बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङका दुई नगरमा अविधेशन सम्पन्न भएको छ । तीमध्ये राइनास नगरपालिकामा निर्विरोध समिति चयन भएको हो भने अर्को मध्यनेपाल नगरपालिकाको सभापति पदमा मात्र जेठ १७ गते निर्वाचन भएको हो ।
राइनासमा धनबहादुर गुरुङ निर्विरोध सभापति :
जिल्लाको पूर्वदक्षिण क्षेत्रमा रहेको राइनास नगरपालिकामा धनबहादुर गुरुङ निर्विरोध सभापतिमा चयन हुनु भएको छ । उहाँ तदर्थ समितिको पनि सभापति हुनुहुन्थ्यो । सो नगरमा उपसभापति सचिव सहसचिव चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा हुनुहुन्छ ।
सो अधिवेशनको रास्वपाका गण्डकी प्रदेशका सचिवालय सदस्य हरि धितालले उदघाटन गर्नु भएको हो । यहाँले समसामयिक राजनीतिका बारेमा प्रकाश पार्दै नयाँ राजनीतिक चेतनाको विकास गर्नु पर्ने बताउनु भयो । उहाँले हामीले बैचारिक बहसलाई प्राथमिकता दिदै त्यस्ता सीपको विकास गर्न जरुरी छ भन्नुभयो ।
सो अवसरमा सो नगरको निर्वाचन अधिकृतसमेत रहनु भएकी रास्वपा गण्डकी प्रदेशका सचिव सन्तोषी गौलीले निर्वाचनमा आचारसंहितासहित प्रक्रियाका साथ पदहरूका बारेमा जानकारी दिनु भएको थियो ।
सो अवसरमा शुभकामना व्यक्त गर्नु हुनेमा प्रदेशको संगठन विभागका सदस्य ज्ञानेन्द्र शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । राइनास नगरपालिकाको सभाहलमा भएको उक्त अधिवेशन सभापति धनबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । उहाँले राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले नगरपालिकाको वडानं १, २ र १० मा अधिवेशन हुन बाँकी रहेको र अन्य सबै वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभएको थियो ।
रास्वपाका नगर सचिव शुभनाथ चिलुवालले सञ्चालन गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष हरिकला पन्तले स्वागत गर्नु भएको थियो ।
नवनिर्वाचित सभापति गुरुङको चिनारी :
सोही नगरपालिका– ९ को कुडुले गाउँ निवासी टकबहादुर गुरुङ र आमा निरमाया गुरुङको साहिलो सुपुत्रका रुपमा उहाँको जन्म सोही गाउँमा भएको हो । सोही गाउँमा बाल्यकाल बिताउनु भएका उहाँले सोही स्थानमा रहेको जनता माविमा अध्ययन गर्नु भई एसईई उतीर्ण गर्नु भएको हो । लमजुङकै भोटेओडार स्थित भक्ति नमूमा माविबाट प्लस टु उतीर्ण गर्नु भएका उहाँले सोही स्थानको भक्ति आदर्श क्याम्पसबाट व्याचलर उतीर्ण गर्नुभयो ।
काठमाडौंको पशुपति क्याम्पसबाट नेपाली साहित्यमा एमए गर्नु भएका उहाँले आफूलाई नेपालको शैक्षिक आन्दोलनको श्रीबृद्धिमा झण्डै दुई दशकदेखि आफूलाई समर्पित गर्दै आउनु भएको छ । कुनै दिन प्रौढ शिक्षाको निरीक्षकसमेत हुनुभएको उहाँले गाउँका रहेको कालिका युवा क्लबको अध्यक्ष समेतको अनुभव हासिल गर्नु भएको थियो ।
उदघोषणकालमा समेत निपूर्ण उहाँले २०५४ सालदेखि विद्यार्थी राजनीतिमा पनि आफूलाई सक्रिय गराउँदै आउनु भएको थियो । २०६६ सालदेखि शैक्षिक जागरण अभियानमा प्रत्यक्ष जोडिनु भई आफ्नै विद्यालयको गुरुङ प्रचार्यसमेत रहनु भएको छ ।
पछिल्ला वर्षमा समयको माग अनुसार गठिन राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध उहाँ राइनास नगरपालिकाको यसअघिको (तदर्थ) समितिको पनि उहाँ संयोजक हुनुहुन्थ्यो । यसप्रकार उहाँनै आज सम्पन्न सो नगरको पहिलो अधिवेशनबाट निर्विरोध निर्वाचित सभापति बन्न सफल हुनु भएको हो ।
सो नगरको सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद, नाम र वडानं– क्रमशः दिइएको छ । उपसभापति अर्चना खड्का– ४, सचिव बासु पाठक– ६, सहसचिव संगीता परियार–५ तथा सदस्यहरूमा हरीकला पन्थी– ३, जीवनराज घिमिरे– २, सुरेश रानाभाट– ८, दिलबहादुर तिवारी– ५, रामजी बास्कोटा– ३, मेनुका थापा– ३, अनिल प्रसाद कट्टेल– ३, सरिता ढुंगेल– ७, दुर्गा प्रसाद पराजुली– ४ हुनुहुन्छ ।
