गृहमन्त्री पुनः गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुन : शपथ पछि पदबहाली

गृहमन्त्री पुनः गुरूङ र नवप्रवर्तन मन्त्रीमा पुन : शपथ पछि पदबहाली

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ २५ गते मङ्गलबार ०६:१७

जेनजी आन्दोलनपछि गठित अन्तरिम प्रधानमन्त्री सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बन्नु भएका महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।

गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद सुधन गुरुङ यसअघि २७ दिन गृहमन्त्री हुनु भएको थियो ।

काठमाडौं– गृहमन्त्रीमा सुदन गुरूङ पुनर्वहाली हुनु भएको छ । विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुन नियुक्त हुनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूले राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनु भएको छ । शपथ ग्रहण पछि उहाँहरूले आजैै जेठ २६ गते पद बहाली समेत गर्नु भएको छ ।
नेपालको संविधानमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद सुधन गुरुङ यसअघि २७ दिन गृहमन्त्री हुनु भएको थियो । सम्पत्ति स्रोतमाथि विवाद हुँदा उनीमाथि छानबिन भएको थियो । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उहाँ फेरि गृहमन्त्रीमै पदबहाली गरिरहनु भएको छ ।
यसैगरी, जेनजी आन्दोलनपछि गठित अन्तरिम प्रधानमन्त्री सुशीला कार्की सरकारमा शिक्षा मन्त्री बन्नु भएका महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू समेत उपस्थित हुनुहुन्थ्यो ।
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर :
यसैबीच, मन्त्रीहरूको मर्यादाक्रम(वरीयता) हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियतामा हेरफेर गर्नु भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो दोस्रो स्थान यथावत हुनुहुन्छ भने नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थान, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा हुनुहुन्छ ।
वरीयतामा अन्तिममा रहनु भएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीलाई पनि अहिले ८औं नम्बरमा ल्याइएको छ । अहिले वरीयताको अन्तिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहनु भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ७ औं नम्बर, संघीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ९ औं र स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता १०औं नम्बरमा राखिनु भएको छ ।
यो परिवर्तन अनुसार, गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानमा हुनुहुन्छ भने पहिले १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थानमा हुनुहुन्छ । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री सुनिल लम्साल छैटौं स्थानमा,
यो फेरबदलले मन्त्रिपरिषद् भित्रको भूमिका र प्राथमिकतामा स्पष्ट परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
दुई महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ
यसैबीच, यसअघि सांसद सुधन गुरुङले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पने आशा गोरखाको एक कार्यक्रममा जेठ २४ गते व्यक्त गर्नु भएको थियो । त्यस समयमा उहाँले भन्नुभएको थियो, ‘यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’
सांसद गुरुङले आफ्नो सम्पत्तिका विषयमा उठाइएका प्रश्नहरूको छानबिनका निम्ति सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको जानकारी दिनु भएको थियो । उहाँले सार्वजनिक पदमा रहँदा उठाइएका प्रश्नहरूको जवाफ दिन आफू पूर्ण रूपमा तयार र जिम्मेवार बनेको उल्लेख गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ जेष्ठ २६, मंगलवार १८:१७ गते
हजुरको प्रतिक्रिया