नगरपालिकाको राजस्व परामर्श समितिको बैठकद्वारा विविध निर्णय

नगरपालिकाको राजस्व परामर्श समितिको बैठकद्वारा विविध निर्णय

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८३ असार १ गते मङ्गलबार ०९:५८

समितिले स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने, कर प्रशासनलाई अझ प्रभावकारी, पारदर्शी र व्यवहारिक बनाउने तथा आन्तरिक आयका स्रोत विस्तार गर्दै नगरपालिकाको वित्तीय आत्मनिर्भरता सुदृढ बनाउने दिशामा आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिने निर्णय गरेको छ ।

चालु आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आन्तरिक राजस्वमध्ये हालसम्म कर तथा गैरकर शीर्षकबाट भएको संकलनको समीक्षा गर्दै राजस्व वृद्धि गर्न सकिने सम्भावित क्षेत्रहरूको पहिचान गरिएको थियो ।

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिकाको राजस्व परामर्श समितिको बैठकले विविध निर्णय गरेको छ । आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि आन्तरिक राजस्व २ करोड ८ लाख रुपैयाँ रहने अनुमान गर्दै नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय असार १ गते गरेको हो ।
बैठकमा आर्थिक वर्ष २०८२÷८३ मा हालसम्मको राजस्व संकलनको समीक्षा, गत निर्णयहरूको कार्यान्वयन अवस्था, राजस्व शीर्षक तथा कर– गैरकर दरहरूको पुनरावलोकन तथा आगामी आर्थिक वर्षको राजस्व अनुमानबारे विस्तृत छलफल गरिएको समितिका सदस्य सचिब नवीन अधिकारीले बताउनस भयो । उहाँका अनुसार छलफलका क्रममा चालु आर्थिक वर्षका लागि अनुमान गरिएको कुल आन्तरिक राजस्वमध्ये हालसम्म कर तथा गैरकर शीर्षकबाट भएको संकलनको समीक्षा गर्दै राजस्व वृद्धि गर्न सकिने सम्भावित क्षेत्रहरूको पहिचान गरिएको थियो ।
त्यस्तै, सम्पत्ति कर, भूमिकर (मालपोत), बहाल कर, व्यवसाय कर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, व्यवसाय दर्ता तथा नवीकरण, सेवा शुल्क गायतका शीर्षकमा आगामी वर्षका लागि राजस्व अनुमानको बैठकमा तय गरिएको छ ।
आगामी आर्थिक वर्षको राजस्व नीति, कर तथा गैरकर दर सम्बन्धी छलफल भएको थियोे । समितिले स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने, कर प्रशासनलाई अझ प्रभावकारी, पारदर्शी र व्यवहारिक बनाउने तथा आन्तरिक आयका स्रोत विस्तार गर्दै नगरपालिकाको वित्तीय आत्मनिर्भरता सुदृढ बनाउने दिशामा आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिने निर्णय गरेको छ ।
नगरपालिकाकी उपमेयर भवानी केसीको अध्यक्षतामा भएको बैठकमा नगर प्रमुख कृष्णप्रसाद कोइराला, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, वडा नं. ७ का अध्यक्ष जयराम रेग्मी, प्रशासकीय अधिकृत ऋषिराम पौडेल, कार्यपालिका सदस्य राधिका भट्टराई तथा समितिका सदस्यहरू बिष्णु कुमार श्रेष्ठ, देवीप्रसाद अधिकारी, रामबाबु श्रेष्ठ, आनन्दराज श्रेष्ठ, प्रकाश डौलिया र सदस्य सचीव स आलेप अधिकृत नवीन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८३ असार २, मंगलवार ०९:५८ गते
हजुरको प्रतिक्रिया