मिदीम नदी किनारमा मृत फेला परेका व्यक्तिको शव उनका बाबुलाई बुझाइयो

मिदीम नदी किनारमा मृत फेला परेका व्यक्तिको शव उनका बाबुलाई बुझाइयो

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ३ गते बिहिबार ०८:०७

मृतकको शव पोष्ट मार्टमपछि मृतकका बुबा रस बहादुर गुरुङलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपनिरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

उनी क्व्होलासोथार गाउँपालिका– ३ मा स्थायी घर भएका करिब ४० वर्षीय पदम गुरुङ रहेको पुष्टि भएको छ ।

मालिङ(लमजुङ)– लमजुङको पश्चिम क्षेत्रमा बहने मिदीम नदी किनारमा करिब ४० वर्षीया पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । ती व्यक्तिको शव प्रदेश अस्पताल लमजुङमा पोष्टमार्टम गरी असार ४ गते उनका बाबुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्ट मार्टमपछि मृतकका बुबा रस बहादुर गुरुङलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
उनी लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका– २ को मालिङ क्षेत्र नजिक मिदीम नदी किनारामा मृत अवस्थामा फेला परेको सोही वडामा रहेको अस्थायी प्रहरी पोष्ट मालिङका प्रमुख प्रहरी सहायक निरीक्षक दिपक किसानले जानकारी दिनुभयो । उहाँका अनुसार उनी क्व्होलासोथार गाउँपालिका– ३ मा स्थायी घर भएका करिब ४० वर्षीय पदम गुरुङ रहेको पुष्टि भएको छ ।
ती व्यक्ति मिदीम नदी किनारामा घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याललय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापाले बताउनु भयो । उहाँका अनुसार अस्थायी प्रहरी पोष्ट मालिङका प्रमुख प्रहरी सहायक निरीक्षक दिपक किसान र आफ््नो कमाण्डको टोलीले ती व्यक्तिको उद्दार गरेको हो ।
अविवाहित रहेका ती व्यक्ति अन्य दिनमा पनि अत्याधिक मात्रामा मा.प.से. गर्ने भन्ने बुझिन आएको प्रहरीको भनाइ छ । सो घट्ना स्थल अस्थायी प्रहरी पोष्ट मालिङबाट तीन कि.मि.पश्चिम तथा ३० कि.मि. उत्तर पर्ने रहेको अस्थायी प्रहरी पोष्ट मालिङका प्रमुख प्रहरी सहायक निरीक्षक दिपक किसानले जानकारी दिनुु भएको छ ।
घट्ना स्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का कार्य समाप्त गरी शव पोष्ट मार्टमको लागि प्रदेश अस्पताल लमजुङमा पठाइएको थियो । मृतकको शव पोष्ट मार्टमपछि मृतकका बुबा रस बहादुर गुरुङलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपनिरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।

प्रकाशित मिति २०८३ असार ४, बिहीबार २०:०७ गते
हजुरको प्रतिक्रिया