कांग्रेसले ७७ जिल्लामै खटायो प्रतिनिधि : नयाँ क्रियाशील वितरण व्यवस्थित गर्ने, को कहाँ ?

कांग्रेसले ७७ जिल्लामै खटायो प्रतिनिधि : नयाँ क्रियाशील वितरण व्यवस्थित गर्ने, को कहाँ ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असार ९ गते बुधबार ०९:२६

तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर सदस्यता वितरणको समन्वय र सहजीकरण गर्नेछन् ।

नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने तयारीमा कांग्रेस छ ।

काठमाडौं– नेपाली कांग्रेसले वितरण गरेको नयाँ क्रियाशील सदस्यतालाई व्यवस्थित र प्रभावकारी बनाउन ७७ जिल्लामै प्रतिनिधि पठाएको छ । महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समिति केन्द्रीय समितिको निर्णयअनुसार सो कार्य गरेको असार १० गते खुलासा भएको हो ।
नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर सदस्यता वितरणको समन्वय र सहजीकरण गर्नेछन् । नयाँ क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गर्न जिल्लाहरूमा प्रतिनिधि खटाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताउनु भयो । उहाँका अनुसार कांग्रेसले असार २० गतेभित्र नयाँ क्रियाशील आवेदन दिइसक्न समय दिइएको छ । अनलाइनबाट पनि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको उक्त समितिको भनाइ छ ।
तोकिएका केन्द्रीय प्रतिनिधिहरू असार २० गतेसम्म जिल्ला–जिल्लामा रहेर नयाँ क्रियाशील सदस्यता वितरण कार्यमा समन्वय, सहजीकरण र जिम्मेवारी निर्वाह गर्नेछन् । नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने तयारीमा कांग्रेस छ । विशेष महाधिवेशनमा प्रस्ताव गरिएको विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाका दरले ३५ वर्षमुनिका युवाहरू महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ । कांग्रेसले युवाहरूलाई क्रियाशील सदस्य बनाउन जोड दिइरहेको छ । लमजुङका लागि कृष्णबहादुर केसीलाई केन्द्रीय प्रतिनिधि खटाइएको काँग्रेसद्वारा जारी सूचनामा उल्लेख छ ।
कुन जिल्लामा को को खटिएका छन् ?
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा ः
१ अछाम जगतप्रसाद जोशी
२ बझाङ बिजयबहादुर स्वाँर
३ बाजुरा गणेशराज भट्ट
४ डोटी हिम बहादुर रावल
५ डडेलधुरा सम्झना खत्री
६ दार्चुला सन्तोषी साउद ऐरी
७ बैतडी सुशीला मिश्र भट्ट
८ कञ्चनपुर दीलेन्द्रप्रसाद बडू
९ कैलाली मधु आचार्य हुनुहुन्छ ।
कर्णाली प्रदेशमका जिल्लाहरूमा ः
१० हुम्ला सूर्यबहादुर विक
११ जुम्ला तपेन खडका
१२ मुगु युवराज पाण्डेय
१३ कालिकोट कमलराज रेग्मी
१४ डोल्पा बलदेव तिमिल्सिना
१५ दैलेख तीर्थजंग शाही
१६ सुर्खत लेखनाथ पोख्रेल
१७ सल्यान केशवराज आचार्य
१८ रुकुम पश्चिम नारायण कोइराला
१९ जाजरकोट छाया सुनार
लुम्बिनी प्रदेशमा खटिनेहरूमा ः
२० रुकुम भीम श्रीष
२१ रोल्पा किरणकिशोर घिमिरे
२२ प्यूठान टेकराज पौडेल
२३ दाङ राधेश्याम पाठक
२४ बाँके महेन्द्र शर्मा
२५ बर्दिया सुरेन्द्रप्रसाद चौधरी
२६ अर्घाखाँची राजेन्द्रगोपाल सिंह
२७ गुल्मी हरि आचार्य
२८ पाल्पा मुना भुसाल
२९ रुपन्देही नारायणप्रसाद भट्टराई
३० कपिलवस्तु प्रदीपराज शर्मा
३१ परासी केशवप्रसाद निरौला
गण्डकी प्रदेशका जिल्लाका प्रतिनिधिहरूमा ः
३२ गोरखा तिलक रानाभाट
३३ लमजुङ कृष्णबहादुर केसी
३४ तनहुँ कुशुमदेवी थापा मगर
३५ मनाङ मनकुमारी गुरूङ
३६ मुस्ताङ जगदीश उपाध्याय
३७ म्याग्दी छन्दबहादुर पहराई
३८ बाग्लुङ जितनारायण श्रेष्ठ
३९ पर्बत गण्डकी रेसमबहादुर बानियाँ
४० कास्की गण्डकी विष्णुदेवी पाण्डे
४१ स्याङ्जा गण्डकी दीपक भट्टराई
४२ नवलपुर गण्डकी गोपाल दहित
बागमती प्रदेशका जिल्लामा खटाइएको प्रतिनिधिहरू ः
४३ दोलखा बाग्मती ओम घर्ती मगर
४४ रामेछाप सिता मिजार
४५ सिन्धुली मुकेश काफ्ले
४६ काभ्रे शिव सुनार
४७ सिन्धुपाल्चोक इच्छृ राना
४८ काठमान्डौं उदयशमसेर राणा
४९ ललितपुर मनोजमणि आचार्य
५० भक्तपुर राजेन्द्रकुमार केसी
५१ रसुवा बाग्मती ईश्वर अधिकारी
५२ नुवाकोट वंशलाल तामाङ
५३ धादिङ सुशील भट्ट
५४ चितवन डा. केदार नरसिंह केसी
५५ मकवनपुर बद्रीप्रसाद अर्याल
मधेश प्रदेशका प्रतिनिधिहरूमा ः
५६ सप्तरी रामपल्टन साह
५७ सिरहा रामकुमार यादव
५८ धनुषा सुवासकुमार पोख्रेल
५९ महोत्तरी शम्भुलाल श्रेष्ठ
६० सर्लाही अनिलकुमार झा
६१ रौतहट प्रमोदहरि गुरागाई
६२ बारा मथुराप्रसाद घिमिरे
६३ पर्सा उज्वलप्रसाद बराल
कोशी प्रदेशका प्रतिनिधिहरूमा ः
६४ ताप्लेजुङ हिमालय कर्माचार्य
६५ पाँचथर उमा शिवाकोटी
६६ इलाम यदु विष्ट
६७ झापा राजीव कोइराला
६८ मोरङ सुधीरकुमार शिवाकोटी
६९ सुनसरी कुमार लुइँटेल
७० धनकुटा नगेन्द्र कुमाल
७१ उदयपुर दिनेश कुमार यादव
७२ भोजपुर दिपनकुमार श्रेष्ठ
७३ तेह्रथुम मेदिनीप्रसाद सिटौला
७४ संखुवासभा रूद्र कन्दङ्वा
७५ सोलुखुम्बु लक्ष्मी परियार
७६ खोटाङ दीपक अधिकारी
७७ ओखलढुङ्गा आङ्गेलु शेर्पा खटाइनु भएको काँग्रेसको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति २०८३ असार १०, बुधबार २१:२६ गते
हजुरको प्रतिक्रिया