विगतका आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने

विगतका आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने

एजेन्सी

@antaranganews

२०८३ असार ६ गते आईतबार ०८:००

सभापति रविले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो, जो सुरु भएको छ ।’

‘मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नुपर्दैन’ : प्रधानमन्त्री बालेन्द्र शाह

भरतपुर(चितवन)– रास्वपाका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताउनु भएको छ । पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले असार ७ गते त्यस्तो बताउनु भएको हो ।
प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहबाट सभापति रविले भन्नुभयो, परिवर्तनको सपना देख्ने र त्यसलाई साकार पार्ने आँट अनि साहस मलाई यही चितवनको माटोले दिएको हो । ‘म’बाट ’हामी’ बन्ने प्रेरणा पनि मलाई यही भूमिबाट प्राप्त भयो । त्यसैले, यो पवित्र देवभूमि चितवनलाई नमन गर्दै यहाँहरूलाई पुनः हार्दिक स्वागत गर्दछु सभापति रविले भन्नुभयो । उपस्थित आदरणीय महानुभावहरू, रास्वपाको निमन्त्रणालाई स्वीकार गरेर विभिन्न राजनीतिक दलबाट आउनुभएका तमाम नेतागणहरूलाई म स्वागत गर्दै यहाँहरूको उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दछु उहाँले भन्नुभएको थियो ।
‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ, बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’ उहाँले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताउँदै नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको बताउनु भयो । अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह उहाँले भन्नुभयो, ‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ ।’
उहाँले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो, जो सुरु भएको छ ।’ उहाँले थप भन्नुभयो, ‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्, म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु ।’ सभापति रविले यस्तो घोषणा गर्दा सहभागीहरूले ताली बजाएर समर्थन गरेका थिए ।
आफ्नो दलको अप्ठेरा सुल्झाउनुहोला :
रास्वपा सभापति रविले कांग्रेस र एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गर्नु भएको छ । उहाँले दलहरूका अप्ठेरा सुल्झिए देश राम्रो बाटोमा जाने उल्लेख गर्नुभयो । उहाँले पुरना दुई दललाई ‘मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला’ भन्ने आग्रह गर्नुभयो । आफ्नो दलमात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उहाँको भनाइ छ ।
‘मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नुपर्दैन’ : प्रधानमन्त्री बालेन्द्र शाह
सीमा विवादबारे बोलेको विषयलाई लिएर ’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’ उहाँले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्ने उल्लेख गर्नुभयो । उहाँले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै ’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’ भन्नुभएको हो । त्यस्तै अख्तियारका बारेको प्रश्नमा भन्नुभयो, ‘५ घण्टामात्रै होइन, आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ ।’ उहाँले आफ्नो दल विकासवादी र काम गर्ने भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निउँ खोज्नै पर्ने अगाडि बढ्दैगर्दा खोजिन्छ, विगतका दिनमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने निउँ खोज्न जरुरी छ ।’
हाम्रो गाडी एक्सप्रेस हो, गन्तव्य नपुगी ब्रेक लाग्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले एमालेलाई बालेनको जवाफ दिदै भन्नुभयो, ‘आफू नेतृत्वको सरकारको गाडी एक्सप्रेस वेमा हिँडेकाले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने छ ।’ प्रधानमन्त्री शाहको आफ्नो नेतृत्वको सरकारको गाडी अनियन्त्रित नभएको र वातावरण भी मिलेर गएको दाबी थियो ।
प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादमा बेलायतलाई मध्यस्थकर्ता बनाउन नखोजेको उल्लेख गर्नुभयो । उहाँले कालापानी र लिपुलेकको ऐतिहासिक प्रमाण नेपालसँग सुरक्षित रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’
प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्न पछि नपर्ने उल्लेख गर्नु भयो । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’ उहाँको कथन छ ।

प्रकाशित मिति २०८३ असार ७, आईतवार २०:०० गते
हजुरको प्रतिक्रिया