राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, ९ हजारभन्दा बढी प्रतिष्ठान समेटिए

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, ९ हजारभन्दा बढी प्रतिष्ठान समेटिए

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८३ असार ५ गते शनिवार १०:३७

हालसम्म समेटिन नसकेका प्रतिष्ठान, व्यवसाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र जिल्ला आर्थिक गणना कार्यालय लमजुङमा सम्पर्क गरी विवरण उपलब्ध गराउन अनुरोध गरिएको जिल्ला आर्थिक गणाना अधिकारी चौधरीको भनाइ छ ।

सो गणना कार्य गत वैशाख २ गतेदेखि सुरु भई भोलि अर्थात असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

सुन्दरबजार(लमजुङ)– लमजुङमा थालिएको राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा पुगेको छ । सो कार्य भोलि अर्थात यही असार असार ७ गतेसम्म सञ्चालन हुने असार ६ गते बताइएको हो । सो प्रयोजनका लागि ९ हजारभन्दा बढी प्रतिष्ठान समेटिएका छन् ।
आर्थिक गणना भनेको देशभरका सबै आर्थिक एकाइ (व्यवसाय, उद्योग, सेवा प्रदायक तथा अन्य प्रतिष्ठान) मा पुगी तिनको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्ने बृहत् तथ्याङ्कीय प्रक्रिया हो । यसले राष्ट्रिय अर्थतन्त्रको संरचना, वितरण तथा उत्पादन क्षमताबारे आधारभूत तथ्याङ्क उपलब्ध गराउँछ ।
लमजुङ जिल्लामा सञ्चालन भइरहेको राष्ट्रिय आर्थिक गणना, २०८३ अन्तर्गत स्थलगत तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको हो । सो गणना कार्य गत वैशाख २ गतेदेखि सुरु भई भोलि अर्थात असार ७ गतेसम्म सञ्चालन हुनेछ ।
हालसम्म जिल्लामा ९,०९९ प्रतिष्ठानको विवरण सङ्कलन सम्पन्न भएको लमजुङ जिल्लाका आर्थिक गणाना अधिकारी कृतिका चौधरीले बताउनु भयो । उहाँका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार यहाँ ८,३७१ प्रतिष्ठान रहने अपेक्षा गरिएकोमा हालसम्मको गणना संख्या उक्त अनुमानभन्दा ७२८ ले बढी देखिएको छ । उहाँले भन्नुभयो, ‘आर्थिक गणनाले कुल गार्हस्थ्य उत्पादन (न्म्ए) लगायत राष्ट्रिय लेखा प्रणाली सुदृढ गर्न, नीति निर्माणमा आधार तयार गर्न तथा रोजगारी र लगानीका क्षेत्र पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।’
गणना कार्य सम्पन्न हुन अब एक दिन मात्र बाँकी रहेको हुँदा हालसम्म समेटिन नसकेका प्रतिष्ठान, व्यवसाय तथा सेवा प्रदायकहरूलाई यथाशीघ्र जिल्ला आर्थिक गणना कार्यालय लमजुङमा सम्पर्क गरी विवरण उपलब्ध गराउन अनुरोध गरिएको जिल्ला आर्थिक गणाना अधिकारी चौधरीको भनाइ छ ।
सो तथ्यांकबाट गणना क्रममा अपेक्षाभन्दा बढी प्रतिष्ठान पहिचान भई समेटिएको स्पष्ट भएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
लमजुङ जिल्लामा आर्थिक गणना कार्यका लागि ३ जना सुपरिवेक्षक र २४ जना गणक परिचालन गरिएको जिल्ला आर्थिक गणाना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८३ असार ६, शनिबार २२:३७ गते
हजुरको प्रतिक्रिया