यसैगरी, जिल्ला प्रतिनिधिहरूमा महेश अधिकारी– २, शर्मिला बिक– ९, विनोद चिलुवाल– ६ हुनुहुन्छ भने प्रदेश प्रतिनिधिहरूमा सन्दीप पाण्डे– ५ चयन हुनु भएको निर्वाचन संयोजक सन्तोषी गौलीले बताउनु भएको छ । उहाँका अनुसार यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमा शुभनाथ चिलवाल राइनास– ६ र ओमबहादुर गुरुङ राइनास– ९ चयन हुनुभएको छ ।
मध्यनेपालमा सभापति तीर्थराज पराजुली सर्वाधिक मतका साथ निर्वाचित :
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को मध्यनेपालमा सभापति तीर्थराज पराजुली सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको छ ।
आज निर्वाचित हुनेहरूको पद, नाम र वडानं क्रमशः सभापति तीर्थराज पराजुली– ४, उपसभापति चाइना गुरुङ– ६, सचिव दीपेन्द्र श्रेष्ठ– ४, सहसचिव चन्द्रकला घिमिरे– ७ चयन हुनु भएको छ । यसैगरी, सदस्यहरूमा उषा रानाभाट– ९, सन्देश कुमाल– ४, कृष्णप्रसाद बगाले– ३, रक्षा थापा– ६, रमेश श्रेष्ठ– ६, पोषकराज अधिकारी– ४, सम्झना विक– ७, सरिता आचार्य– ७ र दीपक थापा– १ बाट चयन हुनुभएको छ ।
जिल्ला प्रतिनिधिहरूमा राधाकृष्ण घिमिरे, लालबहादुर बस्नेत, डम्बरबहादुर थापा र अञ्जु भट्टराई चयन हुनु भएको छ । त्यस्तै, प्रेदश अधिवेशन प्रतिनिधिहरूमा होमराज गिरी, जीवनाथ पौडेल तथा महाधिवेशन प्रतिनिधिहरूमा तोयराज अधिकारी र पूर्णचन्द्र पोखरेल चयन हुनुभएको जानकारीमा आएको छ ।
मध्यनेपालका नवनिर्वाचित सभापति पराजुलीको संक्षिप्त चिनारी :
रास्वपा मध्यनेपाल नगरपाकिलाका नवनिर्वाचित सभापति पराजुलीको जन्म सोही नगरपालिका– ५ को पराजुलीबेसीमा २०११ मंसिर ५ गते जन्मिनु भएको हो । बाबा मुक्तिनाथ पराजुली र आमा चन्द्रकला पराजुलीका कान्छा सुपुत्रका रुपमा उहाँको जन्म भएको हो । उहाँधका दुई दाजु हुनुहुन्छ । एक बहिनीका धनी उहाँले सोही नगरपालिका चिसंकुमा निर्मलाका साथमा २०३१ सालमा शुभविवाह गर्नु भएको हो । उहाँ दम्पतीका सन्तानमा दुई छोरा तथा एक नाती छन् ।
ईशानेश्वर मावि भोर्लेटारबाट एसएलसी उतीर्ण गर्नु भएका उहाँले आइए र विए पृथ्वीनारायण क्याम्पस पोखराबाट उतीर्ण गर्नु भएका उहाँले विएड महेन्द्र रत्न ताहाचाल, काठबाडौंबाट गर्नु भएको हो ।
सुरुका दिनमा खानी तथा भूगर्म विभागमा २०३५ देखि ३८ वर्षसम्म स्थायी सुब्बा हुनु भएर सेवा गर्नु भएका उहाँ २०३९ देखि २०३५ देखि भैरवकाली मावि, त्यसपछि महेन्द्रज्योति शिसाघाटमा मावि तहमा शिक्षण गर्नु भयो । सो क्रममा शिक्षण सेवा गर्न १३ बर्षसम्म मा.वि.मा प्रधानाध्यापक रहनु भएका उहाँ सोही पदबाट २०७१ मा निवृत्त हुनु भएको हो । २०७३ भविष्य निर्माण बोर्डिङ दुईपिप्ले, लमजुङको संस्थापक उहाँ २०८० देखि निर्देशकका रुपमा सेवा गदै हुनुहुन्छ ।
शिक्षण कार्यमा रहदा उहाँले शिक्षक संघ तनहुँको सल्लाहकार, सोही जिल्लाका शिक्षक युनियनको सदस्य रहेर योगदान गर्नु भएको थियो भने पछि एनप्याब्सनको तनहुँको जिल्ला सदस्यजस्ता पदमा रहेका सेवाका काम गर्दै आउनु भएको हो ।
सालिन व्यक्तित्वका धनी पराजुली समाजका लागि केही सकारात्मक योगदान दिनु पर्छ भन्दै अहोरात्त चिन्तनशील रहनु हुन्छ । बैशाख २९ गतेबाट रास्वपा प्रवेश गर्नु भएका उहाँ २०८२ मंसिर ३ गतेदेखि नगर तदर्थ समितिको सभापति चयन हुनुभएको थियो ।
आज जेठ १७ गते भएको नगर अधिवेशनबाट सूर्यबहादुर अधिकारीले १० मत पाउनुभएको थियो । त्यसका बिरूद्ध पराजुलीले ७३ मत ल्याई विजयी हुनु भएको हो । सो निर्वाचनमा ८४ मत खसेकोमा एक मत बदर भएको थियो ।
प्रकाशित मिति २०८३ जेष्ठ १७, आईतवार २२:३६ गते