यो वर्षको राष्ट्रिय धान दिवस खल्लो हुने, पूर्णिमा पर्व परेको हुँदा खेतबारीमा खनजोतका काम गर्न नहुने शास्त्रीय मान्यता

यो वर्षको राष्ट्रिय धान दिवस खल्लो हुने, पूर्णिमा पर्व परेको हुँदा खेतबारीमा खनजोतका काम गर्न नहुने शास्त्रीय मान्यता

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ४ गते शुक्रबार ०८:०४

औंसीको दिनमा गोरु जोत्न मात्र नहुने होइन खेतबारीमा खनजोतका काम समेत गर्न हुँदैन पण्डित घनश्याम सुवेदीले बताउनु भयो । उहाँका अनुसार त्यस दिन चन्द्रमाबाट पृथ्वीमा अमृतको वर्षा हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । उहाँले भन्नुभयो, ‘त्यस दिन खनजोतको कामले बृष्टि अमृत धारण गर्न पृथ्वीलाई कठिन हुने, त्यसबाट पितृहरू र देवताहरू रिसाउछन् भन्ने छ ।’ जसका कारण अकाल मृत्यु, खडेरी पर्ने जस्ता अनिष्ट सिर्जने हुन्छ भन्ने शास्त्रमा उल्लेख छ सुवेदीले जानकारी दिनु भयो ।

असार १५ गते अर्थात धान दिवस एक उत्सवका रुपमा रहेको छ । तर गोरु जोताई अर्थात खनजोत समेत गर्न नहुने दिन भएको हुँदा बिना खनजोतको धान रोपाई कस्तो होला ? कौतुहलको विषय बनेको छ ।

लमजुङ– यो वर्षको राष्ट्रिय धान दिवस खल्लो हुने भएको छ । असार १५ गते मनाईको सो दिवसका दिनमा पूर्णिमा पर्व परेको हुँदा खेतबारीमा हलो जोत्न खनजोत गर्न नहुने शास्त्रीय मान्यता सनातन संस्कृतिमा रहेको छ, त्यसैले यो बिना गोरु जोताईको धान दिवस खल्लो हुने भएको खुलासा हो ।
नेपाली किसानहरूका लागि असार १५ अर्थात् धान दिवस महत्वपूर्ण पर्व हो । नेपालमा किसानसँग सम्बन्धित संघ–संगठनहरूले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । जिल्लामा कृषि विकास कार्यालयले दिवसको कार्यक्रम गर्ने गर्दछ । नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी १५ वर्षअघिदेखि मनाउन थालेपछि यस दिनको महत्व बढेको हो । त्यसैले असार १५ गते अर्थात धान दिवस एक उत्सवका रुपमा रहेको छ । तर गोरु जोताई बिनाको धान रोपाई कस्तो होला ? कौतुहलको विषय बनेको छ ।
मानो खाएर मुरी उब्जाउने उपमा लिइने असार महिनालाई असार १५ गते वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन मानिन्छ । यस दिनदेखि किसानहरू वर्षाको सुरुवात् भएको, समाजको मान प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीने खाद्यान्न धानको रोपाइँमा किसानहरू लाग्ने गर्दछन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांस्कृतिक पर्व असार पन्ध्र बन्न गएको छ । तर सनातनीय संस्कार संस्कृति अनुसार पूर्णिमा र औंसीको दिनमा गोरु नजोत्ने प्रचलन छ ।
औंसीको दिनमा गोरु जोत्न मात्र नहुने होइन खेतबारीमा खनजोतका काम समेत गर्न हुँदैन पण्डित घनश्याम सुवेदीले बताउनु भयो । उहाँका अनुसार त्यस दिन चन्द्रमाबाट पृथ्वीमा अमृतको वर्षा हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । उहाँले भन्नुभयो, ‘त्यस दिन खनजोतको कामले बृष्टि अमृत धारण गर्न पृथ्वीलाई कठिन हुने, त्यसबाट पितृहरू र देवताहरू रिसाउछन् भन्ने छ ।’ जसका कारण अकाल मृत्यु, खडेरी पर्ने जस्ता अनिष्ट सिर्जने हुन्छ भन्ने शास्त्रमा उल्लेख छ सुवेदीले जानकारी दिनु भयो ।
यसैगरी, पूर्णिमा, औंसी तथा संक्रान्तिका दिनहरू दान पुण्य गर्ने दिन हुन्, त्यसैले ती दिनमा खेतबारीमा खनजोतका काम गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको हिन्दू जागरण अभियानका प्रणेता पण्डित रामकृष्ण उपाध्यायले बताउनु भएको छ ।

प्रकाशित मिति २०८३ असार ५, शुक्रबार ०८:०४ गते
हजुरको प्रतिक्रिया