
बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको जिल्ला सल्लाहकार परिषद विस्तार गरिएको छ । परिषदका जिल्ला संयोजक नवराज पहाडीले परिषद जेठ १४ गते विस्तार गर्नु भएको हो ।
यसअघि सात सदस्यीय रहेको समितिलाई विस्तार गरेर १५ सदस्यीय बनाएको संयोजक पहाडीले जानकारी दिनु भएको छ । उहाँका अनुसार विस्तारित समितिको सचिवमा सूर्यप्रसाद भट्ट(तीनपिप्ले), सदस्यमा हरिनिधि तिवारी(चिति), सुजिता बसेल(कुन्छा), बुद्धिबहादुर गुरुङ(भोर्लेटार), कृष्णकुमार श्रेष्ठ(बिचौर) र गंगा घिमिरे(बहुनडाँडा) हुुनुहुन्छ ।
परिषद गठन हुदा सचिवको जिम्मेवारीमा रहनु भएका बाबुराम अधिकारी जिल्ला संगठन विभागको प्रमुख हुनु भएको हुँदा सो रिक्त स्थानमा पनि पद पूर्ति गरिएको संयोजक पहाडीले बताउनु भएको छ । उहाँका अनुसार यसअघिको मौजुदा समितिमा सहसंयोजक ठाकुरप्रसाद सुवेदी(सिम्पानी) तथा सदस्यहरूमा लक्ष्मीप्रसाद तिमिल्सिना(बेसीशहर), माधव थापा(चण्डीस्थान), नन्दबहादुर गुरुङ(कुडुले), कुशबहादुर गुरुङ(लामा गाउँ), सेतीमाया तामाङ(बाझाखेत), नवीन पाण्डे(सातबीसे), सर्वजीत घले(हिलेबेसी) रहनु भएको थियो ।
परिषदका रहनु भएका सबैलाई बधाई दिदै पार्टीको हितमा थप क्रियाशील हुनुहुने अपेक्षा गरिएको परिषदका संयोजक पहाडीले उल्लेख गर्नु भएको छ ।
प्रकाशित मिति २०८३ जेष्ठ १५, शुक्रबार १५:४५ गते