
सिउँडीबार(लमजुङ)– लमजुङका कश्यप गोत्रीय अधिकारी बन्धुहरू फेरि एक पटक वंश उत्थानका लागि जुर्मुराएका छन् । कश्यप गोत्रीय अधिकारी बन्धु समाजको जिल्ला समिति लमजुङ÷रुपाकोटको बैठकले जेठ १४ गते त्यस्तो निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष प्रकाशचन्द्र अधिकारीको अध्यक्षतामा बसको बैठकमा समाजको केन्द्रीय सचिवलाय सदस्य नवराज पहाडीको विशेष उपस्थिति थियो । सो भेलाले विगतका वर्षझैं वार्षिक रुपमा गर्ने साधारण सभा सहितको जिल्ला भेला र वनभोज कार्यक्रम यही जेठ २९ गते यसै क्षेत्रको धारापानीमा गर्ने निर्णय गरेको समाजका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार समाजका नाउँमा प्राप्त घडेरीमा भवन निर्माणका लागि विभिन्न समिति गठन गरिएको छ ।
जग्गा व्यवस्थापन एवम् भवन निर्माण उप–समिति गठन :
उहाँले भन्नुभयो, ‘जग्गा व्यवस्थापन एवम् भवन निर्माण उप–समिति गठन गरिएको छ ।’ सो समितिमा क) संयोजक : कृष्णकान्त अधिकारी, सुन्दरबजार– ९, भोटेओडार, ख) सहसंयोजक द्वयमा दिनेशवावु अधिकारी, सुन्दरवजार– ९, भोटेओडार र सहसंयोजक ः सरीता घिमिरे सुन्दरबजार– ९, भोटेओडार चयन हुनु भएको छ । त्यस्तै सो समितिको सदस्यहरूमा तिर्थराज अधिकारी सुन्दरबजार– ९, भोटेओडार, रामकृष्ण अधिकारी सुन्दरबजार– ९, भोटेओडार, भिष्मकान्त अधिकारी सुन्दरबजार– ९, भोटेओडार, धारापानी र कमल अधिकारी भानु– ११, रूपाकोट तनहुँ रहनु भएको छ ।
प्राविधिक उप–समिति :
भवन निर्माणकै क्रममा गठित प्राविधिक उप–समितिमा संयोजक : रामशरण अधिकारी सुनपा– ९, भोटेओडार चयन हुनु भएको छ भने सदस्यद्वयमा केशव अधिकारी, बेसीशहर– १, उदिपुर र पंकज अधिकारी, भानु– ११, रूपाकोट रहनु भएको छ ।
भवन निर्माणका लागि आर्थिक व्यवस्था उप–समिति गठन :
यसैगरी, भवन निर्माणका लागि आर्थिक श्रोत जुटाउन आर्थिक व्यवस्था उप–समिति ७५ सदस्यीय गठन गरिएको छ । जसमा संयोजक : दामोदर अधिकारी सुन्दरबजार– १०, धुसेनी तथा सहसंयोजक : प्रतिष्ठानका निवर्तमान जिल्लाअध्यक्ष तुलसी विकास अधिकारी भानु– ११, रूपाकोट रहनु भएको छ । 
यसैगरी, सदस्यहरूमा मुक्तिनाथ अधिकारी सुन्दरबजार– ६, सूर्यकान्त अधिकारी सुन्दरबजार– ७, नवराज अधिकारी सुन्दरबजार– ९, रामचन्द्र अधिकारी सुन्दरबजार– ४, विश्वप्रसाद अधिकारी बेसीशहर– १, उपेन्द्र अधिकारी, मध्यनेपाल– २, सोतीपसल, शिवराज अधिकारी मध्यनेपाल– १, टक्सार, कृष्णभद्र अधिकारी दोर्दी – ४, गोपालकृष्ण अधिकारी दोर्दी– ४, कृष्ण अधिकारी दोर्दी– १, भारते, रामशरण अधिकरी सुनपा– ९, भोटेओडार, रमेशचन्द्र अधिकारी सुन्दरबजार– ३, हाल काठमाडौं, पार्वता अधिकारी, सुन्दरबजार– ५, खहरे, रामशरण अधिकारी, सुन्दरबजार– ९, भोटेओडार, सुरेश अधिकारी सुन्दरबजार– ९, भोटेओडार रहनु भएको छ ।
सो समितिको अन्य सदस्यहरूमा कृष्णहरी अधिकारी सुन्दरबजार– ६, सुन्दरबजार, करुण अधिकारी सुनपा– ४, दुराडाँडा, सुवास अधिकारी बेसीशहर (सप्तरङ्गी आर्ट), गोपाल अधिकारी राइनास– ८, हर्रावोट, प्रमोद अधिकारी राइनास– १, साहिलीटार, विनोद अधिकारी, अधिकारी सुनपा– ९, सिउडीवार, निर्मल अधिकारी सुनपा– ६, ठाँटीचौर, विष्णुप्रसाद अधिकारी, सुन्दरबजार– ७, सहकाले, ई. महेन्द्र अधिकारी, सुनपा– ३, दुराडाँडा हाल : काठमाडा, कृष्णहरी अधिकारी सुनपा– ८, भोटेओडार, ऋषिराम अधिकारी दोर्दी– १, भारते, शिवप्रसाद अधकारी, दोर्दी– २, अर्चलबोट, गणेश अधिकारी धमिलीकुवा– १, राइनस, रामचन्द्र अधिकारी दोर्दी– १, भारते, डा माधवप्रसाद अधिकारी दोर्दी– १, भारते हाल अमेरिका, विजय प्रकाश अधिकारी भानु– ११, तनहुँ, राजेन्द्र अधिकारी दोर्दी– १, भारते, लक्ष्मी अधिकारी दोर्दी– १, भारते, वडाध्यक्ष, कृष्णप्रसाद अधिकारी सुनपा– ४, दुराडाँडा बडाअध्यक्ष, तेजनारायण, दोर्दी– १, भारते, परमेश्वर अधिकारी सुनपा– ६, ठाँटीचौर, मायानाथ अधिकारी, दोर्दी– १, भारते (प्र.