नेविसंघको केन्द्रीय अध्यक्षमा ससर्त करुणा नियुक्त

नेविसंघको केन्द्रीय अध्यक्षमा ससर्त करुणा नियुक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १७ गते सोमबार ०७:१०

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेविसंघको अध्यक्ष पदमा कटुवाललाई नियुक्त गरिएको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्ष पदमा नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले बताउनु भयो ।

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष पदमा करूणा कटुवाललाई ससर्त नियुक्त गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापाले जेठ १८ गते नियुक्त गरेको खुलासा भएको छ ।
कटुवाल धनकुटाकी हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्ष पदमा नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले बताउनु भयो । उहाँका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेविसंघको अध्यक्ष पदमा कटुवाललाई नियुक्त गरिएको छ ।
दुलालले भन्नुभयो, ‘तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहितको सर्त कटुवाललाई जिम्मेवारी दिइएको छ ।’

प्रकाशित मिति २०८३ जेष्ठ १८, सोमबार १९:१० गते

हजुरको प्रतिक्रिया