उद्यमी तथा व्यवसायीका लागि ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ, प्रोसेसिङ तथा रजिस्ट्रेशन सम्बन्धी एकदिने तालिम

उद्यमी तथा व्यवसायीका लागि ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ, प्रोसेसिङ तथा रजिस्ट्रेशन सम्बन्धी एकदिने तालिम

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८३ जेठ ३१ गते सोमबार १०:१६

तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीका प्रमुख ज्योति आचार्य र खाद्य निरीक्षण अधिकृत सन्तोष थापा मगरले ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ, खाद्य प्रशोधन (प्रोसेसिङ), खाद्य सुरक्षाका मापदण्ड तथा व्यवसाय दर्ता प्रक्रियाका विषयमा प्रयोगात्मक विधिबाट तालिम दिनुभएको थियो ।

सो तालिममा १७ जना स्थानीय उद्यमी तथा व्यवसायीले भाग लिएका थिए ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा उद्यमी तथा व्यवसायीका लागि ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ, प्रोसेसिङ तथा रजिस्ट्रेशन सम्बन्धी एकदिने तालिम भएको छ । सुन्दरबजार सिकाइ केन्द्रको आयोजनामा जिल्लाको व्यावसायिक केन्द्र सुन्दरबजारमा असार १ गते सो तालिम भएको हो ।
सो तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीका प्रमुख ज्योति आचार्य र खाद्य निरीक्षण अधिकृत सन्तोष थापा मगरले सहजीकरण गर्नुभएको थियो । उहाँहरूले ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ, खाद्य प्रशोधन (प्रोसेसिङ), खाद्य सुरक्षाका मापदण्ड तथा व्यवसाय दर्ता प्रक्रियाका विषयमा व्यावहारिक जानकारी दिनुभएको थियो ।
सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि रेग्मीले सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले आफ्ना उत्पादनलाई गुणस्तरीय, बजारमुखी तथा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो । सो तालिमको सभापतित्व सुन्दरबजार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रामकृष्ण भण्डारीले गर्नुभएको थियो । उहाँले स्थानीय उद्यमी तथा व्यवसायीलाई उत्पादनको गुणस्तर अभिवृद्धि, बजार विस्तार र व्यवसायलाई औपचारिक बनाउन सहयोग पु¥याउने उद्देश्यले सो तालिमको आयोजना गरिएको बताउनु भयो ।
आयोजक केन्द्रका सदस्य एवम् सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु कुमार श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका सदस्य सरला सुबेदीले राख्नुभएको थियो । केन्द्रकी संस्थापक अध्यक्ष राधादेवी श्रेष्ठले कार्यक्रमको उद्देश्उमा प्रकाश पार्नुभएको थियो । उहाँले सिकाई केन्द्रले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
सो तालिममा १७ जना स्थानीय उद्यमी तथा व्यवसायीले भाग लिएको उहाँले जानकारी दिनु भयो ।
सिकाई केन्द्रका अध्यक्ष रामकृष्ण भण्डारीले कार्यक्रममा स्थानीय स्रोत र सीपमा आधारित उत्पादनलाई उचित ब्रान्डिङ, आकर्षक प्याकेजिङ र कानुनी रूपमा व्यवस्थित रजिस्ट्रेशनमार्फत राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता तालिम प्रभावकारी हुनेमा उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८३ असार १, सोमबार २२:१६ गते
हजुरको प्रतिक्रिया