अ भविष्य निर्माण मा.वि), रामबाबु अधिकारी, सुनपा– ३, दुराडाँडा रहनु भएको छ ।
त्यस्तो उक्त आर्थिक व्यवस्थापन समितिका अन्य सदस्यहरूमा रविकान्त अधिकारी, सुनपा– ३, दुराडाँडा, तेजनाथ अधिकारी, सुनपा– ३, दुराडाँडा, शरदकान्त अधिकारी, सुनपा– ३, दुराडाँडा, भरतकान्त अधिकारी, सुनपा– ३, हाल : चितवन, रविकान्त अधिकारी, सुनपा– ३, दुराडाँडा, दयाराम अधिकारी, सुनपा– ३, दुराडाँडा, हाल : अमेरिका, हरिकृष्ण अधिकारी, सुनपा– ४, दुराडाँडा, हाल : अमेरिका, डा. जीवन अधिकारी, सुनपा– ३, दुराडाँडा, हाल : काठमाडौं, डा. प्रतीक अधिकारी, सुनपा– ३, दुराडाँडा, हाल : काठमाडा, देशबन्धु अधिकारी, सुनपा– ३, दुराडाँडा, हाल : काठमाडौं, रामबाबु अधिकारी, सुनपा– ४, दुराडाँडा, हाल : काठमाडौं, प्रकाश अधिकारी, सुनपा– ३, दुराडाँडा, हाल : बेलायत, भवानी अधिकारी, सुनपा– ४, दुराडाँडा, हाल ः काठमाडौंलगायत हुनुहुन्छ । सो बैठकले भवन निर्माणका लागि कम्तिमा १० हजार रुपैयाँ प्रदान गर्न सक्ने दुई सय परिवारको पहिचान गर्ने निर्णय गरेको छ । 
जग्गादाता बन्धुहरूलाई विशेष धन्यवादका साथ सम्मान गर्ने निर्णय :
सम्पन्न बैठकले जग्गादाता लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका– ९ भोटेओडार निवासी दिनेशवावु अधिकारीबाट सोही वडामा रहेको कि.नं. ३२३२ बाट ०–४–०– २ रोपनी र सुन्दरबजार नगरपालिका– ९ भोटेओडार निवासी सुरेशवावु अधिकारीबाट सोही वडामा रहेको कि.नं. ३२३३ बाट ०–४–०–२ रोपनी जग्गा उहाँको पिता प्रकाशचन्द्र अधिकारीको सहमतिमा कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला समितिलाई प्रदान गर्नु भएकोमा जग्गादाता वन्धुहरू र सपरिवारमा प्रतिष्ठानकोतर्फबाट हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्ने र आउँदो जिल्ला भेलामा सम्मान निर्णय गरिएको समेत जिल्ला सचिव गोविन्दले बताउनु भएको छ ।
बैठकले गरेको अन्य निर्णयमा २०८२ मा सम्पन्न गर्नु पर्ने जिल्ला भेला एवं वनभोज कार्यक्रम विशेष कारणवस २०८२ भित्र सम्पन्न गर्न नसकेको अवस्थामा उक्त कार्यक्रम यही जेठ २९ गते सुन्दरबजार नगरपालिका– ९ भोटेओडार स्थित धारापानीमा गर्ने निर्णय गर्दै वार्षिक एवं जिल्ला भेलाको अवसरमा विगद वर्षहरूमा गरिंदै आएका सम्मानका कार्यक्रमहरूलाई दिने निर्णय गरिएको छ ।
जिल्ला साधारण सभा व्यवस्थापन उपसमिति :
प्रतिष्ठानको जिल्ला साधारण सभालाई व्यवस्थित रुपमा सम्पन्न गराउन कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिको संयोजक : सूर्यकान्त अधिकारी, अध्यक्ष, हर्कडेन वंश प्रतिष्ठान तथा सदस्यहरूमा नवराज अधिकारी भोटेओडार, श्रीराम अधिकारी, वालुने, मनोज अधिकारी, भोटेओडार, सरीता घिमिरे अधिकारी, भोटेओडार, राजेन्द्र अधिकारी, पैह्रे र सीता श्रधिकारी, सिँउडीवार रहनु भएको छ ।
प्रकाशित मिति २०८३ जेष्ठ १४, बिहीबार २२:३४ गते