायतको टोली गएको हो ।
सो टोलीले स्व. सीतासिंह ठकुरीको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको थियो । रास्वपाको सोही वडा समितिकोतर्फबाट तयार गरिएको समवेदना पत्रमा रास्वपाका जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले वाचन गरेर सुनाउनु भएको थियो । त्यसपछि रास्वपा टोलीले उक्त समवेदना पत्र स्वर्गीय सीतासिंह ठकुरीका छोरा मानवसिंह ठकुरी र छोरी सविनालाई संयुक्त रुपमा हस्तान्तरण गरेको थियो ।
स्व. सीतासिंह ठकुरीका छोरा एकमात्र मानवसिंह ठकुरी हुनुुहुन्छ । त्यस्तै छोरीहरू तारा, गीता, रीता, दिव्या, मीना, बविता र सविना हुनुहुन्छ ।
स्मरणीय छ, स्व. सीतासिंह ठकुरीकी कान्छी छोरी सविना अविवाहित हुनु भएको हुँदा उहाँले पनि दाजुको साथमाराजुसरहनै दुःख बोक्दै आमाको काजक्रियामा सरिक हुँदै आउनु भएको छ ।

प्रकाशित मिति २०८३ जेष्ठ १४, बिहीबार १९:३१ गते
हजुरको प्रतिक्रिया