भू माफियाद्वारा कब्जा सार्वजनिक जग्गा फिर्ता गर्न प्रधानमन्त्रीसंग स्थानीयले मागे गुहार

भू माफियाद्वारा कब्जा सार्वजनिक जग्गा फिर्ता गर्न प्रधानमन्त्रीसंग स्थानीयले मागे गुहार

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ ३१ गते सोमबार ०७:५२

परापूर्व कालदेखि गाईवस्तु चराउने गौचरनको रुपमा प्रयोग हुँदै सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय, काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख, नापी प्रमुख र नमोबुद्ध नगरपालिका– ४का वडाध्यक्ष अर्जुनबहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको स्थानीयको दावी छ ।

२०३३ सालको नापीमा जंगल कायम भएको कि.नं. ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा बेच बिखन गरि करोडौं कुम्याएको स्थानीयको भनाइ छ ।

धुलिखेल(काभ्रेपलाञ्चोक)– काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका– ४ का स्थानीयहरूले आफ्नो ठाउँमा भू माफियाद्वारा कब्जा गरिएको ११–११–२–० क्षेत्रफल भएको जग्गा सार्वजनिकीकरणका लागि प्रधानमन्त्री बालेन साहसँग गुहार मागेका छन् । काभ्रेपलाञ्चोक जिल्ला तत्कालीन मेथिनकोट गा.वि.स.– २ (हाल नमोबुद्ध न.पा.– ४) स्थित कि.नं. ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गर्ने भू माफियाको चंगुलबाट निकालेर साविककै गौचरणका रुपमा स्थापित गर्न माग गरेका हुन् ।
काभ्रेपलाञ्चोक जिल्ला तत्कालीन मेथिनकोट गा.वि.स.– २ (हाल नमोबुद्ध न.पा.– ४) स्थित कि.नं. ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा व्यक्तिगत नाममा दर्ता गरी भू माफियाले करोडौं कुम्याएको स्थानीयले दावी गरेका छन् । उनीहरूले ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायलाई भू– माफियाको संज्ञा दिदै उनीहरूले भ्रष्ट कर्मचारीको आडमा सो कार्य गरेको भन्दै एक निवेदनमार्फत् प्रधानमन्त्री बालेनसंग हार गुहार गरेका बताएका छन् ।
स्थानीयका अनुसार परापूर्वकालदेखि गौचरणका रुपमा रहेको तत्कालीन मेथिनकोट गा.वि.स.– २ (हाल नमोबुद्ध न.पा. वडा नं.४ मा पर्ने) कि.नं. ३०४ को ११–११–२–० क्षेत्रफल भएको जग्गा र २०३३ सालको नापीमा जंगल कायम भएको व्यक्तिगत नाममा दर्ता गरी प्रति आना सात लाखदेखि दश लाखसम्ममा बेच बिखन गरि करोडौं कुम्याएका हुन् ।
उनीहरूको यो कर्तुत विभिन्न संचार माध्यममा सार्वजनिक भएपछि भूमाफिया ठण्डिराज उपाध्यायले सरकारी जग्गामा भोगचलन भएको देखाउन रातारात टेक्टर लगाएर खनजोतसमेत गरेक स्थानीयको भनाइ छ ।
परापूर्व कालदेखि गाईवस्तु चराउने गौचरनको रुपमा प्रयोग हुँदै सरकारी कायम भएको उक्त जग्गा छुट जग्गाको नाममा दर्ता गरेर बेचबिखन गर्ने कार्यमा ठण्डिराज उपाध्याय, केदारराज उपाध्याय, काभ्रे पलाञ्चोक जिल्लाका मालपोत प्रमुख, नापी प्रमुख र नमोबुद्ध नगरपालिका– ४का वडाध्यक्ष अर्जुनबहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको भन्दै २०८२ साल मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन मन्त्रालय, गृह मन्त्रालय र जिल्ला प्रसासन कार्यालय काभ्रे पलाञ्चोकलगायत सम्बन्धित सबै निकायमा उजुरी परेको थियो । सो उजुरी परेपछि अत्तालिएका ठण्डिराज उपाध्याय र केदारराज उपाध्यायले उक्त जग्गा आफुले भोग चलन गरेको देखाउन तोरी खेती लगाएको स्थानीयको भनाइ छ ।
ठण्डिराज उपाध्याय, केदारराज उपाध्यायले सार्वजनिक जग्गामा दिन दहाडै खेती लगाएर कब्जा गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउनु पर्ने माग गर्दै स्थानीय बासिन्दाले सप्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काभ्रे पलाञ्चोकका प्रमुख जिल्ला अधिकारी र नमोबुद्ध नगरपालिकामा निवेदन पेश गरेको तर हालसम्म पनि उक्त जग्गा सार्वजनिक कायम गर्नेतर्फ कुनै कदम चनालिएको भन्दै प्रधानमन्त्री बालेन समक्ष निवेदन पेश गरेको स्थानीयले बताएका छन् ।
स्थानीयले हामीलाई पठाएको उक्त जग्गा परापूर्वकालदेखि गाई वस्तु चराउने गौचरण र वनजंगल कायम भएको प्रमाणको तस्विरसमेत संलग्न छ ।

प्रकाशित मिति २०८३ असार १, सोमबार ०७:५२ गते
हजुरको प्रतिक्रिया