युनिभर्सल एकेडेमीद्वारा शैक्षिक सत्र ०८३ मा कक्षा ११ का नयाँ विद्यार्थी र अभिभावकसँग परामर्श

युनिभर्सल एकेडेमीद्वारा शैक्षिक सत्र ०८३ मा कक्षा ११ का नयाँ विद्यार्थी र अभिभावकसँग परामर्श

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १ गते मङ्गलबार ०७:२६

विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक, व्यावसायिक तथा व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो । उहाँले बेसीशहरमा पहिलो पटक विज्ञान संकायको अध्ययन सुरु गरिएको बताउनु भएको थियो ।

कार्यक्रममा ६५ जना विद्यार्थी र ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाममा रहेको यहाँ स्थित युनिभर्सल एकेडेमीले शैक्षिक सत्र ०८३ मा कक्षा ११ मा अध्ययन सुरु गरेका विद्यार्थी तथा उनीहरूका अभिभावकसँग परामर्श तथा अभिमुखीकरण गरेको छ । आफ्नो विद्यालयमा विज्ञान र व्यवस्थापन संकायमा नयाँ भर्ना भएका विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरणसँग परिचित गराउने तथा भविष्यको अध्ययन यात्राका लागि चारित्रिक गुणको विकास गरी मार्ग निर्देश गर्ने उद्देश्यले असार १ गते सो कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त परामर्श तथा अभिमुखीकरण कार्यक्रममा वरिष्ठ उत्प्रेरक ताराजीले सहजीकरण गर्नु भएको थियोे । उहाँले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र लक्ष्य पहिचान गरी अध्ययनमा केन्द्रित हुन आग्रह गर्नु भएको थियो । उहाँले सफलताका लागि स्पष्ट लक्ष्य, निरन्तर प्रयास र सकारात्मक सोच आवश्यक रहने उल्लेख गर्नु भयो ।
सहभागी खासगरी विद्यार्थीको चारित्रिक गुणको विकास, क्षमता पहिचान तथा अभिभावकलाई विद्यालयको शिक्षण प्रणाली, अनुशासन, अतिरिक्त क्रियाकलाप, मूल्यांकन प्रक्रिया तथा करियर निर्माणका विविध पक्षबारेमा अभिमुखीकरण गरिएको थियो ।
आयोजक युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीले आफ्नो विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको नेतृत्व क्षमता, व्यक्तित्व विकास र व्यावहारिक सीप अभिवृद्धिमा विशेष जोड दिँदै आएको जानकारी दिनु भयो ।
कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका प्रिन्सिपल अधिकारीले आफ्नो विद्यालयले आधुनिक शिक्षण पद्धतिमार्फत विद्यार्थीलाई प्रतिस्पर्धी र देश विकासका लागि आवश्यक जनशक्ति पूर्तिका लागि सक्षम नागरिक बनाउने लक्ष्य लिएको बताउनु भयो । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक, व्यावसायिक तथा व्यक्तित्व विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रिन्सिपल अधिकारीले जानकारी दिनुभयो । उहाँले बेसीशहरमा पहिलो पटक विज्ञान संकायको अध्ययन सुरु गरिएको बताउनु भएको थियो ।
सोही विद्यालयका सहायक प्रिन्सिपल अर्जुन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उहाँले अभिभावक र विद्यालयबीचको सहकार्य विद्यार्थीको सफलताका लागि महत्वपूर्ण हुने विश्वासमा विद्यानलय रहेकोमा जोड दिनुभयो । अभिभावकहरूसँग विद्यालयका गतिविधिमा निरन्तर सहयोग र सहभागिता पाइरहने अपेक्षा गरिएको बताउनु भयो ।
विज्ञान तथा व्यवस्थापन संकायका नयाँ विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन प्लस टु इन्चार्ज प्रमोद घिमिरेले सञ्चालन गर्नु भएको थियो । उहाँका अनुसार कार्यक्रममा ६५ जना विद्यार्थी र ४० जना अभिभावकहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ असार २, मंगलवार ०७:२६ गते
हजुरको प्रतिक्रिया