कांग्रेसको क्रियाशील सदस्यता पाँच लाख ३८ हजार ६२२ जना मात्र अद्यावधिक

कांग्रेसको क्रियाशील सदस्यता पाँच लाख ३८ हजार ६२२ जना मात्र अद्यावधिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ २८ गते शुक्रबार ०८:४७

जेठ २१ गते पहिलोपटक थपिएको म्याद सकिएपछि जेठ २८ गते राति १२ बजेसम्मका लागि म्याद थप गरिएको थियो । कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुला रहने जनाएको छ ।

एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताउनु भयो ।

काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता पाँच लाख ३८ हजार ६२२ जनाको मात्र अद्यावधिक भएको छ । कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य रहेका कुल सात लाख ८२ हजार २०९ सदस्यहरूमध्ये पाँच लाख ३८ हजार ६२२ जनाले क्रियाशील सदस्यता प्राप्त गरेको जेठ २९ गते खुलासा भएको हो ।
संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रूपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कांग्रेसको दावी छ । प्रक्रियामा सामेल भएकाहरूको कुल संख्या छ लाख ८७ हजार ९ सय ३१ रहेको छ ।
एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताउनु भयो । उहाँका अनुसार इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने छ ।
१ लाख ४९ हजार ३०९ जनाले स्वयम् अद्यावधिक फारम पेस गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा रहेका छन् ।
जेठ २१ गते पहिलोपटक थपिएको म्याद सकिएपछि जेठ २८ गते राति १२ बजेसम्मका लागि म्याद थप गरिएको थियो ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुला रहने जनाएको छ ।

प्रकाशित मिति २०८३ जेष्ठ २९, शुक्रबार २०:४७ गते
हजुरको प्रतिक्रिया