सवा चार लाखद्वारा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक : पार्टी छाड्छु भन्नेलाई नफकाउनु, सभापति थापा

सवा चार लाखद्वारा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक : पार्टी छाड्छु भन्नेलाई नफकाउनु, सभापति थापा

एजेन्सी

@antaranganews

२०८३ जेठ २५ गते मङ्गलबार ०७:४३

अब करिब २ लाखले क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यी जिल्लामा करिब ६० हजार क्रियाशील अद्यावधिक हुने हाम्रो आंकलन छ ।

अब करिब २ लाखले क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी रहेको महामन्त्री प्रदीप पौडेलको भनाइ छ । उहाँका अनुसार यी जिल्लामा करिब ६० हजार क्रियाशील अद्यावधिक हुने हाम्रो आंकलन छ ।

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता सवा चार लाख जतिले अद्यावधिक गरेका छन् भने पार्टी सभापति गगन थापाले पार्टी छाड्छु भन्नेलाई नफकाउन भन्नुभएको छ । पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले त्यस्तो जानकारी जेठ २६ गते दिनु भएको हो ।
पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यता चार लाख २३ हजार २३७ जनाले अद्यावधिक गरेको बताउनु भयो । उहाँका अनुसार पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये त्यो संख्याले अद्यावधिक गरेका हुन् । उहाँले भन्नुभयो, ‘एक लाख एक हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।’
अद्यावधिकको प्रक्रिया नै सुरु नगर्नेको संख्या २ लाख ५७ हजार ६६३ जना रहेको पौडेल बताउनु हुन्छ । क्रियाशील सदस्यता नवीकरण गर्न अनलाइनबाट आवेदन दिएको र सम्बन्धित वडा सभापतिले स्वीकृत नगरिदिएको संख्या १ लाख ३ हजार २ सय ५२ जना छ ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वको समितिले वैशाख १ देखि जेठ २८ गतेभित्र क्रियाशील अद्यावधिक गर्ने गरी मातहत समितिहरूलाई समन्वय र सहजीकरण गरेको थियो । क्रियाशील सदस्यता अद्यावधिक कार्य वडा सभापतिहरूले नै गरेका हुन् । त्यसका लागि केन्द्रीय कार्यालयले प्रणाली विकास गरी युजर नेम र पासवर्ड दिएको थियो ।
सो समितिले क्रियाशील सदस्यता अद्यावधिक गर्न जेठ २८ गते राति १२ बजेसम्मको समय तोकेको छ । त्यो समय सकिन अब २ दिन मात्र बाँकी छ । नेपाली कांग्रेसले गत पुससम्म नवीकरण र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूको अद्यावधिक कार्य अन्तिम चरणमा पुर्याएको हो ।
महामन्त्री पौडेलले भन्नुभयो, ‘आदरणीय अग्रज नेतृत्व, विभिन्न तहका पदाधिकारीज्यूहरू तथा सम्पूर्ण अगुवा साथीहरूमा आ–आफ्नो सदस्यता अद्यावधिक गर्नुका साथै आफ्नो क्षेत्रभित्रका अन्य क्रियाशील सदस्यहरूलाई समेत यस प्रक्रियामा सक्रियतापूर्वक सहजीकरण गरिदिनुहुन विशेष अपिल गर्दछु ।’ उहाँका अनुसार प्रविधिमा आधारित सङ्गठन र व्यवस्थित सूचना प्रणाली निर्माण गर्ने अभियानमा सबैको साथ रहने छ ।
२०७८ साल मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन हुँदा कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो । तीमध्ये गत पुससम्म नवीकरण र नयाँ वितरण गरी कूल ७ लाख ८१ हजार २ सय ३३ जना क्रियाशील सदस्य कायम रहेको कांग्रेसको विवरणमा देखिन्छ । विधानअनुसार हरेक वर्ष क्रियाशील नवीकरण गर्नुपर्ने भए पनि हरेक महाधिवेशनमा त्यो धारा निलम्बन गरी एकैपटक क्रियाशील सदस्यता लिन पाइने बनाइन्थ्यो । विगतमा महाधिवेशन मिति तोकिसकेपछि क्रियाशील लिने र नवीकरण गर्ने संख्या पनि केही थपिन्थ्यो ।
करिब डेढ लाख हाराहारी क्रियाशील सदस्यले राजनीतिक कारणले अद्यावधिक गरेका छैनन् । पौडेलले भन्नुभयो, ‘कतिपय नेताका अपिल सुनेर पनि क्रियाशील अद्यावधिक रोकेको देखिन्छ, केहीले क्रियाशील अद्यावधिक गर्न चाहेका छैनन्, केही अरू पार्टीमा गएका छन् त कतिपयको मृत्यु पनि भइसकेको छ ।’
अब करिब २ लाखले क्रियाशील सदस्यता अद्यावधिक गर्न बाँकी रहेको उहाँको भनाइ छ । उहाँका अनुसार यी जिल्लामा करिब ६० हजार क्रियाशील अद्यावधिक हुने हाम्रो आंकलन छ ।
कांग्रेसको क्रियाशील सदस्यता रीतपूर्वक अद्यावधिक गर्न चाहने कुनै पनि योग्य सदस्यको सदस्यता अद्यावधिक प्रक्रियालाई अद्यावधिक गर्नबाट अवरुद्ध वा बञ्चित नगरिने र पूर्ण रूपमा सुनिश्चितता गरिएको र विधान बमोजिम क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियामा कुनै तहबाट अवरोध भएमा केन्द्रीय कार्यालयमा सिधै सम्पर्क गरी अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।
पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्नु : सभापति गगन थापा
यसैबीच, पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्न सभापति गगन थापाले आग्रह गर्नु भएको छ । उहाँका अनुसार अहिलेको बेला पार्टी अलिकति कमजोर भएको छ भनेर कतिपय मानिस यता मौका हुन्छ, उता मौका हुन्छ भनेर कोही दौडन्छ भने दौडन दिनुस् । धेरै फकाउनेतिर पनि नलाग्नुस् । ‘पार्टीका साथीहरू छोडेर जान्छौं, वडाध्यक्ष, पालिका अध्यक्ष पाउँछौं, अब सकियो भन्ने हो भने उनीहरूलाई जान दिनुस्, धेरै चिन्ता नगर्नुस् ।’ थापाको भनाइ छ । उहाँका अनुसार कांग्रेसभित्रको फोहोर सफा बनाउनुपर्नेमा जोड दिनु भयो ।
थापाले भन्नुभयो, ‘हाम्रो मन्त्र नेता मिलाउने होइन अब पार्टीसँग जनतालाई मिलाउने हो, हामीसँग रिसाएका नागरिकलाई व्यवहारबाट फकाउने हाम्रो मन्त्र हुनुपर्छ, हामी यसतर्फ काम गर्छौं ।’

प्रकाशित मिति २०८३ जेष्ठ २६, मंगलवार १९:४३ गते
हजुरको प्रतिक्रिया