भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज असार १० गते बिहान ९ बजेदेखि हुने भनिएको मतदान लम्बिएको छ । ९९ जना केन्द्रीय सदस्य पदको लागि हुने निर्वाचनमा अहिलेसम्म निर्वाचन आयोगले सर्ट लिस्ट नै निकाल्न सकेको छैन । रास्वपाले मतदानको लागि राम–लक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ ।
मतदान स्थलमा ८० ओटा मसिन तयारी अवस्थामा राखिएको पाण्डेले प्राविधिक नवराज पाण्डेले बताउनु भयो । उहाँका अनुसार खुल्ला र समावेशी क्लस्टर मिलाएर भोटिङ मेसिनमा मिलाउनुपर्ने हुन्छ । तर आयोगले उम्मेदवारहरूको सर्ट लिस्ट उपलब्ध नगराउँदा प्रक्रिया अगाडि नबढेको बिहान ४ बजेसम्म काम गरेर सबै प्राविधिक कुरा मिलाई सकेका छौं । आयोगबाट उम्मेदवारको लिस्ट आउने बित्तिकै क्लस्टरको आधारमा अगाडि सेटिङ मिलाउँ छौँ । सबै प्रक्रिया मिलाउँदा ढिलो हुन सक्छ उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एकजनालाई मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने छ ।’
आज पनि मतदान सुरु हुन रात पर्न सक्ने :
यसैबीच, रास्वपाको केन्द्रीय महाधिवेशनका क्रममा हुने निर्वाचनका लागि मतदान गर्न आज पनि मतदान सुरु हुन रात पर्न सक्ने स्थिति देखिएको छ । मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोगको तयारी छ इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले भन्नुभयो । उहाँका अनुसार ती सबै मेसिनहरू तयारी अवस्थामा राखिएका छन् । उम्मेदवारको अन्तिम नामावली दिएपछि भोटिङ मेसिनमा ‘इन्ट्री’ गर्ने काम सुरू हुन्छ । उहाँले भन्नुभयो, ‘सामान्यतया इन्ट्री गर्न १५ घन्टा समय लाग्न सक्छ । तर नाम इन्ट्री बाहेकका सबै प्राविधिक काम सकेर परीक्षण समेत भइसकेको छ । अब उहाँहरूले दिनुभएको नाम ६ घन्टामा इन्ट्रीको काम सकिन्छ भन्ने लाग्छ । त्यसपछि मतदान सुरु गर्न सकिन्छ,’ रिमाल भन्नुहुन्छ । रिमालले भनेझैं छ घण्टामा इन्ट्रीको काम सकिए पनि मतदान सुरु हुन साँझ ५ बज्न सक्ने देखिएको छ ।
९९ केन्द्रीय सदस्य पदका लागि ४०० बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ । मतदादा संख्या झन्डै ४५ सयको हाराहारीमा छ ।
आयोगले मतदानका लागि दुई वटा प्रक्रिया अवलम्बन गरेको । प्रवासका लागि एपबाट हुनेछ ।
विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट १६३ प्रतिनिधि रहेका छन् । उनीहरू मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकालाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको रास्वपाको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति २०८३ असार १०, बुधबार ११:३८ गते