रास्वपा लमजुङमा उठ्न थाल्यो लेवी

रास्वपा लमजुङमा उठ्न थाल्यो लेवी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ १८ गते मङ्गलबार ०८:५०

रास्वपाको निर्वाचन कार्यविधिको दफा ८ मा उल्लेखित उम्मेदवारको योग्यता बारेको उपदफा १ को (च)मा ‘पार्टीको कुनै पनि संरचनामा भएको भए उक्त तहमा तोकिएको लेवी भुक्तान गरेको’ हुनुपर्ने उल्लेख छ ।

दोर्दी गाउँपालिका अधिवेशनमा लेवीको प्रश्न उठेपछि पहिलो दिन अधिवेशन नै स्थगन गर्नु परेको थियो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), लमजुङमा लेवी उठ्न थालेको छ । पदीय जिम्मेवारी अनुसार लेवी रकम फरक रुपमा सो दलको केन्द्रले निर्धारण गरेको छ । जिल्ला संगठन विभागका प्रमुख एवम् जिल्ला सहसचिव वावुराम अधिकारीलगायतले लेवी बुझाउनु भएको प्रमाण सामाजिक सञ्जालनमा सार्वजनिक गर्नु भएसँगै जेठ १९ गते त्यस्तो खुलासा भएको हो ।
रास्वपाको केन्द्रले महाधिवेशनको सन्दर्भमा विभिन्न तह खास गरी जिल्ला र प्रदेश अधिवेशनका लागि जेठ १८ गते भित्र लेवी बुझाउन परिपत्र जारी गरेको स्थिति छ । सो परिपत्रमा भनिएको अनुसार जिल्लाका उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिवका लागि सात हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, जिल्ला सदस्यहरू, सल्लाहकारहरू र अनुशासन आयोगका लागि पाँच हजार रुपैया, नगरपालिकाका पदेन जिल्ला सदस्यका लागि तीन हजार रुपैयाँ तोकिएको छ भने गाउँपालिकाका सभापति पदेन जिल्ला सदस्यका लागि दुई हजार रुपैयाँ तोकिएको छ ।
जिल्ला संगठन विभागका प्रमुख, उपप्रमुख र सचिव, र्याट विभागका प्रमुख, उपप्रमुख र सचिव, सम्पर्क विभानका प्रमुख, उपप्रमुख र सचिवका लागि चार हजार रुपैयाँ तोकिएको छ । त्यस्तै उल्लेखित तीनै विभागका सदस्यहरूका लागि दुई हजार रुपैयाँ वार्षिक रुपमा लेवी रकम बुझाउनु पर्ने सो परिपत्रमा उल्लेख छ । यसरी जिल्लामा संकलन हुने रकमको २० प्रतिशत रकम प्रदेशमा पठाउनु पर्ने भनिएको छ ।
रास्वपाको निर्वाचन कार्यविधिको दफा ८ मा उल्लेखित उम्मेदवारको योग्यता बारेको उपदफा १ को (च)मा ‘पार्टीको कुनै पनि संरचनामा भएको भए उक्त तहमा तोकिएको लेवी भुक्तान गरेको’ हुनुपर्ने उल्लेख छ ।
स्मरणीय छ, दोर्दी गाउँपालिका अधिवेशनमा लेवीको प्रश्न उठेपछि पहिलो दिन अधिवेशन नै स्थगन गर्नु परेको थियो । जो कसैले पनि लेवी वापत तिरेको रकमको २० प्रतिशत प्रदेशमा पठाउनु पर्ने निर्देशन भएको हुँदा त्यस्तो रकम मनमोजी तरिकाले कसैले पनि खर्च गर्न नमिल्ने तर्कहरू पनि उठिरहेका छन् ।

प्रकाशित मिति २०८३ जेष्ठ १९, मंगलवार ०८:५० गते
हजुरको प्रतिक्रिया